राजपा नेता ठाकुरको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, वैशाख ३ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका प्रमुख सदस्य महन्थ ठाकुरको स्वास्थ्य अवस्था थप जटिल भएको छ । ठाकुरको स्वास्थ्यमा थप समस्या आएपछि उनलाई आइसीयुमा भर्ना भएका छन् ।

स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिएपछि दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा भर्ना भएका हुन् ।

राजपा नेपालका प्रवक्ता कृष्ण सिंहका अनुसार ठाकुरलाई एनजीयोग्राफी गरिएकोमा एनजीयोग्राफीमा नसाबाट रगत प्रवाह रोकिएपछि अप्रेशन गरि तीनवटा स्टेन राखिएको छ ।

नियमित चेकअपका लागि चैत २७ गते दिल्ली पुगे पनि ठाकुर ३० गते मात्रै अस्पतालमा भर्ना भएका थिए । ठाकुरलाई अहिले आइसीयुमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्