जीप दुर्घटना हुँदा सात जना घाइते

बझाङ, फागुन २९ । बझाङको सुर्मा गाँउपालिका–२ मा मंगलबार जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये जीप चालक सन्तोष बोहराको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ ।

बझाङको सदरमुकाम चैनपुरबाट सुर्मा जाँदै गरेको से १ ज ८९२ नम्बरको जिप दुर्घटना घाइते भएका सबैको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको बताइएको छ ।

घाइते हुनेमा सुर्मा गाँउपालिका–१ का रमेश बोहरा, सन्तोष बोहरा, रन्जित बोहरा, झल्के बोहरा, सुर्मा–४ का अस्मिता बोहरा र सुर्मा– ३ का कलशा बोहरा रहेका छन् ।

साँघुरो सडक र अफ्ठ्यारो घुम्तीका कारण जीपको ब्रेक नलाग्दा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक ऋर्षिराम कँडेलले बताए ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!