कांग्रेसमा अब रामचन्द्रले अवरोध गर्न सक्दैनन : चिनकाजी श्रेष्ठ

काठमाडौं, वैशाख १५ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकमा आजबाट पदाधीकारहरुले आफ्नो धारणा राख्नेक्रम सुरु हुँदैछ । हिजो सम्म केन्द्रिय सदस्यहरुले बोल्नेक्म सकिएको र अब पदाधीकारीले जवाफ दिने र बैठकको निष्कर्ष निकाल्दै सकिने हो ।

आजको बैठकमा सभापति शेर बहादुर देउवाले संवोधन गर्ने तय भएको छ । महामन्त्रीले प्रस्तव प्रस्तुत गर्ने र त्यो प्रस्तावमाथी सामान्य छलफल गरि पारितको प्रयास पनि आजै हुनेछ ।
गएको निर्वाचनमा बेहोरेको हारको समिक्षा गर्न बोलाइएको केन्द्रिय समितिमा नेतृत्वको आलोचना र बचाउमै धेरै समय ब्यतित भए ।

बिभिन्न गुटका नेताहरुले गुटगत धारणा राखे भने लिखित प्रस्ताव पनि ओइरो नै लाग्यो ।

निर्वाचनमा भोग्नुपरेको पराजयको समीक्षा र भावी कार्ययोजना तय गर्न बसेको बैठक दुई पक्षबीच आरोप–प्रत्यारोपमै सीमित भैरहेको भन्दै कतिपयले यसको आलोचना पनि गरिरहेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवामाथि खनिएको छ भने देउवा पक्ष आफ्नो बचाउमा केन्द्रित छ ।

पार्टी सभापति देउवाकै कारण चुनावमा पार्टी पराजित हुन पुगेको आरोप लगाउँदै पौडेल पक्ष पराजयको जिम्मा सभापतिले नै लिनुपर्ने अडानमा छ ।

तर, सभापति देउवा पक्ष भने निर्वाचनमा भोगेको हारको जिम्मा लिने पक्षमा छैन ।

सम्बन्धित् समाचार  पार्टी नै एक हुनेभएपछि प्रचण्ड र अाेली मध्य जाे भएपनि मधेसी दललार्इ फरक पर्दैन

सभापति देउवा पक्ष टिकट वितरणलगायत हरेक कुरामा भाग खोज्ने तर दोष सभापतिलाईमात्र दिएर पौडेल पक्षले दोहोर चरित्र प्रस्तुत् गरेको भन्दै प्रतिवाद गरिरहेको छ ।

केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले चुनावी समीक्षा र आगामी रणनीति तय गर्न बसेको बैठक आरोप–प्रत्यारोपमा केन्द्रित हुनु पार्टीको हितमा नभएको बताए ।

यसअघि, गत फागुन १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा पनि वरिष्ठ नेता पौडेलले निर्वाचनमा नेतृत्वकै कारण पराजय भोग्नुपरेको जिकिर गर्दै सभापति देउवालाई लिखित पत्र दिएका थिए ।

समीक्षा बैठकमा आ–आफ्ना धारणा राख्नु स्वाभाविक भएको र जारी बैठकले पार्टीलाई पुर्नजीवन दिनेगरी ठोस कार्ययोजना आउने श्रेष्ठको विश्वास छ ।

गएको निर्वाचनमा पार्टीको मत नभएर सिट संख्या मात्रै घटेको अधिकांस नेताहरुको निष्कष आएको पनि नेता श्रेष्ठले बताए ।

उनले महामन्त्रीको राजनीतिक प्रतिवेदन पारित गर्दै बैठक सम्पन्न हुने पनि जानकारी दिए ।

महासमिति बैठक र जिल्ला सभापतिहरुको भेलाको मिति तोक्नुका साथै सरकारलाई हेर्ने दृष्टिकोण र पार्टी सुधारको अभियान समेत आज सार्वजनिक गर्ने तयारी छ ।

बैठकलगत्तै पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिने तयारी भइरहेको पनि जनाइएको छ ।

नेपालको संविधानले व्यवस्था गरेको राज्यको पुनःसंरचनाअनुसार पार्टीको संरचना बनाउन, मधेशी जनाधिकार लोकतान्त्रिक लोकतान्त्रिकका नेता कार्यकर्तालाई पार्टीमा समायोजन गर्ने लगायतका कारण काँग्रेसलाई पार्टीको विधान संशोधन गर्नुपर्ने बाध्यता छ ।

सम्बन्धित् समाचार  मोदीको सम्मानमा सरकार यति झुक्नु आवश्यकता कि बाध्यता ?

केन्द्रीय समितिको बैठकले महासमिति बैठकको मिति र स्थान तोक्नुका साथै केन्द्रीय समितिमा रिक्त पदाधिकारी र सदस्यको नियुक्ति समेतको निर्णय गर्ने बताइएको छ ।
पदाधिकारी र सदस्यको नियुक्ति बिषयले केन्द्रिय समितिमै एकाएक चर्चा पाएको भन्दै कतिपयले आश्चय व्यक्त गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले जम्बो पदाधिकारी मनोनित गर्ने तयारी गरिरहेका बेला बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले आपत्ती नै जनाएको छ ।

तर यसको लागि अब बस्ने महासमिति बैठकबाट सभापतिले विधान संशोधन गर्नेसम्मको तयारी थालेका छन् । १ जना बरिष्ठ उपसभापतिसहित ४ उपभासपति राख्ने देउवाको आन्तरिक तयारी रहेको स्रोतले बतायो । उनले महामन्त्री पनि ४ जना राख्ने मनशाय बनाएका छन् । पदाधिकारीको लागि थुप्रै शीर्ष नेताहरु आकांक्षी देखिएपछि सभापति देउवाले उनीहरुको व्यवस्थापनका लागिपनि पदाधिकारी जम्बो बनाउन लागेका छन् ।

सह–महामन्त्री पनि ७ जना राख्नेगरि देउवाले आफू निकटका नेताहरुसँग छलफल चलाएका छन् । छरिएर रहेका लोकतान्त्रिक शक्तिसँग एकता गर्ने भन्दै देउवाले केन्द्रिय समितिको सदस्य संख्या पनि बढाउने भएका छन् ।

कांग्रेस केन्द्रिय सदस्य अब १५० सम्मको राखिनेछ । ‘त्यसको लागि अहिले छलफल भैरहेको छ ।

सम्बन्धित् समाचार  सरकार पुरै ५ बर्ष प्रचण्ड र ओलीले चलाउने हो : सुवास नेम्वाङ

केन्द्रिय सदस्य संख्या किन बढाउनुपर्यो भनेर सोधिएको प्रश्नमा एक नेताले भने,‘पार्टीमा विजय गच्छदारजी आउनुभएको छ, उहाँका नेताहरुलाई पनि व्यवस्थापन त गर्नुपर्यो नि, मोटामोटी सहमति भैसकेको छ, उहाँको लागि २० जना सदस्य रहनेगरि संख्या छुट्याईएको छ।’

केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले उपसभापतिमा दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा आज नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आआफूले उपसभापति पाउनुपर्ने माग गरे।

बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले बताए। गच्छदारअघि बोलेका नेता श्रेष्ठले पनि उपसभापतिमा आफ्नो दावी पेश गरेका थिए।
यी बिषयमा बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रिय समिति मै विरोध गरेका थिए । तर त्यो विरोधको औचित्य नरहेको र सभापतिले प्रस्ताव ल्याए विरोध नहुने नेता चिनकाजी श्रेष्ठको दावी छ ।

उनले भने “कांग्रेसमा अब रामचन्द्र जी ले अवरोध गर्न सक्दैनन । “

कमेन्ट गर्नुहोस्

%d bloggers like this: