OMG! सेक्स पावर बढाउने इन्जेक्शन लिएपछि प्रेमी फरार, युवतीकाे मृत्यु

मुम्बई । महाराष्ट्रको भिन्वडीमा एउटा अनौठो घटना घटेको सार्वजनिक भएको छ । भिन्वडीको एउटा होटेलमा एक युवतीकाे मृत्यु भएकाे छ । शव पोष्टमार्टमका क्रममा उनको मृत्यु सेक्स पावर बढाउने औषधिको ओभरडोजका कारण भएको पुष्टी भएपछि यस्तो रहस्य खुलेको हो ।

उनी केटा साथीसँग एक दिन पहिला सो होटेलमा बस्न आएको बताइएको छ । होटेल बसाईका क्रममा उनले सेक्स पावर बढाउने औषघि लिइन र त्यसको ओभरडोजका कारण उनको मृत्यु भएको बताइएको छ ।

केटीको उमेर करीब २८ वर्ष भएको बताइएकोे छ । प्रहरीका अनुसार युवती अमृतनगरस्थित रशीद कम्पाउण्डकी हुन । ८ अप्रीलमा युवती आफ्ना केटा साथीसँग होटेलमा बस्न आएकी थिइन । महाराष्ट्रको कल्याणमा बस्ने केटा साथीलाई लिएर उनी भिवंडीको अशोका होटलमा बसेकी थ्इिन ।

होटलमा आएर युवतीले सेक्स पावर बढाने इंजेक्शन लिइन । इंजेक्शनको मात्रा बढी भएपछि युवतीको स्वास्थ्य अवस्था गम्भीर भयो ।

जब युवतीको स्वास्थ्य अवस्था विग्रियो त्यसपछि उनका प्रेमी उनलाई होटेलमा छोडेर त्यहाबाट भागेको बताइएको छ । त्यसको केही समयपछि होटेलका कर्मचारीले ढोका खोलें ।

युवती बेहाश अवस्थामा विस्तारामा सुतिरहेकी थिइन । बेहोश अवस्थामा युवतीलाई आइजीएम उप–जिल्ला अस्पतालमा भर्ना गरियो । केही समयको उपचारपछि युवती होशमा आइन । होशमा आएपछि युवतीले सबै कुरा डाक्टरलाई बताइन ।

मर्न भन्दा पहिला युवतीले आफ्नो नाम र ठेगाना डाक्टरलाई भनेकी थिइन । त्यसपछि युवतीको मृत्यु भयो । युवतीको उपचारमा संलग्न डा सुमय्या अन्सारीले यसबारेमा प्रहरीलाई जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!