फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँ बढेको छ ।

बुधबार बजारमा सुनको मूल्य ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार सुनको मूल्य ह्वात्तै बढेर ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बजारमा चाँदीको मूल्य दश रुपैयाँले बढेको छ ।

बुधबार बजारमा चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा बिहीबार बढेर ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!