भोली ९ बजे एकता संयोजन समितिको बैठक बोलाए ओली र प्रचण्डले, मिल्ला त कुरो ?

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रम तथा एमाले अध्यक्ष केपी ओलीबीचको छलफलमा वैचारिक र सांगठनिक विषयमा सहमति जुटाउन एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको छ ।

विधान तथा राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न एकता संयोजन समितिको बैठक बोलाइएको हो ।

यसअघि दुबै कार्यदलले पार्टीको विधान र तत्कालिन राजनीतिक प्रतिवेदन (विचार) को मस्यौदा दुबै अध्यक्षलाई बुझाएका थिए ।

दस्तावेजमा दुबै पार्टीको इतिहासको सम्मान गर्दै संश्लेषण गरेर नयाँ कार्यदिशा निर्माण गर्नुपर्ने अडान माओवादीले राखेपनि एमालेले भने जनयुद्दको स्पिरिट र मर्मलाई आत्मसात नगरेको माओवादीको आरोप रहेको छ ।

पार्टी एकताका लागि टुंग्याउन बाँकी रहेका विषयमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रचण्ड र ओलीबीचको बैठक करीब तीन घण्टा चलेको थियो। गत चैत्र २२ गते बसेको एकता संयोजन समितिको बैठकले वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन पार्टी एकता गर्ने सहमति गरेको बताइएको थियो ।

तर नेतृत्व, जनयुद्व, चुनाव चिन्ह, पार्टीमा पदाधिकारीको प्रतिनिधित्व लगायतका टुंग्याउन बाँकी रहेका विषयमा भने लामो समय छलफल नभएपछि आशंका पैदा भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्दको त्याग, बलिदान र उपलब्धिलाई स्वीकार नगरेसम्म एकता हुन नसक्ने कुरा एभरेष्टदैनिकडटकमसँगको अन्तर्वातामा व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!