विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा नेविसंघद्वारा दीप प्रज्वलन

काठमाडौं, फागुन २९ । नेपाल विद्यार्थी संघले मंगलबार साँझ माइतीघर मण्डलामा सोमबार विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन गरेको छ।

नेविसंघका अध्यक्ष नैनसिंह महरलगायतले मण्डलामा उपस्थित भएर मृतकको आत्मशान्तिको लागि प्रार्थना गर्दै दीप प्रज्वलन गरेको प्रवक्ता प्रेमराजा जोशीले बताए ।

सोमबार बंगलादेशबाट काठमाडौं आउँदै गरेको युएस बंगलाएयरलाइन्सको विमान अवतरणको क्रममा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो। विमानमा चालक दलका सदस्यसहित ७१ सवार थिए।

कमेन्ट गर्नुहोस्