कथा: जनयुद्ध र क्रान्तिमा हामी दुई

घनश्याम ढकाल/
कमल म सहपाठी थियौँ । त्यसो त हाम्रो गाउँ पनि एउटै थियो । उसको र हाम्रो घर आधा घन्टाको दुरीमा पर्दथे । विद्यालयमा मात्र होइन बाहिर पनि राम्रै दौंतरी थियो । राति पनि धेरैजसो हामी सँगसँगै पढ्ने गथ्यौँ । म पनि उसको घर जान्थे तर बढी ऊ नै हाम्रो घरमा आउने गर्दथ्यो । बा घर नहुनाले हामीकहाँ गफिन सहज हुन्थ्यो । कमलका बाआमाले हाम्रो दोस्ती भएको त्यति रुचाउँदैनथे । गाउँ परिवेशमा उसको घर सम्पन्न मानिन्थ्यो । रवाफिलो ठाँटबाट थियो । उसका बाले पैसा ब्याजमा लगाउँथे, अन्नपात बिक्री गर्थे । वर्षभरि नै भैंसी किनबेच गरिरहन्थे । गाउँघरतिरको ठेक्कापट्टा र सुक्रीबिक्रीमा पनि उनै अगाडि सर्दथे ।

‘हेर केटा हो !’ एक दिन उनले हामीलाई भने– ‘दोस्ती, दामल, इस्टमित्र, नातासम्बन्ध समान हैसियतवालासँग मात्र गर्नुपर्छ, तब मात्र टिकाउ हुन्छ ।’ सम्भवतः उनले यो कुरा मलाई नै लक्ष्य गरेर भनेका थिए । उनको भनाइले मेरो स्वाभिमानमा कताकता धक्का लागेको अनुभव भएको हो । केटाकेटी भए पनि यस्ता कुरा मैले राम्रैसँग बुझ्दथेँ । मेरो मन दुखेको आभास कमललाई पनि थियो ।

‘छोड्दे यार यी बुढाका कुरा । यस्तै हुन्, सधैँ सम्पत्तिको मात छ ।’ उसले मलाई सहज बनाउन प्रयास गर्दथ्यो ।

घनश्याम ढकाल

हाम्रो आर्थिक अवस्था राम्रो थिएन । आफ्नै खेतीबाट मुस्किलैले छ महिना खान पुग्थ्यो । बा भारतमा चौकीदारी गर्नुहुन्थ्यो । त्यतैबाट आउने दुईचार पैसाले घर धानिन्थ्यो । छोराछोरीले जसरी पनि पढ्नुपर्छ भन्ने बाको इच्छा भएकाले म र भाइबैनी स्कुल जाने गथ्यौँ । आमा मेलापात गर्नुहुन्थ्यो, हामी उहाँलाई सघाउँथ्यौँ ।

०००

पञ्चायतकालको कठोर दमन भए पनि हाम्रो स्कूलमा विद्यार्थी राजनीतिले प्रवेश गरिसकेको थियो । अन्य राजनीतिक गतिविधि प्रतिबन्धित हुनाले पार्टीहरूको खुला राजनीतिको माध्यम विद्यार्थी सङ्गठन नै हुने गर्दथे । पार्टीको विचार र गतिविधिको प्रतिबिम्ब विद्यार्थीको कार्यक्रममार्फत् सार्वजनिक हुने गर्दथ्यो । हामी पनि अ.ने.रा.स्व.वि.यु.मा सङ्गठित भएका थियौँ । त्यसले हामीभित्र सहकार्य र आत्मीयता बढाएको थियो ।

आखिर योग्यता र क्षमताको जहाँ पनि कदर हुन्छ । प्रतिक्रियावादीको गढ खुला मोर्चामा आमनेसामने भएर लड्नु कम गाह्रो हुन्छ ? झोला बोकेर हिँड्नु वा बन्दुक पड्काउनुजस्तो सजिलो कहाँ हुन्छ र ?’ कमल उच्चताबोधको वायुपंखी घोडामा एकपटक सवार भयो ।

हामीले एकै वर्ष एसएलसी पास गर्यौं । कमल क्याम्पस पढ्न जाने निश्चित थियो, कुनै समस्या थिएन । अफ्ठ्यारो मेरो हकमा थियो । म पास भएकोमा घरमा खुसीको सीमा थिएन, आमा त झन् फुरुङ्ग हुनुहुन्थ्यो । मैले बालाई चिठी लेखिसकेको थिएँ । पढ्ने इच्छा राखेर मात्र के गर्नु ? आटो, ढिंडो खाएर स्कुल जान सके पनि घर छोडेर पढ्न जान त्यति सहज थिएन । दुई छाक हातमुख जोर्न धौ–धौ पर्ने परिवारले कहाँको नियमित खर्च भर्नु ? क्याम्पस जाने मेरो इच्छा त्यसै पनि ओइलाउँदै गयो । गरिब हुनुको पीडाले म राम्रैसँग थिचिन पुगेँ । त्यसैबेला बा भारतबाट आउनुभयो । मेरो पढाइको विषयलाई लिएर गम्भीर छलफल चल्यो ।

‘म अझै ज्यूँदो छु नि त, जा पढ्न’ बाले हौसला थप्दै भन्नुभयो– ‘एउटा न एउटा उपाय कसो ननिस्केला । आँटेपछि दैवले हात थाप्नै पर्छ ।’

मेरो मरिसकेको इच्छा पुनः ब्यूँतियो । म जति खुसी भएको थिएँ त्यो भन्दा बढी आमा खुसी हुनुभयो ।

०००

म पृथ्वीनारायण क्याम्पस पोखरमा मानविकी संकायको प्रमाणपत्र तहमा भर्ना भएँ । पायक पर्ने नजिकैको क्याम्पस त्यही थियो । पहिले काठमाडौँ जाने भने पनि पछि के भएर हो कमल पनि त्यही क्याम्पसमा भर्ना भयो । उसले मानविकी नै छानेको रहेछ । एउटा अर्को संयोग हामी फेरि एउटै कक्षामा भयौँ । साथीहरूले कमल र मलाई सँगै बस्ने सल्लाह दिए । कमल बोलेको थिएन तर मैले नै त्यो प्रस्तावलाई अस्वीकार गरेँ । यसले उसको असहजतालाई सजिलो बनायो । ऊ र म सँगै बस्न सक्दैनथ्यौँ । न उसले गर्ने खर्च मैले गर्न सक्थे, न राम्रो कोठाको भाडा तिर्न । कमलले क्याम्पस गेटअगाडि नै कोठा लिएको थियो भने मैले ग्रामीण भेकको पुरानो घरमा । मेरो कोठा फराकिलो र अलि छेउतिर पनि भएकाले गोप्य बैठक र सानोतिनो पार्टी भेला गर्न मिल्दथ्यो । जति धेरै मान्छे आउने जाने गरे पनि घर मालिकलाई त्यति वास्ता थिएन । कमलले आफ्नो कोठा हत्तपत्त अरुलाई देखाउँदैनथ्यो । पार्टीका माथिल्लो कमिटिका कमरेडहरू आउँदा भने खुसीसाथ लैजान्थ्यो ।

पुलिससँग मुठभेडको अवस्था आयो भने ऊ कहिल्यै अग्रमोर्चामा हुँदैनथ्यो । सभा वा भेला हुने परिस्थिति आयो र सम्बोधन गर्नुपर्यो भने ऊ माइक समाउन पुगिहाल्थ्यो । गुण्डाहरू हाम्रा साथीहरूलाई आक्रमण गर्थे र सख्त घाइते बनाउँथे । यस्तो बेला कमल कता हुन्थ्यो, केही पत्तो पाउन सकिँदैनथ्यो । बरु ‘प्रतिक्रियावादी गुण्डाको प्रतिकार गरौँ’ भन्दै वक्तव्य निकाल्न भने भ्याइहाल्थ्यो ।

पृथ्वीनारायण क्याम्पस पश्चिमाञ्चल क्षेत्रकै शैक्षिक केन्द्र हुनाले पश्चिम भेकका धेरै विद्याथीहरू भेला हुन्थे । त्यो शिक्षाको मात्र होइन, राजनीतिको पनि केन्द्र थियो । विद्यार्थीमार्फत वामपन्थी राजनीति, सङ्गठन विस्तार र प्रचारप्रसारका धेरै कुराहरू यहाँबाट सञ्चालन हुने गर्थे । हामीले पढाइसँगसँगै पार्टीले खटाएका काम पनि गथ्यौँ । कहिलेकाहीँ बाहिर पनि जानु पथ्र्यो । सङ्गठनमा कमलको त्यति रुचि थिएन । कतै जान पर्यो भने पार्टीको विशेष कामले व्यस्त भएको बताउँथ्यो । यस कामका लागि म बढी खट्ने गर्थे । सिद्धान्तका कक्षा लिने वा कतै बहस गर्नु पर्यो भने ऊ अगाडि सर्दथ्यो । सर्वहारा क्रान्ति, पार्टी, मुक्ति आदिका बारेमा उसले घन्टौँ प्रवचन दिन सक्थ्यो । सभा, समारोहमा बोल्नु पर्ने भयो भने ऊ बढी लालायित हुने गथ्र्यो । सेतो कमेज, कालो कोट र पाइन्टमा सजिएर आएपछि उसले कतै भाषण गर्दैछ भन्ने अनुमान गर्न सकिन्थ्यो ।

दुई छाक हातमुख जोर्न धौ–धौ पर्ने परिवारले कहाँको नियमित खर्च भर्नु ? क्याम्पस जाने मेरो इच्छा त्यसै पनि ओइलाउँदै गयो । गरिब हुनुको पीडाले म राम्रैसँग थिचिन पुगेँ ।
‘संशोधनवादीहरू र प्रतिक्रियावादीहरू एकै हुन्, यिनलाई एउटै बोरामा हालेर लौराले मकै चुटेझैँ चुट्नुपर्छ ।’ सुन्ने मान्छेलाई कमलले जुरुजुरु बनाउँथ्यो ।

कुनै गम्भीर सरसल्लाह गर्नुपर्यो भने प्रायः हामी क्याम्पस पछाडिको डिलपट्टि जाने गथ्यौँ । त्यहाँबाट भासिएको सेतीगण्डकी खुला भएर बगेको देखिन्थ्यो । सेती पारी शाही सेनको चाँदमारी गर्ने स्थल थियो । गोलीको आवाज हाँडीमा मकै पड्केझैँ आइरहन्थ्यो कक्षा कोठामा पनि । एक दिन छलफलकै क्रममा मैले कमललाई पार्टी काममा अलि व्यवहारिक र गम्भीर हुन आग्रह गरेँ ।

‘घोटिनु मात्र व्यवहारिक हुँदैन, कला मिलाएर राजनीति गर्नपर्छ’ कमल फिस्स हाँस्यो ।

‘के पार्टी र क्रान्तिप्रति इमान्दार हुनु घोटिनु हुन्छ ?’

‘विनोद तँ साँच्चै लाटो छस्, लौ इमान्दार नै सही तर तँ जस्ता मान्छे कहिल्यै कार्यकर्ताको तहबाट माथि उठ्न सक्दैनन् ।’

‘त्यसो भए काम गर्ने तरिका के हो त ?’ मेरो स्वाभाविक जिज्ञासा ।

‘सर्प पनि मर्ने लौरो पनि नभाँचिने, यही हो तरिका ।’

एक दिन पार्टी कमिटिको बैठक बस्यो । सबैले आआफ्नो कामको रिपोर्टिङ गरे । मेरो पालो आयो र बोल्न खोजेँ । तर, माथिल्लो कमिटिका कमरेडले मलाई रोके र भने– ‘तपाईको कामका बारेमा कमलजीले रिपोर्टिङ गरिसक्नुभएको छ ।’ म त्यतिबेला छक्क परेको थिएँ ।

‘अर्थात्……..?’

‘कला मिलेको राजनीति हो, नत्र त्याग, बलिदान र समर्पणले मात्र सफल हुने भए धेरै मान्छे भइसक्थे ।’

‘के त्याग र बलिदानविना क्रान्ति सम्भव होला त ?’

‘हुँदैन,’ कमलले निर्धक्कसाथ भन्यो– ‘बलिदानको परिवेश खडा गरिदिनुपर्छ, मान्छेहरू आफै होमिन्छन् नि ।’

‘त्यो परिवेशबाट आफू भिन्न……..’ मैले उसलाई अझै प्रस्ट पार्न भनें ।

‘त्यसो पनि होइन, अग्रमोर्चामा देखिनु वा हुनु चोटबाट पनि जोगिनु, यसैलाई मैले राजनीतिक कला भन्ने गरेको छु ।’

‘इमानको सवाल पनि त हो ।’

‘कहाँ बेइमानको कुरा हो र ? त्याग र बलिदानको संयोजन हुनु परेन र ?’

‘के यो आन्दोलनको आम नियम हुन सक्ला ?’

‘सक्दैन, यो विशिष्ट कला हो, सबैसँग यस्तो ढंग हुँदैन ।’ कमलले जवाफ दियो । त्यसपछि हामीले बढी कुरा गरेनौँ ।

म कमलको राजनीतिक कलासँग बढी परिचित हुन थालेको थिएँ । बेलामौकामा प्रदर्शनहरू भइरहन्थे । पुलिससँग मुठभेडको अवस्था आयो भने ऊ कहिल्यै अग्रमोर्चामा हुँदैनथ्यो । सभा वा भेला हुने परिस्थिति आयो र सम्बोधन गर्नुपर्यो भने ऊ माइक समाउन पुगिहाल्थ्यो । गुण्डाहरू हाम्रा साथीहरूलाई आक्रमण गर्थे र सख्त घाइते बनाउँथे । यस्तो बेला कमल कता हुन्थ्यो, केही पत्तो पाउन सकिँदैनथ्यो । बरु ‘प्रतिक्रियावादी गुण्डाको प्रतिकार गरौँ’ भन्दै वक्तव्य निकाल्न भने भ्याइहाल्थ्यो ।

एक दिन पार्टी कमिटिको बैठक बस्यो । सबैले आआफ्नो कामको रिपोर्टिङ गरे । मेरो पालो आयो र बोल्न खोजेँ । तर, माथिल्लो कमिटिका कमरेडले मलाई रोके र भने– ‘तपाईको कामका बारेमा कमलजीले रिपोर्टिङ गरिसक्नुभएको छ ।’ म त्यतिबेला छक्क परेको थिएँ ।

०००

हामी दुवैले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्यौं । मेरो त्यसभन्दा बढी पढ्नै हैसियत थिएन । अहिलेसम्म ऋण पनि लागेको थियो । म गाउँ फर्के । कतै मास्टरी पाए गर्ने र ऋण तिर्ने अनि त्यतै पार्टीमा क्रियाशील हुने मेरो धारणा थियो । त्यसैले मैले जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएँ । कोही जान नमानेको जिल्लाको दुर्गम ठाउँ रहेछ, त्यहीँ पठाइदियो । अब कमलसँग मेरो भेट हुन छोड्यो ।

उसले बीए पढ्न थाल्यो । म घर जाँदा ऊ पनि आउने समय परेछ भने मात्र भेट हुन्थ्यो । जनयुद्धको तयारीमा पार्टी शुद्धिकरणको अभियान पनि थियो । यसै सन्दर्भमा परिवारलाई पार्टीकरण गर्ने विषयमा चर्को बहस चल्यो । त्यति बेलासम्म कमल र मेरो विवाह भइसकेको थियो ।

विनोदको जस्तो परिवार होइन, हाम्रो परिवार शिक्षित छ, तपाईंहरू जे गर्नुहुन्छ गर्नुस्, यस कुरामा मेरो सहमति छैन । क्रान्ति खेलाँची होइन, बुझ्नु भो ?’ कुखुराको भाले रिंगेझैँ कमल एकपटक फनफनी घुम्यो । अनि आक्रोशका साथ बैठक छोडेर हिंड्यो ।
पार्टी सदस्यका परिवारका बारेमा विशेष रूपले छलफल केन्द्रित भयो । सके परिवारलाई पार्टीमा ल्याउने, नभए कुनै न कुनै जनवर्गीय सङ्गठनमा आबद्ध गर्ने प्रस्ताव पारित गरियो । हाम्रो परिवारमा मेरी श्रीमती र आमाले जनवर्गीय सङ्गठनमा र भाइ, बैनीले विद्यार्थी सङ्गठनमा काम गर्ने सहमति भयो ।

‘कमरेडको नि !’ एक जनाले कमलतिर विषय सोझ्यायो ।

‘मेरो परिवारका बारेमा निर्णय गर्ने हैसियत तपाईंहरूले राख्नु हुन्न । यो आन्तरिक मामिला हो, करले हुने कुरा होइन नि । मेरी श्रीमतीसँग त यस्तो प्रस्ताव लान पनि हुन्न । उनले सुन्न पनि सक्दिनन्’ अलि आक्रोशित मुद्रामा कमलले परिवारको पार्टीकरणलाई प्रतिवाद गर्यो ।

‘कमरेड विनोदको परिवारका बारेमा त हामीले छलफल गर्यौं, उहाँहरू राजी हुनुभयो,’ अरु कसैले भन्यो ।

‘हुँ……..विनोदको जस्तो परिवार होइन, हाम्रो परिवार शिक्षित छ, तपाईंहरू जे गर्नुहुन्छ गर्नुस्, यस कुरामा मेरो सहमति छैन । क्रान्ति खेलाँची होइन, बुझ्नु भो ?’ कुखुराको भाले रिंगेझैँ कमल एकपटक फनफनी घुम्यो । अनि आक्रोशका साथ बैठक छोडेर हिंड्यो ।

‘पख्नुस् कमरेड पख्नुस्, यो छलफल मात्र हो, इच्छाविपरीत हामी केही गर्दैनौँ,’ बैठकको अध्यक्षता गरिरहेका कमरेडले भन्नुभयो । तर कमल फर्किएन ।

०००

यो घटनापछि कमलसँग मेरो भेट भएन । जनयुद्ध सुरु भयो । म पक्राउ परेँ । उता कमलको व्यवहार र चालढालमा निकै परिवर्तन आउन थाल्यो । पार्टी क्रियाकलापबाट ऊ विस्तारै टाढा हुँदै गयो । कसैले सम्पर्क गर्न खोज्यो भने कुनै न कुनै बहाना बनाएर उम्किहाल्थ्यो । चिनेजानेका पार्टीका नेता र कार्यकर्ताबाट ऊ परपर भएको थियो । कोही बाटामा देखियो भने अछुत वस्तुजस्तो गरी टाढैबाट तर्कन्थ्यो र केही गरी जम्काभेट भइहाल्यो भने नचिनेजस्तो गरेर हिँडिदिन्थ्यो ।

‘मूर्खहरू मासिन्छन्’ अब भने कमलले माओवादीको खुलेरै आलोचना गर्न थाल्यो । विशेषतः आसपासमा छापामार कारवाहीहरू हुँदा ऊ बढी आक्रोशित हुने गर्दथ्यो । ‘कतै आफू परिने हो कि ?’ ऊभित्रको मनोविज्ञानले काम गरिरहेको हुन्थ्यो । त्यसैले वरपर कारवाही भएको बेला ऊ सार्वजनिक ठाउँमा निस्कथ्यो र छापामारहरूको खोइरो खन्थ्यो । आलोचना गर्ने पनि उसको आफ्नै शैली हुन्थ्यो । चिनेजानेका नेता वा कार्यकर्ताको उसले तीन पुस्ते खोल्दथ्यो ।

‘अनि विनोद नि ?’ कमलका श्रोताले प्रश्न तेर्स्याउँथे । प्रायः श्रोताले उसलाई हौस्याउने पाराले प्रश्न गर्थे ।

‘सबै छाडी पुछारमा हात ! अब विनोदले क्रान्ति गर्ने ? उसले त आत्मसर्मपण गरिसक्यो ।’ कमल मज्जासँग हाँस्यो । उसँग अरु पनि सहभागी भए हाँसोमा ।

‘त्यसो भए क्रान्ति हुँदैन त ?’ फेरि अर्को श्रोताले जिज्ञासा राख्यो ।

‘यिनीहरू त बाँदरै हुन्, आफूले पनि घर नबनाउने अर्काको पनि भत्काउने,’ क्रान्तिको बहसभन्दा उसले माओवादीतिरै बहसलाई केन्द्रित गर्यो ।

‘त्यसो भए यस्तो पार्टीमा तपाईं किन बसिराख्नु भा छ राजिनामा नदिएर ?’

‘पार्टीमा भए पो राजिनामा दिने ?’ कमलले ठूलो स्वरमा स्पष्टिकरण दियो । तर यसो भन्दा उसको मन कमलियो । कताकता छातीमा चसक्क बिझेजस्तो भयो । अहिले भनेजस्तो गरेर लाग्न नसके पनि हिजो त ऊ लागेकै हो, पार्टीका पक्षमा भाषण गरेकै हो । त्यसैले ऊ राजिनामा दिएर पार्टीबाट अलग भएको लिखित घोषणा गर्न तयार थिएन ।

तीन वर्षपछि म रिहा भएँ । कमलको मनस्थिति मैले पहिल्यै बुझेको थिएँ । बढी आतंकित भएर हो कि भन्ने लागेको थियो, पछि व्यवहारिक क्रियाकलाप हेर्दा त्यति मात्र होइन जस्तो पनि लाग्यो । चिन्तन फेरेकै भए पनि पुरानो साथीको नाताले भेट्न असाध्य मन लागेको थियो । खबर पठाएँ, कुनै प्रतिक्रिया आएन । म भूमिगत भएकाले उसलाई भेट्न झन् अप्ठ्यारो पर्दथ्यो । मैले अरु प्रयास गरिन । फेरि पार्टीले मलाई दाङ खटायो । त्यसपछि त भेटघाटको झन् सम्भावना रहेन ।

०००

एक दिन म काठमाडौँको नयाँ बानेश्वरमा सडक पेटीमा हिँड्दै थिएँ । सडकमा गुड्ने मोटरका ताँती थिए ।

‘विनोद, विनोद……….’ मोटरहरूको कोलाहलबीचमा कसैले मलाई सम्बोधन गर्यो । मैले सडकपट्टि हेरें । पछाडि कार रोकिएको देखियो । ढोकाबाट टाउको निकालेर कसैले मलाई फेरि बोलायो । अकमक्क परेर म उभिएँ । कारबाट कोही ओर्लेर मतिर आयो ।

‘ए कमल !’ एक्कासी मेरो मुखबाट आवाज फुत्कियो । रोकिराखेको सरकारी गाडीतिर मेरो दृष्टि पर्यो । ‘यो त सरकारी जागिरे भएछ’ मैले मनमनै सोचेँ ।

‘ए, तँ कैले आइस् काठमाडौँ, खबर पनि छैन, तेरा बारेमा मैले कति सोधेको थिएँ, कसैले बताएनन् । कतै बेपत्तामा परिस् कि जस्तो पो लागेको मलाइ त…….’ कमलले आत्मीयता देखायो ।

‘पार्टीको खरिपाटी भेलामा आएको नि ?’

‘ए, तँ राज्य समितिको सदस्य भइसकिस् ?’ उसको यो प्रश्नमा थोरै इर्ष्या र थोरै उपेक्षा मिसिएको प्रतीत हुन्थ्यो ।

‘अहिले हो र ! पाँच वर्ष भइसके ।’

‘म पनि खरिपाटीमा थिएँ नि, देखिन तँलाई त ?’ उसले अविश्वास जाहेर गर्न खोज्यो ।

‘त्यहाँ अर्कै माहोल थियो, त्यसैले होला नि ।’

‘यहाँ उभिएर के कुरा गर्ने ? हिंड् मेरो अफिसमा जाऊँ, त्यतै बसौँला’ उसले आग्रह गर्यो ।

‘लौ हुन्छ जाऊँ’ मैले सहमति जनाएँ । आफ्नै गाउँको साथी यतिका वर्षपछि भेट्दा खुसी त लाग्यो नै । तर त्यो भन्दा बढी म उसका बारेमा थाहा पाउन उत्सुक भएँ । ‘खरिपाटीको भेलामा थिएँ’ भन्छ कारको पछिल्लो सिटमा बस्दा मेरा मनभित्र अनेकौँ तर्कवितर्कहरू खेल्न थाले । धेरै बेर लागेन, मोटर कमलको अफिसको कम्पाउन्डमा छिरिसक्यो ।

‘धेरै वर्ष भए हो कि भेटघाट नभएको ?’ अफिसको सोफामा बस्नेबित्तिकै कमलले भन्यो । अहिले ऊ पहिलेजस्तै आत्मीय लाग्यो ।

‘हो, तेह्र वर्ष हुन लागेछन्’ मैले समयको हिसाब गरेँ ।

‘के छ घरतिरको हालखबर ? म त युद्ध सुरु भएपछि अहिलेसम्म गाउँतिर गएकै छैन भने हुन्छ । एक दुई पटक छ्यास्स गएर सबै जानकारी हुँदैन’ उसले स्वाभाविक जिज्ञासा राख्यो ।

‘धेरै राम्रो उन्नति गरिछस्’ मैले अलिकति उपेक्षा भावमा भनें तर उसले यो बुझेन । मेरो अभिव्यक्तिले ऊ अरु पुलकित भयो ।
‘के हुनु नि ? बेहाल छ । घर उजाडियो । बा दिल्लीबाट घर आउनु भएको थियो । ‘छोरो खोजेर ले, नत्र तँ पनि आतङ्ककारी होस्’ भन्दै सेनाले लगेछ । पन्ध्र दिनसम्म हिरासतमा बसेर निस्कँदा यातनाले हिँड्न नसक्ने हुनु भएको थियो रे । अनि त उहाँ नोकरीमा जान सक्नु भएन । यातनाको पीडाबाट छ महिनामा बित्नुभयो । भाइलाई सेनाले लगेको हो, अहिलेसम्म पत्तो छैन । बैनीको बिहा भएको हो तर ज्वाँइ युद्धमा मारिनुभयो । आमा बिरामी हुनुहुन्छ । उहाँकै रेखदेख गर्न श्रीमती घरैमा छे । छोरी सांस्कृतिक टिममा छ ।’ मैले छोटकरीमा घरको हालत सुनाएँ । मेरो मुटु लुछेजस्तो भइरह्यो ।

‘किन होमिनुपर्ने सबै परिवार ? तँ एक जना हिँडेपछि भइहाल्थ्यो नि ? मान्छेहरूले आफ्नो परिवार कसरी सुरक्षित राख्छन् भन्ने कुरा तैंले थाहै पाइनस्’ कमलले मेरो अवस्थाप्रति दुःख मनाउ गर्यो ।

‘छोड्दे मेरा कुरा, अब तेरो हाल के छ नि ?’ मैले कुरो अन्यत्र मोड्न चाहेँ ।

‘मेरो आफ्नो कुरा गर्छस् भने यही बीचमा एमए र पीएचडी गरेँ । जेठो छोरो भारतमा डाक्टरी पढ्दैछ । छोरी बङ्गलादेशमा डाक्टरी नै पढ्छे । कान्छो चाहिँ बेलायतमा चार्टर एकाउन्टेन्ट पढ्दैछ । गाउँतिर पनि त्यति सुरक्षित भएन र यहीँ काठमाडौँको धापासीमा बस्ने बास बनाएको छु । बाआमा घरतिरै हुनुहुन्छ ।’

‘अनि….’ उसका कुरा सुन्न मलाई अरु चाख बढ्यो ।

‘जागिरे थिएँ विश्वविद्यालयमा, अहिले पार्टीको सिफारिसमा यो नियुक्तिमा छु । उता बिदा लिएको छु । राज्यसमिति स्तरको योग्य मान्छे चाहियो भनेकाले मैले हुन्छ भनिदिएको हुँ । आखिर योग्यता र क्षमताको जहाँ पनि कदर हुन्छ । प्रतिक्रियावादीको गढ खुला मोर्चामा आमनेसामने भएर लड्नु कम गाह्रो हुन्छ ? झोला बोकेर हिँड्नु वा बन्दुक पड्काउनुजस्तो सजिलो कहाँ हुन्छ र ?’ कमल उच्चताबोधको वायुपंखी घोडामा एकपटक सवार भयो ।

‘धेरै राम्रो उन्नति गरिछस्’ मैले अलिकति उपेक्षा भावमा भनें तर उसले यो बुझेन । मेरो अभिव्यक्तिले ऊ अरु पुलकित भयो ।

‘कतै तँलाई सुहाउँदो नियुक्तिसियुक्तिका लागि पार्टीमा कुरा राखेको भए भइहाल्थ्यो कि ?’ उसले मप्रति सहानुभूति देखायो ।

‘मेरो लक्ष्य नियुक्ति होइन, जनमुक्ति हो’ मैले कमलको सहानुभूतिलाई ठाडै इन्कार गरिदिएँ ।

‘ठीकै भनिस् तैंले, लक्ष्य जनमुक्ति नै हो । पार्टीको इमान्दार सिपाही हुनाले त्यसले जहाँ खटाउँछ, त्यहीँ जान पर्ने रहेछ । शान्तिप्रक्रियामा आएपछि पार्टीमा धेरै विकृति र विसंगतिहरू आएका छन् । सर्वहाराकरण र सांस्कृतिक क्रान्तिको खाँचो छ यतिबेला..’ उसले मलाई व्याख्यान दियो ।

‘तैंले त गम्भीर सवाल उठाइस्’ किन हो कुन्नि मेरो मुखबाट एक्कासि हाँसो फुत्कियो । यसले कमललाई केही असर पार्यो कि पारेन भनेर प्रतिक्रियाको निरीक्षण गरेँ । त्यस्तो प्रभाव परेको रहेनछ, मैले सन्तोषको सास फेरेँ ।

‘तेरा बारेमा म पार्टी नेतृत्वसँग कुरा गरिदिउँला नि, यो दुःख पाएको मान्छे हो भनेर’ उसले मप्रति फेरि सहानुभूति जनायो ।

‘कमल ! मेरा लागि कति चिन्ता गर्छस् ? भो छाड्दे यो टाउको दुखाइ’ बिदा हुनलाई म सोफाबाट उठेँ ।

‘घर आइजा न एक पटक, बाँकी कुरा त्यतै गरौँला । बरु अहिले कहाँ जाने हो म त्यतै पुर्याइदिन्छु, मोटरबाट’ कमल पनि उठ्यो ।

‘आइहाल्छु नि तेरो घर, पुर्याउन जान पर्दैन, म गइहाल्छु ।’

‘व्यवहारिक हुन कहिल्यै सकिनस् । अझै पनि त्यसलाई भजाउन जानिनस् भने तँ सधैँ पछारिन्छस् । तँ अरुको भर्याङ भएर प्रयोग भइरहन्छस् । इमान्दिारिताको कुनै अर्थ हुने छैन ।’ अफिसको ढोकाबाट बिदाइ गर्दै कमलले भन्यो ।

अरु कुराकानी गर्ने मलाई इच्छा लागेन । केही जवाफ नदिइकन म सडकमा निस्किएँ । सास फेर्र्न सहज भएजस्तो लाग्यो । हिँड्दा–हिँड्दै मेरो आन्तरिक दृश्यपटमा सहिदका बिम्बहरू आउँदै–जाँदै गर्न थाले ।

कमेन्ट गर्नुहोस्