बहुप्रतिक्षित प्रचण्ड-अाेली वार्ता बालुवाटारमा सुरु

काठमाडौं । नेकपा एमाले एवं प्रधानमन्त्री केपी शर्मा ओली र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा ‘वान टु वान’ वार्ता शुरु भएको छ । वार्ता केही बेरअघिदेखि शुरु भएका बालुवाटार स्राेतले जनाएकाे छ ।

गत चैत्र २२ मा बसेको वाम गठबन्धन पार्टी एकता संयोजन समितिको बैठकले बैसाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने निर्णय गरेको थियो। तर केही महत्वपूर्ण विषयमा अन्तिम टुंगाे लगाउन बाँकी रहे पनि लामाे समयसम्म दुर्इ अध्यक्षबीच वार्ता हुन नसकेपछि वैशाख ९ गते नै एकता घाेषणा हाेला भन्न अशंका भइरहेका बेला वार्ता शुरु भएकाे हाे ।

अाजकाे बैठकमा नेतृत्व र संगठनात्मक प्रतिनिधित्वका लगायतका विषयमा वार्ता केन्द्रित रहने बताइएकाे छ । त्यस्तै एकीकृत पार्टीको चुनाव चिह्न, जनयुद्ध र जबजको विषयमा पनि छलफल हुने छ ।

दुर्इ अध्यक्षबीचकाे वार्ता सकिएपछि आजै एमाले स्थायी कमिटी बैठक बस्ने तयारी छ । बैठक बालुवाटारमै बस्नेछ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!