कन्डम लगाउन मान्दैनन् ग्राहक

काठमाडौं, चैत्र ३० । राजधानीमा अवैध रुपमा यौनक्रियाकलापमा संलग्न पुरुषहरुले कन्डम लगाउन नमाने गरेको यौनकर्मी महिलाहरुले बताएका छन् । पछिल्लो समय गरिएको एक अध्ययनमा यौनकर्मी महिलाले आफूहरुसँग यौनसम्बन्ध कायम गर्न आउने अधिकांश पुरुषहरुले कन्डम प्रयोग गर्न अस्वीकार गर्ने गरेको बताएका हुन ।

असुरक्षित यौनसम्पर्क गर्नु भनेको निश्चित रूपमा यौनरोगको भारी बोक्नु भएको राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् । अझ यौन जोखिममा रहेका समूहसँग गरिने यौन सम्पर्कमा कन्डम लगाउने भन्दा अन्य विकल्प नभएको डा. पाण्डेले बताए । उता यौनकर्मी महिलाहरू भने ग्राहकले कन्डम लगाउनै नमान्ने बताउँछन् ।

यौनकर्मी महिला कहाँ जाँदा कन्डमलाई बेवास्ता गर्नु कन्डम यौनरोगबाट जोगाउनेभन्दा पनि सन्तान उत्पादन रोक्ने साधन मात्र हो भन्ने सोचाइको परिणाम भएको डा। पाण्डेको तर्क छ । यसरी ग्राहकले कन्डम प्रयोग गर्न अस्वीकार गर्ने अवस्थामा यौनकर्मी महिला आफैंले कन्डम तयारी अवस्थामा राख्नेदेखि अन्य विधिहरू प्रयोग गर्दै आएको सर्वेक्षणले देखाएको छ ।

५ सय मध्ये ३ सय ४६ जनामा बहुसाधन परिवार नियोजनका साधन प्रयोगसम्बन्धी गरिएको अध्ययनमा ७९ प्रतिशतले कन्डम प्रयोग गर्ने कुरा ९तर सधैं होइन० बताएका थिए भने ४२ प्रतिशतले वीर्य बाहिर स्खलन गराउने विधि अपनाउँदै आएको बताएका थिए ।

त्यसैगरी १७ दशमलव ७ प्रतिशतले गर्भनिरोधक सुई प्रयोग गर्ने, १४ दशमलव ५ प्रतिशतले आकस्मिक गर्भनिरोधक औषधी प्रयोग गर्ने गरेको बताएका छन् ।

रमाइलो तथ्य त के छ भने ११ दशमलव ३ प्रतिशत महिलाले आफ्नो मासिक श्रावको हिसाब गरी प्राकृतिक गर्भनिरोधको उपाय अपनाउँदै आएका छन् । ६ दशमलव ६ प्रतिशतले अस्थायी गर्भनिरोधक इम्प्लान्ट प्रयोग गर्दै आएका छन् भने ६ दशमलव १ प्रतिशतले स्थायी मिनिल्याप्स नै गराएका छन् । उनीहरूका ग्राहकमध्ये १ दशमलव ४ प्रतिशत पुरुषको बन्ध्याकरण भएको पाइएको छ ।

कन्डम प्रयोग नगरेकै कारणले विगतका वर्षको तुलनामा यो वर्ष एचआईभी एड्सको संक्रमण भएका महिला यौनकर्मीमाको संख्या वृद्धि भएको अधिकृत तिवारी बताउँछिन् । यो वर्ष यो ट्रेन्ड बढेर २ दशमलव २ प्रतिशत पुगेको छ । २०११ मा १ दशमलव ७ रहेको यो तथ्यांक २०१५ मा २ प्रतिशत पुगेको थियो ।

तथ्यांकले पनि के पनि देखाउँछ भने पैसा नतिरी यौनसम्पर्क गर्ने १८ प्रतिशत नियमित ग्राहकले मात्र कन्डम लगाउँछन् भने पैसा तिरेर आउने नियमित ग्राहकमध्ये ३८ प्रतिशतसँग बिना कन्डम नै यौनसम्पर्क हुन्छ । ३७ प्रतिशत यस्ता ग्राहक कन्डम नलगाई यौनसम्पर्क गर्न रुचाउँछन् ।

सर्वेक्षणमा सहभागीमध्ये १ सय ७९ जनाले गर्भपतन गराएको जवाफ दिएका छन्, जसमा ६१ प्रतिशतले एकपटक गर्भपतन गराएको बताएका छन् भने २ पटक गर्भपतन गराउने २९ प्रतिशत छन् । तीन पटकभन्दा बढी गर्भपतन गराउनेहरूको संख्या १० प्रतिशत छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!