शिक्षक सेवा आयोगको परीक्षा स्थगित

काठमाडौँ, चैत १६। शिक्षक सेवा आयोगले यहि चैत २३ गते लिने भनेको कार्यरत अस्थायी शिक्षकहरूको परीक्षा स्थगित गरेको छ। आज एउटा सूचना प्रकाशित गरी आयोगले शिक्षा ऐन (संशोधन सहित) २०२८ को दफा ११ च. मा भएको व्यवस्था बमोजिम कार्यरत अस्थायी शिक्षक ( प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह) को परिक्षा स्थगित गरिएको जनाएको छ ।   

आयोग द्वारा प्रकाशित सूचनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७४/१२/१५ गतेको पत्रानुसार आन्तरिक प्रतियोगिताबाट सबै रिक्त पदहरूमा पूर्ति हुन् नसक्ने भएकाले आन्तरिक र खुला विज्ञापन सँगसँगै गरी शिक्षक पदपूर्ति व्यवस्थापन गर्न उपयुक्त हुने व्यहोरा दर्शाई परिक्षा कार्यतालिका स्थगनको अनुरोध सहितको पत्र आएपछि यो परिक्षा स्थगित गरिएको भनिएको छ।

यो परीक्षा रद्द गरी सबै सीटमा खुल्ला प्रतिस्पर्धा आव्हान गर्न विद्यार्थीहरू आन्दोलनरत रहेका छन् । यस निर्णयपछि खुल्ला प्रतिस्पर्धाको विज्ञापन खुल्ने सम्भावना बढेर गएको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  केन्द्रमा थुप्रियो शिक्षाको बजेट, स्थानीय तहमा तलब मात्रै
%d bloggers like this: