बोनस एवं हकप्रद सेयर सूचीकृत

काठमाडौँ, चैत २० : नेपाल स्टक एक्सचेञ्जमा मंगलबार सिटिजन्स् बैंक इन्टरनेशनल सहित  नेपाल बंगलादेश बैंक, ज्योति विकास बैंक, सहयोगी विकास बैंक र स्वावलम्बन लघुवित्तको बोनस  तथा हकप्रद सेयर सूचीकृत भएको छ ।

पाँच वटै कम्पनीको गरि कुल दुर्इ करोड ३७ लाख ९९ हजार तीन सय ३२४ दशमलव ४३ कित्ता बोनस तथा हकप्रद सूचीकरण भएका छन् ।

मंगलबार सूचीकृत गराउने कम्पनीमध्ये सिटिजन्स् बैंकको सबैभन्दा बढी एक करोड ११ लाख १५ हजार चार सय ६७ कित्ता बोनस सेयर रहेको छ ।

त्यसैगरि नेपाल बंगलादेश बैंकको ८६ लाख ८८ हजार पाँच सय ७ कित्ता बोनस तथा एक हजार पाँच सय ५४ कित्ता हकप्रद सेयर सुचीकृत भएको छ ।

ज्योति विकास बैंकको २३ लाख दुर्इ हजार आठ सय ७२ दशमलव ४३ कित्ता बोनस, सहयोगी विकास बैंकको ८ लाख ४९ हजार चार सय ४७ कित्ता बोनस तथा स्वावलम्बन लघुवित्तको ८ लाख ४१ हजार  चार सय ७७ कित्ता बोनस सेयर पनि मंगलबार नै नेप्सेमा सूचीकृत भएका छन्।

 

स्रोत: मेरो लगानी

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!