सीरिया आक्रमणले शीतयुद्धको खतरा, राष्ट्रसंघ, चीन, रूस र इरानद्वारा अमेरिकाको कडा आलोचना

सीरियामा करिव एक दशकदृखि युद्ध र अशान्ती जारी छ, तर पछिल्ला आक्रमणले विश्वलाई र्न विभाजित गर्दै नयाँ द्वन्द्वको संकेत गरिरहेको छ ।

चीन, रुस र इरानले अमेरिकाकारण सिरियामा नयाँ द्वन्द्व सुरु भएको भन्दै चर्को आलोचना गरेका छन् । फ्रान्स, बेलायत लगायतका देशले भने सिरिया अकाक्रमणको समर्थन गरिरहेका छन् ।

अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति जनाउँदै अमेरिकाले अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेर सिरियामा आक्रमण गरेको प्रतिक्रिया दिएको छ ।

रूसी राष्ट्रपति भ्यादिमीर पुनिनले एक सार्वभौमिक राज्यको विरुद्ध आक्रामक गर्नु कुनैपनि कोणबाट क्षम्य नहुने बताए । उनले भने अमेरिकाले गरेको हवाई आकमणले सीरियाको दृढता बढाएको मात्र छैन । नयाँ द्वन्द्व र आतंकवादलाई प्रश्रय समेत दिएको छ ।

डुमा रक्षा समितिका प्रथम उपाध्यक्ष एलेक्सनदर सेरिनले पनि अन्तरराष्ट्रिय मूल्यमान्यता र अधिकारलाई अमेरिकाले बेवास्ता गरेको बताएका छन् ।

अर्का उपाध्यक्ष युरी शभयत्कीनले सिरियाविरुद्ध अकल्पनीय परिणाम ल्याउनेगरी आक्रमण भएको टिप्पणी गरे ।

अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले पनि निन्दा गरेको छ ।

चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा भएको आक्रमणको आलोचना गरेको हो ।

सिरियाली प्रशासनका विरुद्ध भन्दै गरिएको बल प्रयोगले समस्याको समाधान नगर्ने जनाउँदै चीनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानूनको दायरामा फर्किन सम्वद्ध सबै पक्ष तथा मुलुकलाई आग्रह गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्नाइङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बलको प्रयोगलाई लगातार विरोध गर्दै आएका छौँ । साथै कुनै पनि मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानको पक्षमा वकालत गर्दै आएको बताउन चाहन्छौ । ”

इरानका सर्बोच्च नेता अयतोल्लाह अलि खमेनीले अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको आक्रमणलाई “अपराध”को संज्ञा दिएका छन् ।

“म खुल्लारुपमा घोषणा गर्न चाहन्छु की अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको अपराधप्रति प्रतिबद्धता छ, त्यसैले उनीहरु अपराधी हुन्,” खमेनी भने ।

आफ्नो देशका उच्च अधिकारी र मुस्लिम देशका राजदूतसँगको बैठकमा खमेनीले उनीहरुलाई आक्रमण तत्काल रोक्न दबाव दिनुपर्ने बताएको उनको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ ।

अमेरिककाे अहम्

तर अमेरिका कुनै प्रकारका आलोचना सुन्न तयार भैरहेको छैन् । उल्टै अमेरिका सिरिया हवाई आक्रमण निर्दिष्ट लक्ष्यमा भएको भन्दै खुसी मनाईरहेको छ ।

अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथीको आक्रमण सफल भएको भन्दै सेनाको शक्तिको लागि फ्रान्स र युनाइटेड ब्रान्डलाई धन्यवाददिए , उनले भने राम्रो परिणाम आउन त सकेन तर मिशन पूरा भयो ।

अमेरिकी रक्षा मन्त्रालयले पनि सिरियामा अमेरिका, बेलायत, फ्रान्सले सिरियाली प्रशासन विरुद्ध गरेका सम्पूर्ण आक्रमण लक्षित स्थानमा गर्न सफलता मिलेको भनेको छ ।

रूसले दर्जनौँ क्षेप्यास्त्रलाई बीचमा अवरोध गरेको तर हवाई आक्रमणका निशाना सही रहेका निष्कर्ष पेन्टागनको रहेको रक्षा मन्त्रालयका प्रवक्ता डाना ह्वाइटले बताए ।

“हामी सिरियामा युद्ध चाहन्नौ तर आफ्नै नागरिकविरुद्ध लक्षित गरी बसर अल असद प्रशासनले गरेको रासायनिक हतियार आक्रमणबाट भएको अन्तर्राष्ट्रिय कानून उल्लङ्घनको घटनालाई वेवास्ता गरिरहन पनि सक्दैनौ,” ह्वाइटले पेन्टागनमा सञ्चारकर्मीसँगको कुराकानीमा भने । हवाई आक्रमणको निशाना सही रहेको र हमलाको औचित्य कानूनतः पुष्टि भएको छ, उनले भनेका छन् ।

शीतयुद्धको सुरुवात

संयुक्त राष्ट्रसंघले भने शीतयुद्धको सुरुवात भएको टिप्पणी गर्दै खतरनाक परिस्थिति निम्तिएकाले संयम रहन आह्वान गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले नयाँखाले युद्धबारे सबै सचेत हुनुपर्ने बताएका हुन् ।

सीरियामा रासायनिक हतियारको आक्रमण भएपछि रूस र अमेरिकाले त्यस्का लागि एक अर्काको आलोचना गरेका थिए । अमेरिकाले रासायनिक आक्रमणको प्रत्युत्तर स्वरूप मिसाइल आक्रमण गरेको दावी गरेको छ

नयाँ प्रयासहरू

यहिबिचमा अमेरिका, फ्रान्स र ब्रिटेनले सिरियामा भएको भनिएको रासायनिक हमलाको स्वतन्त्र रुपमा अनुसन्धान गर्नका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌लाई मनाउन नयाँ प्रयासहरू पनि थालिएको छ ।

यी तीन देशहरूले सिरियाको रासायनिक अस्त्र निर्माण गर्ने ठानिएका क्षेत्रहरूमा क्षेप्यास्त्र हमला गरेका थिए।

यी तीनै देशले अन्य परिषद् सदस्यहरूलाई मस्यौदा प्रस्ताव समेत पठाएका थिए।

उक्त मस्यौदा प्रस्तावमा सिरियामा मानवीय सहायता पुर्याउन र संयुक्त राष्ट्रसंघले नेतृत्व गरेको शान्ति वार्तामा राष्ट्रपति बशर अल असदको सरकार पनि सामेल हुन आह्वान गरिएको छ।

राष्ट्रसङ्घ सुरक्षा परिषद

राष्ट्रसङ्घ सुरक्षा परिषद्को आपत्कालीन बैठक पनि बस्यो । उनीहरूले सोमबारबाट वार्ता सुरु हुने आशा व्यक्त पनि गरेका छन्।

रुसले त्यस्तो जाँचबुझविरुद्ध भिटो अर्थात् विशेष अधिकार प्रयोग गरेको छ।

यसअघि संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियालाई रासायनिक अस्त्रहरूको प्रयोग फेरि नगर्न चेतावनी दिँदै थप हवाई हमलाको चेतावनी दिएकी छन्।

अमेरिका, ब्रिटेन र फ्रान्सले गरेको हमलाबारे रुसले गरेको निन्दालाई समर्थन गर्न राष्ट्रसंघको बैठक विफल भएको छ।

जम्मा दुई देशहरूले मात्रै त्यसको पक्षमा मत दिए।

गत साता सिरियाको डुमा क्षेत्रमा भएको भनिएको रासायनिक अस्त्र हमलाको प्रतिक्रियामा गरिएको हमलालाई रुसी राजदूत भसिलि नबेन्जियाले गुण्डागर्दी भनेका छन्।

सन् २०१४ यता सिरियाको आधाभन्दा बढी भू-भाग ‘इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया’ (आइएसआइएस) को नियन्त्रणमा छ ।

युद्धका कारण ३ लाख ५० हजार मानिसको मृत्यु भइसकेको छ भन ३० लाखले शराणार्थी जीवन बाँचिरहेका छन् । अनुगमनकर्ताहरुका अनुासर करिब ६३ लाख सर्वसाधारण आन्तरिक रुपमा विस्थापित छन् ।

युद्धभन्दा अगाडिको जनसंख्यालाई हालको सँग तुलना गर्ने हो भने आधाभन्दा बढी सिरियन नागरिक या त मारिए या देश छाड्न बाध्य बनाइएका छन् । युद्धबाट प्रभावित भएका परिवारहरूले नजिकको देशमा शरणार्थी बनेर बाँच्ने साहारा खोजिरहेका छन् ।

संयुक्त राष्ट्रसंघको पछिल्लो रिपोर्ट हेर्ने हो भने सिरियामा तत्काल राहतका लागि लगभग ५ बिलियन डलर आवश्यक पर्छ । तर राहत र उद्दारको कामलाई थाति राखेर अमेरिका र रसिया अनि सिरियाभित्रकै धेरै लडाकु समूहहरू एकआपसमा लडिरहेका छन् ।

 

कमेन्ट गर्नुहोस्