बास्केटबलकाे कोर्टमै प्रपोज र इंगेजमेन्ट गर्ने यी खेलाडी

काठमाडौं । व्रिटेनका बास्केटबलका एक खिलाडीले राष्ट्रमण्डल खेलका दौरान कोर्टमै आफ्नी गर्लफ्रेन्डलाई विवाहका लागि प्रपोज गरे । केटी साथीले पनि उनको उक्त प्रस्वातलाई हासी–हासी सहजै स्वीकार गरिन ।

त्यसपछि उनीहरुले बास्केटकबलको कोर्टमै इंगेजमेन्ट गरे । युवती व्रिटेनको बास्केटबल टीमकी सदस्य हुन । पुरुष खेलाडी जसले प्रपोज गरे उनको नाम हो जेमेल एन्डरसन ।

एन्डरसनले आफ्ना साथीहरुको सहयोगमा यो सबै कार्य गरेका थिए । यो सम्पूर्ण कार्यको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कमेन्ट गर्नुहोस्