अनुभूती : ‘ममीले भन्नु भयो, तँ पनि के के गर्छस् खै !’

बिशाल कार्की/ 

गएको २०७३ फागुन १५ गते स्वास्थ्य सेवा दिवसको दिनको कुरा हो । नेपाल एफ.एममा पत्रकारिता गर्दै गरेकोले अघिल्नो दिन नै स्वास्थ्य मन्त्रालयले गर्ने कार्यक्रममा मलाई खटाइएयो । १ घण्टा लामो स्वास्थ्य मन्त्रालयको कार्यक्रम भ्याएर म वीर अस्पतालतर्फ लागे । स्वास्थ्य सेवाका लागि वीर अस्पताल धाउने सेवाग्राहीले के कस्तो हैरानी व्यहोरी रहेको छन् त भनेर, रिपोर्टीङमा ।

म आफूलाई पनि अनुभव थियो । वीरभित्रको चरम लाप्रवाही र ढिला सुस्तीले गाजेको व्यवस्थापन । त्यही मनोग्रन्थीले काम गरेर होला । रिपोर्टीङका लागि त्यही अस्पताल रोजे ।

शनिवार, अन्य दिनमा जस्तो चहल पहल थिएन । बाहिर एक जना आमालाई देखे र उतैतीर सोझिए । रेकर्डर तेस्राएर सोध्न थाले “किन बाहिर बस्नु भाको ?”

बिशाल कार्की

बुझ्दै जाँदा ती आमाको श्रीमानले ७ दिन अघि त्यहाँ छोडेका रहेछन् । उनको शरिर सुनिएर हेर्न लायक थिएन । घर रसुवा, सन्तान ३ जना, पारिवारीक आर्थिक अवस्था कमजोर भएकाले गाउलेले सहयोग गरेको पैसा बोकेर वीर अस्पताल आएका रहेछन् । पुरुषवादी समाज पैसा श्रीमानकै हातमा थियो ।

श्रीमानले वीरको गेट मै भने, “ल यो १ हजार राख् । यत्तिले उपचारको लागि पुग्दैन । म भोलि अरु पैसाको जोहो गरेर फर्कन्छु ।”

अल्ली अघिसम्म कसैको ध्यान नगएको ती आमाको वरी परी ५/१० मिनेट मै १५/२० जना रमितेको भिड जम्मा भयो । ती आमाले केही बेरमा बोल्नै छोडीन् । लाग्यो होला, यस्लाई सुनाएर के हुन्छ । त्यो स्वभाविक पनि थियो । मैले फेरी प्रश्न गरे । “के गर्नु हुन्छ, तपाईको श्रीमानले ?”

के गर्नु घर बनाउँन्। कमाएको पैसा सबै रक्सी खाएर सक्छन् ।

कति कोमल हुन्छ नारीको मन । श्रीमानलाई कतिसम्म विश्वास गर्छन् । पुरुष प्रति घृणा जाग्यो अनि आफू पुरुष हुनुमा पनि ।

तर, १ दिन, २ दिन गर्दा गर्दै ७ दिन बित्दा पनि उनका श्रीमान फिरेनन् ।

उनले यति भन्दासम्म अघि बडो पत्रकार भनेर तेर्साएको रेकर्डर बन्द गरिसकेको थिए । उनको यो पीडा रेकर्ड गरेर सबैसामु सुनाउन मेरो नैतिकताले दिएन, सायद त्यसैले होला ।
कुराकानीकै क्रममा थाँहा भयो । श्रीमानले छोडेपछि १ हजारले चेकजाँच गर्नसम्म त पुग्यो तर डाक्टरले लेखिदिएको औषधी किन्ने पैसो बँचेन । चिसो रात कसरी काट्ने भन्ने त्रासले उनलाई सतायो । तर, के गर्नु काठमाडौँँमा चिनेको कोही छैन, कण्ठस्त श्रीमानको नम्वरमा वीरको वरीपरी हिडी रहेका मान्छेहरुलाई फोन गर्न लगाउदा स्विच अफ थियो । त्यो मुटु कपाउने रात छल्ने होटेलहरु त थिए तर पैसो थिएन । केही उपाय नलागेपछि भोको पेटमा ती आमा वीरको बाहिर सुतिन् । कस्तो संयोग त्यही रात पानी पर्याे । २ हात लामो एउटा पलाष्टिक विछ्याएर ती आमाले त्यो रात जसो तसो काटिन् । त्यति भनिरहदा उनका आखाँबाट आँसु पनि विस्थापित भइरहेका थिए ।

अल्ली अघिसम्म कसैको ध्यान नगएको ती आमाको वरी परी ५/१० मिनेट मै १५/२० जना रमितेको भिड जम्मा भयो । ती आमाले केही बेरमा बोल्नै छोडीन् । लाग्यो होला, यस्लाई सुनाएर के हुन्छ । त्यो स्वभाविक पनि थियो । मैले फेरी प्रश्न गरे । “के गर्नु हुन्छ, तपाईको श्रीमानले ?”

के गर्नु घर बनाउँन्। कमाएको पैसा सबै रक्सी खाएर सक्छन् ।

कति कोमल हुन्छ नारीको मन । श्रीमानलाई कतिसम्म विश्वास गर्छन् । पुरुष प्रति घृणा जाग्यो अनि आफू पुरुष हुनुमा पनि ।

हिड डुल गर्न नसक्ने उनलाई अर्काे दिन कसैले खाना दिएछ । तर बास चाँही, पुरानै । उनले कुराकानीको क्रममा प्लाष्टिकको झोलामा रहेको औषधी देखाउदै भनिन्, “पैसा नभएकालाई अस्पतालले नि:शुल्क औषधि दिन्छ भन्ने बुझेपछि औषधी मागे ।” भालि पल्ट औषधी पाइन । ती आमाले त्यति भन्दासम्म उनलाई घर पुर्यान मैले केही गर्नु पर्छ भन्ने सोच आयो । तपाईको श्रीमानको नम्बर कति हो ? मैले सोधे ।

उनले धौँ धौँ नम्वर भनिन् । उनले नम्वर दिँदा देखाएको उत्सुक्ताले संकेत गरेको थियो । उनको घर जाने इच्छा ।

नम्वर त मागि हाले तर मोवाइलमा पैसा थिएन । खाल्तीमा पाँच सय थियो । नजिकैको पसलमा गएर रिचार्ज गरेपछि, फोन हाने, ती आमाले दिएको नम्वरमा । फोन अफ थियो । सायद श्रीमतीको फोन आउँछ भनेरै होला अफ गरेको।

पुलिसको सहयोग लिन मैले १०० मा फोन गरे ।

श्रीमानले वीरको गेट मै भने, “ल यो १ हजार राख् । यत्तिले उपचारको लागि पुग्दैन । म भोलि अरु पैसाको जोहो गरेर फर्कन्छु ।”

तर, १ दिन, २ दिन गर्दा गर्दै ७ दिन बित्दा पनि उनका श्रीमान फिरेनन् ।

“यो वीर अस्पतालको अगाडि १ हप्तादेखि १ जना आमा वेवारिसे हुनु हुदो रहेछ । यहाँ आउनुस् न” मैले भने ।

करिव १० मिनेटपछि प्रहरीको भ्यान आयो । “को हो अघि फोन गर्ने ?” भन्दै मेरो नम्वर सोध्यो ।

जवाफसँगै ती आमा भएकोतीर प्रहरीलाई जान भने ।

ती आमाले स विस्तार गरेपछि ।

प्रहरीले भने हामी गाडीमा पठाई दिन्छौँ ।

साँझ यो कामको रेडियोमा मुल्याङन नहुने निश्चित भएपनि औधी खुसी लाग्यो । “ल, राम्रोसँग जानुस्” मैले ती आमालाई भने ।

वीरबाट फर्कने क्रममा ममीलाई फाेन गरे । आवाजमा ती आमा कै आवाजको आभाष भयो । सबै सुनाए, अघिको घटना । ममीले भन्नु भयो, “त पनि के के गर्छस् खै ।” तर, मलाई थाहा थियो । ममीले याे कुरा छिमेकीलाई पनि सुनाउनु हुन्छ ।

कमेन्ट गर्नुहोस्