लोकसेवा तयारीका लागि नमूना प्रश्नोत्तर

लोकसेवा अायोगद्वारा सञ्चालित खरिदार पदको लागि तयारी गरिरहेका उम्मेदवारहरुको लागि लोकसेवा सहयोगीबाट ल्याइएको यो सानो नमुना प्रश्नोत्तर-

० नेपालको पहिलो साहित्यिक पत्रिका– सुधासागर हो ।

० नेपालबाट हालसम्म म्यागासेसे पुरस्कार पाउने– ४ जना क्रमशः महेशचन्द्र रेग्मी, भारदत्त कोईराला, डा. सन्दुक रुईत र महाबीर पुन हुन् ।

० भारतिय राष्ट्रिय फुटबल टिमका पूर्वकप्तानहरु श्याम थापा र भाईचुङ् भुटिया साथै हालका कप्तान सुशील क्षेत्री सबै नेपाली भाषी भारतीय हुन्।

० सर्वप्रथम साहित्यमा पिएचडि गर्ने महिला डा. बानिरा गिरी हुन्।

० नेपालको पहिलो धार्मिक शहिद स्व.पं.नारायणप्रसाद पोखरेल हुन्।

० “THE POLITICAL RELATION BETWEEN NEPAL AND INDIA” नामक पुस्तकका लेखक भारतीय नागरिक
शिवशकंर मेनन हुन् ।

० नेपाली भाषाले नेपाल बाहेक भारत र भुटानमा पनि राष्ट्र भाषाको मान्यता पाएको छ।

० नेपाल UNO मा शान्ति सेना पठाउने ७ औँ ठुलो राष्ट्र हो।

० राजामामा कुसुण्डा, कुसुण्डा भाषा बोल्ने एकमात्र व्यक्ति हुन् ।

० महेन्द्र राजमार्गले नछुने एकमात्र तराईको जिल्ला पर्सा हो भने छुने एकमात्र पहाडको जिल्ला अर्घाखाँची र मकवानपुर हुन।

० शेर्पा जातिको धर्मग्रन्थलाई फोग्यु भनिन्छ।

० बिश्वको सर्वोच्च स्थानमा रहेको झरना डोल्पा जिल्लामा रहेको शुलिगाड झरना हो यो ३६१३ मिटरको उचाईमा रहेको छ
भने १६७ मिटर लामो छ।

० विश्वको सर्वाधिक उचाइमा रहेको बस्ती डोल्पा जिल्लाको छार्का भोट र तराप गाउँ हो।

० नेपालमा घद्द प्रकारका गुराँसहरु पाईन्छन्।

० सेतो गुराँसलाई चिमाली भनिन्छ।
० सुर्यको किरणबाट उपचार गरिने बिधिलाई हेलियो थेरापी भनिन्छ ।

स्रोतः Anomal psc helper

कमेन्ट गर्नुहोस्