नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं, चैत्र २८ । एसियाली विकास बैंक (एडीबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत सिमित हुने प्रक्षेपण गरेको छ ।

एडीबीले निर्माणाधिन ठूला आयोजनाको प्रगति विवरणमा केन्द्रित रहेर आर्थिक वृद्धिदर ५.५ प्रतिशतमा सिमित हुने जनाएको हो ।

एडीबीले ‘एसियाको विकास परिदृश्य’ रिपोर्टमा चालु आवमा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशतमा सिमित रहने पनि उल्लेख गरेको छ ।

रिपोर्टमा अघिल्लो आवको तुलनामा चालु आवमा मकै र कोदोजस्ता बर्खे बालीको उत्पादन वृद्धि भएपनि औद्योगिक वृद्धिदर कम हुने उल्लेख गरेको छ ।

एडीबीले स्थानीय र प्रदेश सरकारको कारण खर्चमा वृद्धि र कमजोर राजस्व परिचालनका कारण बजेट घाटा बढ्ने अनुमान समेत गरेको छ ।

त्यस्तै, जलविद्युत् र होटल क्षेत्रमा क्रमिक रुपमा बढेको लगानीले सकारात्मक प्रतिफल दिने प्रक्षेपण गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!