ठूलाे दुर्घटनाबाट जोगियो समिट एयरकाे विमान

सोलुखुम्बु, वैशाख ३ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणका क्रममा रनवेमा जहाजको पाङग्रा लक भएपछि समस्या भएको थियो । तर पाइलटले विमानलाई सकुशल पार्किङस्थलसम्म पुर्याएका थिए । विमान सम्भावित दुर्घटना हुनबाट जोगिएको छ ।

समिट एयरको विमान अवतरणका क्रममा दुर्घटना हुनबाट जोगिएको हो । अवतरणका क्रममा रनवेमा दौडिरहेको विमानको अचानक पाङ्ग्रा लक भएको लुक्ला विमानस्थलले जनाएको छ ।

रनवेमा केही दूरी पार गरेपछि विमानको टायर लक भएको विमानस्थलका कर्मचारीले जानकारी दिए । सोलुखुम्बु विमानस्थलको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी दीपा कटुवालका अनुसार ओभरलोडका कारण अवतरणका क्रममा विमानमा समस्या देखिएको थियो ।

घटनाबारे समिट एयरले भने कुनै जानकारी दिएको छैन । जहाज अवतरणका क्रममा सामान्य गडवढी देखिए पनि दुर्घटना भने टरेको विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मी दिपा कटुवालले जानकारी दिनुभयो । उज्यालो अनलाइनबाट

कमेन्ट गर्नुहोस्