कथा : स्वास्नीमान्छे

विध्या सापकोटा/

हजार सपनाहरुको माया लागेर आउँछ…….’ यो सदाबहार गीतसँगै उसका आँखा खुल्थे । खै किन हो, सानैदेखी उसलाई यो गीत विशेष मनपर्थ्यो । त्यसैले त अलाम टोनदेखि रिङ्गटोनसम्म यसैको बर्चस्व थियो । आफन्त, साथी र प्रेमीले सम्झनु/नसम्झनुसँग पनि यही जोडिन्थ्यो । अझ पछिल्लो समयमा त यसले व्यापक अर्थ राख्न लाग्यो  । त्यसो त बडो रोमान्टिक पाराकी केटी ऊ, हरकुरालाई हेर्ने/बुझ्ने आफ्नै अन्दाज थिए उसका ।

“अरे मलाई कलेज आउँन मन छैन, म आउँदिन पनि, किन कराइरहन्छौ हँ ? …..सबैलाई भनिदेऊ कि पुर्णिमा गाउँ फर्किसकी, उसलाई बारबार फोन गरेर डिष्ट्रब नगर ।” मोवाइल भाइब्रेसनलाई प्रेमीको ढुकढुकीसँग तुलना गर्ने ऊ,एकाएक उही स्वर र उही ढुकढुकसँग कायल देखिई ।

विध्या सापकोटा/

समय गतिशिल छ । त्यसैले चाहना र भोगाइ सदैव एउटै नरहन सक्छ । तर समय भन्दा पनि छिटो, एकाएक उसको दैनिकी बदलिँदै गयो, ब्यबहार अनौठो हुँदै थियो । सधैं समय मै कलेज पुग्ने पूर्णिमा भ्रमणबाट फर्केदेखि कलेज जाँदै गइन,फोन र सन्देशका उत्तर पनि नदिएर बेखबर बसिदिई । स्पष्ट अनुभब गर्न सकिन्थ्यो, ऊ अस्वभाविक थिई ।

‘निस्कलंक जीवन त के मृत्युपनि रहेनछ……….‘ नमीठो चालमा अल्मलिँदै झट्ट उठी ऊ । तत्काल ढोकाछेउमा लर्बराउँदै एउटा छायाँ ठोकियो । “रमण !” मुटु ढक्क भयो ।

कयौंबेर, चिसिएका नजरहरु झ्यालबाहिर फ्याँक्दै कोठाको चारदिवारभित्रै चक्कर लगाउँदैरही ऊ । सडक सधैं झैं ब्यस्त थियो, मान्छेको झुण्ड उस्तै । तँछाडमछाड, गाडीको लस्कर, जाम सबै उस्तैउस्तै । जित्ने रफ्तारमा दुनियाँ दौडँदो थियो । कस्तो अचम्म ! यत्रो भीडमा रहेर पनि ऊ एक्ली थिई, बिल्कूल  एक्ली । मन बहलाउने बहानामा प्रजातन्त्रको भित्तो काट्दै आकाशेपूलतर्फ पाइलाहरु मोडिए । मायालु जोडी, थकाएका बटुवा, बालबालिकाका झुण्ड रत्नपार्कको भीडभाड हेर्न लायक थियो । एक कुनामा ऊ पनि टुसुक्क बसी तर गुलाफको बोटनेर ओझेल परेका एक जोडीको मातक हाँसो, बेतुकका प्रेम प्रसङ्ग र असहज सामित्यताले त्यहाँ पनि अडिन दिएन । लाज, घृणा र छट्पटीमा पिच्च थुक्दै गर्दा पाइलाहरु पुनः जुर्मुराए ।  आफ्नै सुरमा चप्पल बजार्दै हिडेकी ऊ, सामसुङ्ग कम्पनिको विज्ञापन / मस्किरहेकी निरुता र चिया / सम्मोहनकारी मुस्कानमा राजेश र चाउचाउ / झिमझिम बल्दैनिम्भै गरेको ह्विस्कि र चुरोटका हाडिङबोर्डहरु काट्दै धेरै वर आइपुगी । ठ्वाक्क गोडामा ठेस लाग्दा ज्ञात भएथ्यो, ठमेलको ओरालोमा रगतका थोपाहरु तपतप चुहिँदै थिए ।

जीवनहीन आँखा बोकेर उस्तै पैतला घिसार्दै ढीलो गरी कोठामा फर्किई ऊ । को–को भेट्न आएका, फोनका कुरा, केके–केके कुराको एउटा डोको नै घोप्ट्याइदिइन् निरमाया दिदीले । आफ्नो मनोदशा नै विग्रिएको बेला यस्ता कुराहरुको के मतलब हुन्थ्यो र ? एउटा कुरा भने राम्रै लाग्यो, गाउँमा बाबाआमाले सत्यनारायणको पूजा राख्नुभएकोले घर आउनु भन्नुभएछ । शहर छाडिदिने गहकिलो बाहानामा भोलिपल्ट बिहानै निस्किई ऊ ।

भविष्यको कालो चित्रमा आफू र आफ्नाहरुको रुग्ण छायाँ कल्पँदाकल्पँदै पागल हुन खोज्थी ऊ । रमण, आमाबाबा, भाइबहिनी…. प्रेम, दायित्व, चाहना……. सम्झँदा सम्झँदै औडाहा हुन्थ्यो, जीवनप्रति मोह पलाएर आउँथ्यो । त्यसो त, भ्रम दूर गर्ने तमाम उपायहरु पनि जान्दथी ऊ तर केही गर्नै सकिन ।

शान्ति प्रकृयाले पूर्ण निकास नपाएपनि समय शान्तिउन्मुख हुदैं थियो, छापामार बनेर युद्धमा होमिएको दाजु घर फर्किएको थियो । काफल पाकेको संकेतको काफल पाक्यो, काफल पाक्यो, झरनाका झंकार, खेतबारी करेसामा टुकटुक गरिरहेका गाँउले, बालापनको थोरै चञ्चलता फिर्तामा मिल्यो । घरमा पूजाको रौनक थियो । कमला भाउजु सधैं झैं रौसिएर अचार मथिरहेकी रहेकी रहिछन् ।

सम्बन्धित् समाचार  कथा: जनयुद्ध र क्रान्तिमा हामी दुई

’वाह ! लब्सीको अचार ?’ आफ्नै मनले तत्काल नमीठो झापड दियो, ’पूर्णिमा अचारप्रतिको आशक्ति पक्कै शुभ संकेत हैन ।’

मन अचारभन्दा बेशी अमिलियो, बेचैनीका बेहिसाव आक्रमण सुचारु भए । गाँउ पुगेपिच्छे घरघर डुल्नैपर्ने ऊ, यसपाला चुपचाप दलानमा थन्किरही ।

मन खुसी भए न परिबेश खुल्ने रहेछ । मनै मडारिइरहेको थियो, हल्लिरहेको थियो । ऊ भित्रै भूइचालोको केन्द्रबिन्दु थियो कि ? जलिरहेकी थिई ऊ अनौठो पीडामा, भयानक द्धन्द्धमा । सहिनसक्नु उकुसमुकुसले नवप्रभात ब्युँझिन नपाउँदैं शहर फिर्तीयात्रा तय गरिदियो ।

निस्कँदा निस्कँदै, नजरहरु पहिले परिबेश अनि सेतै कपाल फुलेकी बूढी हजुरआमामा गएर गढे । आमाबाबासँग आँखा जुधाउने हिम्मत बाँकि रहेन, निहुरिँदै बसतर्फ दगुरी ऊ । मनभरि सपना, तिक्तता, घृणा र हीनताले सिगौंरी खेलिरहेका थिए । हे भगवान् ! यो बस पल्टिदिए पनि त हुने । रुखमा उक्लनु / बस चढ्नु / पूल तर्नु….. भन्दा अगाडी रक्षा गर प्रभु भन्ने आमाकी आज्ञाकारी छोरीले कामना गरी । दिदी ! आमाले साथी लगाएर पठाएकी सानी बहिनीको सम्बोधनले उसका नौनाडी गलेर आए । मान्छेले बिकल्पको खोजीमा विसंगति पनि रोज्दो रहेछ, तर्कनै तर्कनामा बसपार्क आइपुग्यो । सडक किनारका होडिङबोर्डहरु उस्तै चमकधमकमा थिए । नयाँ फिल्मको नयाँ पोष्टर थपिएको थियो । बिदेसिन लागेकाहरुको घूइरो बढ्दो थियो । उस्तै थियो शहर, जाँदा जस्तो थियो । हुनपनि ऊ जाबाको के मूल्य र यहाँ ?

लोडसेडिङ्गले निलेको शहर । अन्धकार व्यप्त कोठा । धन्न एक टुक्रो मैन फेला पर्यो । जीवन मैन न रहेछ पग्लेरै सकिने, बलिरहेको मैनसगैं पग्लियो मन । ऊ बडो ठूलो महत्वकाक्षां लिएर बाँचेकी केटी । हुनपनि दाजु छापामार बनिसकेपछि बाबुआमा मात्र नभएर गाउँ समाजकै आशापुञ्ज भएकी थिई ऊ । स्कूलदेखी विश्वविध्यालयसम्म आफ्नो लगनशिलता र हक्किपनलाई प्रमाणित गर्दै आएकी पनि थिई । अचानक………..रमण, अर्चित, बिन्दु र नीलहरुको याद उम्लिएर आयो । कति निष्ठुर उत्तर फर्काएकी थिई उसले रमणलाई । माया भन्ने कुरा पनि परिस्थितिपरक हुँदोरहेछ की ?

रातको त्यो एक परिदृश्यपछि उसका दृष्टिकोण बदलिए, जीवनप्रति, समाजप्रति र सम्पूर्ण आइमाईहरुकाप्रति । छोरी भएर जन्मेकोमा बडो गर्व गर्ने ऊ, आइमाई शरीरप्रति नै द्धेष हुन लाग्यो । ’’थुइक्क ! आफ्नो शरीरमा नै शत्रु बोकेर हिँड्ने जातकी तँ ?’’ जीवन मै पहिलोपटक स्वास्निमान्छे हुनुको पीडाबोध गरी उसले ।

केही सोच्न नसकेर अचेत झैं बिछ्यौनामा मूढ शरीर पदारियो । चारदिन अघिको कुरा न हो, कति बिन्दास थिई ऊ । अध्ययन सम्बद्द सोधकार्यको सिलसिलामा भ्रमणमा निस्केको थियो उसको टोलि । अध्ययन सहजता र रमाइलोको लागी भनेर एउटै ठूलो हल लिइएको थियो । लामो यात्राले थाकेकी ऊ, केहीबेर मै निदाइथी । ’’बाबा !’’ घडीले रातको एक बज्न लागेको संकेत दिँदैगर्दा निद्रा टुट्यो । त्रासपूर्ण नजरहरु फनफनी घुमाउँदैं अस्तब्यस्त कपडा मिलाई उसले । सबै निदाइरहेका रहेछन्, ‘उफ कत्ति डरलाग्दो सपना ………?’

सम्बन्धित् समाचार  कष्टकर व्याथा: प्रेम सुनारको आत्माकथा

सपना नै थियो सायद त्यो, तर त्यसो भनेर आफू लुटिन लागेको विभत्सतालाई भूल्न सहज थिएन, अन्तरहृदय चिच्याउँदै रह्यो । रातको त्यो एक परिदृश्यपछि उसका दृष्टिकोण बदलिए, जीवनप्रति, समाजप्रति र सम्पूर्ण आइमाईहरुकाप्रति । छोरी भएर जन्मेकोमा बडो गर्व गर्ने ऊ, आइमाई शरीरप्रति नै द्धेष हुन लाग्यो । ’’थुइक्क ! आफ्नो शरीरमा नै शत्रु बोकेर हिँड्ने जातकी तँ ?’’ जीवन मै पहिलोपटक स्वास्निमान्छे हुनुको पीडाबोध गरी उसले ।

ऊ जान्दथी, केही भएकै हैन भ्रमपूर्ण सपना देख्नुबाहेक । उल्टो दिमागमा दन्त्यकथाका पात्रहरु, अनाम फिल्मनगरीका कथाहरु, अपराध कथाका दर्दनाक घटनाक्रमहरु सलह झैं सल्बलाउन लागे । निरमाया दिदी र निरमाया दिदीहरुका प्रति असिम श्रद्धा पलाएर आयो जसमा समाजका सेता / स्वच्छ आँखा कहिल्यै परेनन् । कल्पनैकल्पनामा उसले ती सम्पूर्ण मनहरुलाई समेटी जो बास्तवमै लुटिएका थिए प्रेमका नाममा, संस्कारका बलिमा, सहनशिल र सुन्दर हुनुको पर्यायमा । ऊभित्र बिद्रोह जन्मँदैथ्यो, कुमारी आमाहरुको दर्दनाक छायाँप्रति, महिलालाई मात्र दोषि देख्ने प्रबृतिप्रति, इज्जतिला आमाहरु कै पनि उठेका पेटले संसर्गको संकेत गरिदिँदा लजाउनुपर्ने आइमाई नियतिप्रति ।

उसलाई थाहा थियो, यसमा कसैको दोष छैन, पुरुष कै पनि । सृष्टिकर्ता कै दोषयुक्त नियमका बिरुद्ध ऊ बबुरी के गर्न सक्थी र ? बिस्तारै लठ्याइएको घाउजस्तै मथ्थर हुँदै जानेथ्यो होला उसको दुखाइ । तर त्यसो भएन, हुनै नसक्ने कुरा भयो । सधैं महिना नपुग्दै पन्छिने उसको महिना कट्यो । मन जलेकै थियो । अब तनबाट ज्वाला छुट्न लागे । त्यो भयानक परिदृश्य सकेसम्म सम्झने यत्नमा लागी ऊ । कुनै कालो छायाँबाट लुटिन आँट्दा नै ऊ आत्तिएर ब्युँझिइथी तर……….? परिस्थिति र प्रश्नको जालोले यति जेल्यो कि, सपना सपना थिएन भन्नेमा ऊ विश्वस्त हुँदैगई । विज्ञानका सत्यताभन्दा बढी दन्त्यकथाका कहानीहरुमा मन जान लाग्यो ।  चलचित्रका दृश्यहरुमा झैं आँखाका पर्दाहरुमा स्वस्थानी कथादेखि फाटफुटे सस्ता पत्रिकाका घटनाक्रमहरु फट्फट्फट् ओहोरदोहर गर्न लागे । हुदाहुदाँ, आफ्नै शरीरमा परिवर्तनका छनक देख्न लागी ऊ ।

मान्छे जतिसुकै पढेगुनेको, जान्नेसुन्ने भएपनि संकटको समयमा निस्पष्ट हुँदोरहेछ, सिद्धान्तका ठेलीहरु मिथ्या लाग्ने रहेछन् । चेतनाशून्य बूढी आइमाईमा रुपान्तरित हुन उसलाई दुईदिन पनि लागेन । बाँच्नुको कुनै अर्थ बाँकि रहेन, जीवनहीन हुन पुगी ऊ । यही लयमा नै गाउँसम्म डोरिइथी ऊ । उसका प्रशस्त साथीहरु थिए, हित्तचित्त मिल्नेहरुको कमि थिएन तर कुन सखीसँग यो पीडा बाँड्न सक्थी र ऊ ? कुन ईश्वरको अदालतमा यो मुद्दा दायर हुन्थ्यो र ? भ्रमैभ्रमको महाहुण्डरीले उडाउँदै लग्यो, ‘छोरीलाई पढाएर के के न गर्छु भन्थिस् नि देखिस् ?’ कुमबजाइहरु कानैमा ठोक्किन आइपुगे । आत्महत्या–एक निर्बिकल्प उपाय मनले मनैलाई सुझायो ।

मन खुसी भए न परिबेश खुल्ने रहेछ । मनै मडारिइरहेको थियो, हल्लिरहेको थियो । ऊ भित्रै भूइचालोको केन्द्रबिन्दु थियो कि ? जलिरहेकी थिई ऊ अनौठो पीडामा, भयानक द्धन्द्धमा । सहिनसक्नु उकुसमुकुसले नवप्रभात ब्युँझिन नपाउँदैं शहर फिर्तीयात्रा तय गरिदियो ।

भविष्यको कालो चित्रमा आफू र आफ्नाहरुको रुग्ण छायाँ कल्पँदाकल्पँदै पागल हुन खोज्थी ऊ । रमण, आमाबाबा, भाइबहिनी…. प्रेम, दायित्व, चाहना……. सम्झँदा सम्झँदै औडाहा हुन्थ्यो, जीवनप्रति मोह पलाएर आउँथ्यो । त्यसो त, भ्रम दूर गर्ने तमाम उपायहरु पनि जान्दथी ऊ तर केही गर्नै सकिन । अझ भनुँ, कुनै किसिमको जोखिम उठाउनै चाहिन जसले गर्दा समाजमा तीखा कानहरु भरिउन्, प्रेम ओकल्ने आँखाले तिरस्कारपूर्ण दृष्टि फ्याक्न परोस् वा देवतातुल्य बाबुआमाको शंकालु नजर मात्र पनि सामना गर्न परोस् ।  आशंकाले जेल्दै जाँदा, ‘आखिर ! एकपल्ट जानु नै छ’, आत्महत्यालाई कायरताको प्रतिक मान्ने संघर्षसिल मनले घुँडा टेक्यो । तर कसरी ? आत्महत्याका उत्तम उपायहरुको खोजि अभियान शुरु भयो आफैंभित्र / आफैसँग ।

सम्बन्धित् समाचार  कथा: निमोठिएको गुलाब - २

मृत्यु निष्कलंक होला त ? आन्तरिक सुनामी यथावत थियो । जुन मान्छे नै मान्छेको घनाजंगलमा दुख साट्ने एउटै मान्छे भेटिएको थिएन त्यही थपडि बजाउन आतुर हातहरुको लर्को थियो । बिष खाने, आगो लगाउने, झुण्डेर मर्ने वा नदीमा हाम फाल्ने …… सुल्झिएका मृत्युका अनेक उपायहरु, कुनै विवादहीन थिएन । ‘मर्न त मरी पूर्णिमा तर किन मरी ?’ यो प्रश्न नै नउठोस् भन्ने चाहना उसको । आफ्नाहरुको नाम राख्न नसकेपनि कससेकम नाक नकाटियोस्, अपशोचबिहीन / प्रश्नचिन्हबिहिन मृत्यु चाहिएको थियो उसलाई । स्वभाविक मृत्यु र मृत्युपछिको सहनुभूति उसको बिशेष माग थियो । जो बाँच्न सक्दैन उसलाई मर्न झन् गाह्रो हुँदोरहेछ । आफू हुँदा र नहुँदा, आफ्नाको मात्र नभएर चप्पल सिलाउने काले दाइदेखी कलेजका प्राध्यापकसम्ममा पर्ने प्रभाव पढ्न लागि ऊ । ‘निस्कलंक जीवन त के मृत्युपनि रहेनछ……….‘ नमीठो चालमा अल्मलिँदै झट्ट उठी ऊ । तत्काल ढोकाछेउमा लर्बराउँदै एउटा छायाँ ठोकियो । “रमण !” मुटु ढक्क भयो ।

‘आफैं मरे स्वर्ग देखिन्छ’, बूढापाकाहरुले उसै भनेका होइन रहेछन् । सदैव हक अधिकार, प्रेरणा र हौसलाका कुरा गरिहिँड्ने जवान युवतीलाई एक कू–सपनाले पूर्णतः हराइदियो । जीवनका अन्तिम प्रहरहरु बिताउँदाको अद्भूत ब्यथामा थिई ऊ, बहिनी मस्त निद्रामा । मान्छेको मन बिचित्रको हुँदोरहेछ, मृत्युको सामु घुँडा टेकेर पनि लोभ गरि नै रहने । एकपल नै सहि बहिनीलाई छातीमा टाँसिरहन मन लाग्यो । ढोकानेर देखेको छायाँ ? उसको बश चल्दो हो त, पोखिएर बलिष्ठ छाती लतपत्याइदिने थिई …..र्.सपना मै भएपनि कमसेकम उसलाई एकपटक पाउन सकूँ प्रभू !’ आँखा चिम्म भयो ।

“दिदी ! उठन, के भयो तिम्लाई ?” बहिनीको अबोध र भिजेको स्वरसँगै ब्युँझिइ पूर्णिमा । “किन रोएकी नानू ?” अज्ञात भयमा झण्डै चिच्याइन ऊ । घामका किरण मीठा चुम्बनमा लिप्त थिए, आँसुले होला सिरानी कक्र्याक्क । मसिना काँपेका औलाहरु कपडा र बिछ्यौनातिर इसारारत जहाँ रगतका आला टाटाहरु देखिन्थे ।

हाल : शंकरदेव कलेज, काठमाडौं

कमेन्ट गर्नुहोस्

%d bloggers like this: