आठ महिनामा २७ प्रतिशतमात्रै विकास बजेट खर्च

यो वर्ष पनि ठूलो परिमाणमा फ्रिज जाने संकेत

कैलाली । प्रदेश सातको एक मात्रै धनगढी उपमहानगरपालिकामा यो वर्ष पनि ठूलो परिमाणमा विकास बजेट फ्रिज जाने सम्भावना बढेको छ ।

चालू आर्थिक वर्ष २०७४-०७५ को दुई चौमासिक सम्पन्न हुँदा पनि उपमहानगरपालिकाले खर्च न्यून गरेकाले यस पटक पनि ठूलो परिमाणमा विकास बजेट फ्रिज जाने संम्भावना बढेको हो । फाुगन मसान्तसम्म उपमहानगरपालिकाले २७ प्रतिशतमात्रै विकास बजेट खर्च गरेको छ ।

उपमहानगरपालिकाले नेतृत्व पाएको आठ महिना बढी हुँदा पनि विकास बजेट खर्च भने न्यून गरेको हो ।

चालू आर्थिक वर्षमा पूर्वाधार विकासमा छुट्याइएको ८८ करोड ८५ लाख ८४ हजार रुपैयाँमध्ये दुई चौमासिक सकिदाँ २४ करोड अर्थात् २७ दशमलव ०१ प्रतिशतमात्रै विकास बजेट खर्च भएको वरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझाले जानकारी दिए ।

पहिलो पटक जनप्रतिनिधि पाएको उपमहानगरपालिकाले विकास बजेट खर्च भने विगतको तुलनामा अझ कम खर्च गरेको छ । नगरबासीले जनप्रतिनिधि आएपछि यो वर्ष विकास बजेट पर्याप्त खर्च होला भनेर आशा गरेका छन् । तर, उप–महानगरपालिकाको अहिलेसम्मको कार्य प्रगतिले नगरबासीको आशालाई जिवित राख्न सकेको छैन ।

सम्बन्धित् समाचार  बजेटको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमा जवाफ दिँदै : अर्थमन्त्री खतिवडा

जनप्रतिनिधिले भने नगरबासीको आशा जोगाउन निर्धारित मितिसम्म ८० प्रतिशतभन्दा बढी विकास बजेट खर्च हुने भनेर आश्वासन दिन छोडेका छैनन् । ६० प्रतिशत योजना सुरु भइसकेको र भुक्तानी दिन ढिलाई भएकाले दुई चौमासिकसम्म विकास बजेट न्यून खर्च देखिएको उपमहानगरपालिका प्रवत्ता सन्तोष भुडभरीले बताए ।

दुई चौमाषिक सकिदा ५० प्रतिशतभन्दा बढी विकास बजेट खर्च गर्नुपर्ने भएपनि विविध कारणले त्यति खर्च हुन नसकेको उपमहानगरपालिकाले बताएको छ ।

अहिलेसम्मको कार्य प्रगतिले यो वर्ष पनि ठूलो परिमाणमा विकास बजेट फ्रिज जाने सम्भावना बढेको उप–महानगरपालिकाकै कर्मचारी बताउन थालेका छन् । नगर परिषद्ले आर्थिक वर्ष २०७४-०७५ का लागि कूल १ अर्ब १४ करोड ४१ लाख बजेट पारित गरेको थियो । जसमध्ये ८८ करोड ८५ लाख पुजिगत तर्फ र २५ करोड ५५ लाख रुपैया“ चालुतर्फ छुट्याएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: