Breaking: एमाले प्रमुख सचेतक तामाङ दुर्घटनामा परे, काठमाडौं ल्याइदैं

काठमाडौं, वैशाख ३ । नेकपा एमाले कञ्चनपुर अध्यक्ष एवं प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङ दुर्घटनामा पर्नु भएको छ ।

तामाङलाई से ४ प ५०९१ नम्बर को माटरसाइकलले ठक्करदिदाँ घाइते हुनभएको हो । सोमबार प्रदेशसभा बैठक सकेर पैदल फर्किदै गर्नु भएका तामाङलाई धनगढी उपमहानगरपालिका वडा न १ को मुख्यबजार सिंचाई कार्यालय अगाडि मोटरसाइकलले ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट उहाँको वाँया खुट्टामा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता विरबहादुर बुढामगरका अनुसार तामाङको वाँया खुट्टा भाँचिएको हुनसक्ने आशका गरिएको छ ।

प्रमुख सचेत तामाङको स्वास्थ्य अवस्था गम्भीर रहेकाले थप उपचारको लागि काठमाडौं ल्याइदै गरेको बताइएको छ ।

सचेतक तामाङ कञ्चनपुर जिल्ला क्षेत्र नम्बर १ बाट प्रदेश सभामा निर्वाचित साँसद तथा नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष हुनुहुन्छ ।

लामालाई काठमाडौंको ग्वार्कोस्थित बिएंडबि अस्पतालमा भर्ना गरिने जानकारी पाएको एमाले नेता पल्लव भट्टले जनाए ।

ठक्कर दिने मोटरसाइकल र चालक अछाम साफेबगरका शैलेन्द्र कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बुढामगरले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्