गुप्ताङ्गमा टाँसिइरहने सेतो गन्हाउने पदार्थ के हो? जानौं यसबारे

यौनजन्य संक्रमणहरू कतिपय अवस्थामा कष्टकर मात्रै हैन प्राणघातक पनि हुन सक्छन् । कतिपय अवस्थामा भने शरीरका स्वाभाविक क्रियाहरूले नै हामीलाई यौनजन्य संक्रमणको त्रास दिन सक्छन् ।

यस्ता विशिष्ट शारीरिक प्रक्रियाहरूमा एक हो यौनाङ्गमा सेतो चिपचिपे पदार्थ टाँसिएको भेटिनु । यो स्मेग्मा भनिन्छ जसलाई योनिमल या शिश्नमल पनि भनिन्छ ।

ब्याक्टेरियाको संक्रमणले स्मेग्माबाट दुर्गन्ध आउँछ ।

हुन त यो यौनाङ्गहरूका भित्री पत्रहरूमा नमी कायम गरिराख्न शरीरबाट नियमित स्राव भइराख्ने तरल हो तर समय समयमा सफा गरिएन भने यसमा ब्याक्टेरिया या ढुसी पलाउने र यो संक्रमणको कारण बन्न सक्छ ।

यौन क्रियाका दौरान यसले लुब्रिकेंटका रूपमा अतिरिक्त चिल्लोपना प्रदान गरेर फाइदा समेत गर्ने गर्दछ ।  पुरुषहरूमा त यसले बाहिरी छालालाई शिश्नमुण्डमा टाँसिनबाट समेत जोगाउँछ ।

त्यसैले प्राकृतिक नै भए पनि यसलाई नजरअन्दाज गरिनु पीडादायक हुनसक्छ ।  यो आफैँमा कुनै संक्रमण नभए पनि संक्रमणको कारण बन्न सक्ने भएकाले यसलाई सफा गर्ने र हुनसक्ने सम्भावित पीडाबाट बच्ने भन्नेबारे थाहा पाइराख्नु जरूरी छ ।

वास्तवमै के हो त स्मेग्मा?

महिलाहरूमा क्लिटोरिस र लेबिया माइनोराका पत्रहरू बीच र पुरुषहरूमा फोर स्किन भित्र स्मेग्मा उत्सर्जित हुने गर्दछ ।

वास्तवमा मानव शरीरले स्वयंलाई प्राकृतिक तरिकाले सफा गरिराखेको हुन्छ । स्मेग्मको निर्माण पनि लगभग त्यस्तै प्रक्रिया हो ।  यो छालाका मृत कोषिकाहरू र मानव यौनाङ्गबाट निसृत हुने चिल्लो पदार्थको सम्मिश्रण हो ।

किशोर अवस्थामा र युवा अवस्थामा स्मेग्माको सम्भावना बढी हुने गर्दछ भने उमेर बढ्दै जाँदा यो कम हुँदै जान्छ । 

यो आफैँमा हानिकारक नभए पनि पिसाबको सम्पर्कमा आएपश्चात् यसले विभिन्न प्रकारका ब्याक्टेरियाहरूलाई आश्रय दिने भएकाले यसबाट दुर्गन्ध आउन सुरु हुन्छ र संक्रमण हुने सम्भावना बढ्छ ।

कसरी बन्छ स्मेग्मा?

हाम्रो छालाले चिल्लो पदार्थ उत्सर्जित गरिराखेको हुन्छ जसले छालाको बाहिरी भाग सुक्खा रहन पाउँदैन ।  यति मात्र हैन यसले छालालाई सुक्ष्म जीवाणुहरूको आक्रमणबाट बचाउने र यसलाई  जल प्रतिरोधक समेत बनाइदिन्छ ।

स्मेग्मा पनि छालाले गर्ने यस्तै प्रकारको उत्सर्जन हो तर यो भित्री पत्रहरूमा हुने भएकाले सामान्य अवस्थामा आफैँ सफा भएर जाँदैन ।

यो आफैँमा हानिकारक नभए पनि पिसाबको सम्पर्कमा आएपश्चात् यसले विभिन्न प्रकारका ब्याक्टेरियाहरूलाई आश्रय दिने भएकाले यसबाट दुर्गन्ध आउन सुरु हुन्छ र संक्रमण हुने सम्भावना बढ्छ ।  

बुझ्नु पर्ने कुरा के छ भने स्मेग्मा सधैं हानिकारक भने होइन ।  यौन क्रियाका दौरान यसले लुब्रिकेंटका रूपमा अतिरिक्त चिल्लोपना प्रदान गरेर फाइदा समेत गर्ने गर्दछ ।  पुरुषहरूमा त यसले बाहिरी छालालाई शिश्नमुण्डमा टाँसिनबाट समेत जोगाउँछ । जसले छालालाई सजिलै पछाडी गर्न मद्दत गर्ने गर्दछ ।

तर लामो समयसम्म यो संचित भइराखेको अवस्थामा यसमा विभिन्न जीवाणुहरू हुर्किने भएकाले यसले अन्य संक्रमणहरूलाई सहायता गर्ने हुन सक्छ ।

कसरी गर्ने स्मेग्माको सफाई?

यदि आपके लिंग या योनिबाट नियमित रूपमा दुर्गन्ध आइराखेको छ भने त्यो स्मेग्माजन्य संक्रमण हुन सक्छ । यदि बेलैमा यसलाई सफा गरिएन भने यसले छालाका मृत कोषिका एवं ब्याक्टेरिया थुपारेर दुःख दुन सक्छ ।

नियमित सरसफाईले स्मेग्माजन्य संक्रमणबाट बचाउँछ।

यसबाट बच्न नुहाउँदा नियमित रूपमा लिङ्ग या योनीको सफाई गर्नु आवश्यक छ । यसका निम्ति चिसो पानीको प्रयोग साह्रै राम्रो हुन्छ । बजारमा पाइने साबुनहरू क्षारीय हुन्छन् तिनको प्रयोगले गुप्ताङ्गको अम्लीयपना नष्ट हुने भएकाले यसो नगर्नु नै राम्रो हुन्छ ।

महिलाहरूले भने यस क्रियाको लागि मनतातो पानीको प्रयोग गर्न सक्छन् ।

कस्ता कस्ता जोखिम हुन्छन् यसबाट ?

विशेष गरेर जुन पुरुषहरूको लिङ्गको बाहिरी छाला पछाडि फर्किएको हुँदैन तिनीहरूमा यसको जोखिम बढी हुन्छ ।  छालाको भित्री भागमा धेरै फोहोर जम्मा भएर कतिपय अवस्थामा त्यसले जलन हुने हुन्छ जसलाई चिकित्सकीय भाषामा ब्लाइंटिस भनिन्छ । यस्तो स्वच्छताको कमीका कारण ब्याक्टेरियाको वृद्धि भएर हुने हुन्छ ।

जटिलताहरू आएको खण्डमा चिकित्सकीय परामर्श लिनु उचित हुन्छ ।

यसबाट ब्लानोपोस्थिटिस या छालामा जलन हुने समस्या पनि हुन सक्छ । यस्तो भएको खण्डमा लिङ्गको माथिल्लो भागमा राता धब्बाहरू देखिन सक्छन् । यसपछि त्यो भाग सुन्निने र जलन पर्ने समेत हुन् सक्छ ।

वास्तवमा मानव शरीरले स्वयंलाई प्राकृतिक तरिकाले सफा गरिराखेको हुन्छ । स्मेग्मको निर्माण पनि लगभग त्यस्तै प्रक्रिया हो ।  यो छालाका मृत कोषिकाहरू र मानव यौनाङ्गबाट निसृत हुने चिल्लो पदार्थको सम्मिश्रण हो ।

यी दुबै अवस्था पीडादायक हुने भएकाले तुरुन्त चिकित्सकीय परामर्श लिनु उचित रहन्छ । यदि बेलैमा उपचार नगरेको खण्डमा अर्को जटिल समस्या हुन सक्छ जसलाई फाइमोसिस भनिन्छ । यसमा लिङ्गको बाहिरी छाला शिश्नमुण्डमा टाँसिन्छ र पछाडि फर्काउनु पीडादायी हुन्छ ।

के स्मेग्माजन्य जटिलताहरू पुरुषहरूमा मात्र हुन्छन् ?

त्यसो होइन ।  तर महिलाहरूका तुलनामा पुरुषहरू सरसफाईमा कम ध्यान दिने, बेलैमा ननुहाउने र उनीहरूको लिङ्गको बाहिरी छाला पुरै बन्द हुने भएकाले यस्तो सम्भावना बढी भएको हो ।

किशोर अवस्थामा र युवा अवस्थामा स्मेग्माको सम्भावना बढी हुने गर्दछ भने उमेर बढ्दै जाँदा यो कम हुँदै जान्छ ।  जे भए पनि व्यक्तिगत सरसफाईमा उचित ध्यान पुऱ्याएको खण्डमा यस्ता संक्रमणबाट बच्न सकिन्छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!