अर्थमन्त्री खतिवडा भोलि भारत जादैं

काठमाडौं, फागुन २९ । अर्थमन्त्री डा. युवराज खतिवडा भोलि (बुधबार) दिल्ली जाने भएका छन् । बुधबारदेखि हरियाणा राज्यको गुरुग्राममा शुरु हुने प्रतिआतंकवाद सम्मेलन २०१८ (काउन्टर टेरोरिज्म कन्फरेन्स) मा भाग लिन उनी दिल्ली जान लागेका हुन् ।

तीन दिने सो सम्मेलनको उद्घाटन सत्रमा कि नोट स्पिकर (मुख्य वक्ता) को रुपमा अर्थमन्त्री खतिवडा सहभागी हुँदैछन् । उद्घाटन सत्रमा गुहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्री खतिवडाले मञ्च साझा गर्नेछन् ।

वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत जान लागेका उनी पहिलो मन्त्री हुन् । ‘अर्थमन्त्री खतिवडा बुधबार अपरान्ह दिल्ली आएर उदघाटन सत्रमा सहभागी हुने कार्यक्रम छ’, नयाँ दिल्ली स्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले भने ।

विहीबार नै फर्किने गरि आउन लागेका अर्थमन्त्रीको द्विपक्षीय राजनीतिक भेटघाटको कार्यक्रम नरहेको उनले बताए । बधबार साँझ सम्मेलनको उद्घाटन सत्र रहेको छ । अर्थमन्त्री खतिवडा बुधबार अपरान्ह दिल्ली आएर विहीबार विहान फर्किने कार्यक्रम रहेको प्रवक्ता ओडारीले जानकारी दिए । अन्नपूर्णबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!