एप्पलको बजार पूँजीकरण सवा ९ खर्ब

काठमाडौं, फागुन २९ । अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल इङ्कको बजार पूँजीकरण अहिलेसम्मकै उच्च विन्दुमा उक्लिएको छ ।

सोमवार इण्ट्राडे कारोबारमा कम्पनीको प्रतिकित्ता शेयर १ सय ८२ डलरको कीर्तिमानी उचाईमा पुगेको थियो ।

योसँगै बजार पूँजीकरण पनि ९ खर्ब २५ अर्ब डलरको नयाँ उचाईमा पुगेको हो । यद्यापि, बजार बन्द हुँदा भने शेयर मूल्य घटेर १ सय ८१ डलर ४० सेन्टमा आइपुगेको थियो । उता, बजार पूँजीकरण पनि ९ खर्ब २२ अर्ब डलरमा झरेको थियो ।

यो बजार पूँजीकरणका आधारमा दोस्रो ठूलो कम्पनी अल्फाबेट एङ्ककोभन्दा १ खर्ब डलर बढी हो । त्यस्तै तेस्रो ठूलो कम्पनी एमाजनकोभन्दा १ खर्ब ५० अर्ब डलर बढी हो ।

कम्पनीले सोमवार म्यागजिन एप टेक्चर किन्ने घोषणा गरेको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!