ट्रंप राष्ट्रपति बन्न नैतिक रूपमा अयोग्य: जेम्स कोमी

अमेरिकाको गुप्तचर संस्था एफबिआइका पूर्व प्रमुख जेम्स कोमीले राष्ट्रपति ट्रंप ‘अमेरिकाको राष्ट्रपति बन्न अयोग्य’ रहेको आरोप लगाएका छन्।

कोमीले ट्रंप महिलाहरूलाई ‘मासुको टुक्रा’ ठान्ने आरोप समेत लगाएका छन्। गत वर्ष जिम्मेवारी मुक्त गरिएपछि पहिलो पटक टेलिभिजन अन्तर्वार्ता दिने क्रममा कोमीले यसो बताएका हुन्।

अमेरिकी टिभी नेटवर्क एबिसीसँग अन्तर्वार्ताको क्रममा कोमीले ट्रंपका निम्ति सत्यको कुनै मूल्य नरहेको र उनी झुटो बोल्न खप्पिस रहेको बताएका छन्।

उता राष्ट्रपति कार्यालयले पनि यस अन्तर्वार्ता प्रति तत्काल प्रतिक्रिया जनाउँदै कोमीले ‘थुप्रै झुटो बोलेको’ आरोप लगाएको छ।

जेम्स कोमीले एबिसी च्यानलको ‘ट्वेन्टी-ट्वेन्टी’ कार्यक्रममा अन्तर्वार्ताका दौरान आफुलाई ट्रंप राष्ट्रपति बन्न मानसिक रूपमा योग्य भएको तर ‘नैतिक रूपमा अयोग्य’ रहेको बताए।

कोमेलाई जिम्मेवारीमुक्त गरिए यता उनी र ट्रंपबीच सामाजिक संजालमा समेत आरोप प्रत्यारोपको शृंखला जारी छ।

कमेन्ट गर्नुहोस्