१ बजेको अपडेटः नेप्से कारोबारमा ०.६५ प्रतिशतले बढ्यो

काठमाडौं । सोमवार नेप्से परिसूचक शून्य दशमलव ६५ प्रतिशत बढेर १ हजार २ सय ८८ दशमलव ४३ विन्दुमा पुगेको छ ।

बिहानैदेखि उकालो लागेको बजार २ घण्टाको व्यापारमा ८ दशमलव २८ अङ्क बढेको हो । यस व्यापार अवधिमा १ सय ३४ कम्पनीको ३ लाख ८४ हजार ९ सय ९५ कित्ता शेयर करोबार भएको छ । ‘अन्य’ समूह बाहेक सबै समूहको परिसूचक बढेपछि समग्र बजार उकालो लागेको हो । २ घण्टाको ब्यापार अवधिमा रू। १८ करोड ४० लाख बरावरको शेयर कारोबार भएको छ भने सबैभन्दा बढी प्रिमियर इन्स्योरेन्सको रहेको छ ।

सबैभन्दा बढी बीमा समूहको परिसूचक २ दशमलव २५ प्रतिशतले बढेको छ । साथै बैङ्किङको शून्य दशमलव २८ प्रतिशत, होटलको शून्य दशमलव ५६, विकास बैङ्कको शून्य दशमलव ३५, जलविद्युत समूहको शून्य दशमलव ७९, वित्त समूहको शून्य दशमलव ४, र लघुवित्त समूहको १ दशमलव ६१ प्रतिशतले बढेको छ । अन्य समूह भने शून्य दशमलव शून्य ६ प्रतिशतले घटेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!