गजबको सडक, चल्दाचल्दै विद्युतीय वाहन चार्ज हुने, पेट्रोल वाहनको छुट्टी

विद्युतीय वाहनलाई अबको आवश्यकताको रूपमा हेरिने गरेको छ। तर पेट्रोलियम इन्धनले चल्ने सवारी साधनका तुलनामा कम खर्चिलो हुँदाहुँदै पनि यसले लोकप्रियता हासिल गर्न नसक्नुको मुख्य कारण हो यसको माइलेज।

सामान्यतया एकपल्ट पूर्ण रूपमा चार्ज गरेपछि यस्ता वहन ४० देखि ६० किलोमिटरसम्म गुड्न सक्छन् जुन कतिपय अवस्थामा समस्याको कारण बन्न सक्छ।

विशेष गरेर केही लामो दूरीको यात्रा गर्दा या विद्युत आपूर्ति केही कारणले बन्द भएको खण्डमा यस्ता साधनहरू घाँडो साबित हुनसक्छन्।

फेरि यस्ता सवारी साधनलाई चार्ज गर्न लाग्ने समय पनि अधिक रहेकाले कामको बेला यसको प्रयोग समयको बर्बादी सिद्ध हुनसक्ने सम्भावना पनि त्यत्तिकै रहन्छ।

साँच्चै विद्युतीय सवारी साधनको सबैभन्दा ठुलो समस्या भनेको यसको चार्जको समस्या नै हो। विश्वका सबै जसो देशले यसको प्रवर्द्धनबार्रे चासो व्यक्त गरेपनि यसको लोकप्रियतालाई उकास्न यसको चर्जिंङ प्रणालीमै मूलभूत परिवर्तन ल्याउनु पर्ने कुरामा भने दुई मत छैन।

तत्काललाई एक चोटी चार्ज गर्दा सैकडौं किलोमिटर गुड्न सक्ने विद्युतीय वहनहरू निर्माण हुने सम्भावना त देखिंदैन तर यसको चर्जिंङ प्रणालीमा केही सहजता ल्याउन सकेको खण्डमा यसले प्र्त्रोलियमबाट चल्ने साधनहरूलाई विस्थापित गर्ने र वायु प्रदुषणको गम्भीर समस्याबाट संसारले मुक्ति पाउन सक्ने कुरामा शंका गर्ने ठाउँ छैन।

सम्बन्धित् समाचार  विश्वकप फुटबलः मेक्सिको र स्वीडेनबीच भिडन्त, को बन्ला समूह विजेता ?

स्विडेनको राजधानी स्कटहोममा यस समस्याको फरक समाधान निकालिएको छ। अब कुनै पनि विद्युतीय वाहनलाई चार्ज गर्नकै लागि नरोक्नु पर्ने भएको छ।

त्यसका लागि यहाँ एउटा ‘विद्युतीय राजमार्ग’ बनाइएको छ जसले गुड्दै गरेको विद्युतीय सवारी साधनलाई चार्ज गरिदिन सक्छ ।

स्विडेनको यातायात प्रशासनले ‘इ-रोड अर्ल्याण्डा’ परियोजना अन्तर्गत यो राजमार्ग तयार गरेको हो।

यसका लागि सडकको बिचोबिच विद्युतीय रेल ओछ्याइएको छ जसले त्यस्तो साधनलाई चार्ज गर्नेछ र यसका लागि सवारी साधन रोकिराख्नु आवश्यक हुनेछैन।

यसका लागि चालकले आफ्नो गाडीबाट एउटा ‘मुभेबल आर्म’ विद्युतीय रेलमा खसाल्नु पर्ने हुन्छ र यसपछि वहन चार्ज हुन सुरु हुन्छ।

यस्तो रेललाइन सिद्धिने बित्तिकै यो आर्म स्वतः डिसकनेक्ट हुने बताइएको छ।

हाललाई यस्तो व्यवस्था स्कटहोम-अर्ल्याण्डा विमानस्थलदेखि रोजर्सबर्ग लजिस्टिक साइटबीच दुई किलोमिटरमा जडान गरिएको छ।
स्विडेन सरकारले २० हजार किलोमिटर सडकमा यस्तो व्यवस्था गरिने जनाइएको छ। यसमा अधिकांश राजमार्गहरू सामेल गरिने छन्।

यसका लागि दुई राजमार्गहरूबीच परस्पर दुरी अधिकतम ४५ किलोमिटर हुनुपर्नेछ किन भने कुनै पनि विद्यतीय वाहन बिना चार्ज नै यत्तिको दूरी सहजै पार गर्न सक्छन।

सम्बन्धित् समाचार  सेक्स डल परिवारको सदस्य बनेपछि तनाव

यस परियोजनामा कुल साढे नौ खर्ब अमेरिकी डलरको लागत आउने अनुमान गरिएको छ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: