प्रचण्ड – अाेली मिलेकाे दिन पार्टी एकता हुन्छ : भीम रावल

'मेरो अध्यक्ष ज्यु संग कुनै टकराव छैन । '

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको बिषयमा सबै कुरा टुङ्गिएको तर अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले ढिलाई गरेको आरोप लाग्न थालेको छ ।

यसअघि दुई दलले सुरूमा ९ वैशाख मै पार्टी एकता गर्ने योजना बताएका थिए । तर, ओली र प्रचण्डबीच सहमति हुन नसकेपछि एकता प्रक्रिया लम्बिएको छ । ओली र प्रचण्डबीच सहमति नभएसम्म एकता कहिले गर्ने भन्न सकिने अवस्था नरहेको दुबै पार्टीका नेताहरु बताइरहेका छन् ।

शीर्ष नेताहरु रहेको दुई अलगअलग कार्यदलले अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदन पनि बुझाइसकेको छ तर, जनयुद्ध, चुनाव चिन्ह, केन्द्रीय समितिको भागवण्डाका विषय मिलेका छैनन् ।

यसैसन्दर्भमा पार्टी एकता मस्यौदा कार्यदल सदस्य तथा एमाले उपाध्यक्ष भीम रावलसंग रघुनाथ बजगाँईले गरेको कुराकानी :

मिलि सक्यो भनिएको एकता प्रकृयाले औपचारिकता नपाउनुका कारणहरु के के हुन् ?

हामीले राजनीतिक नीतिगत सबै बिषयमा एकमत कायम गरिसकेका छौँ ।

केन्द्रिय स्तरमा नेताहरुको व्यवस्थापनका सम्वन्धमा र संगठनात्मक प्रकृयालाई कसरी अगाडि बढाउने भन्ने बारेका दुई वटै पार्टीका अध्यक्षको स्तरमा सबै कुरा टुङ्ग्याएपछि मात्रै पार्टी एकिकरणको औपचारिक घोषणा गरिने कुरा भएको छ ।

यो संगठनात्मक बिषयमा नमिलेको भनेको कहाँनेर हो ?

अन्तरिम विधानको मस्यौदा त कार्यदलले पारित गरेर पार्टी एकता संयोजन समितिमा बुझाईसकेको छ, तर त्यसमा केन्द्रिय स्तरमा नेतृत्वको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा थप छलफल आवश्यक रहेको भन्ने मैले बुझेको छु ।

भनेको मस्योदा समितिले दिएको प्रतिवेदन अपुरो थियो त्यसमा छलफल भइरहेको छ भन्न खोज्नुभएको हो ?

हैन, अपुरो हैन । मस्यौदा समितिले यसको संरचना दियो, अब संख्यात्मक रुपमा कसरी व्यवस्थान गर्ने भन्ने कुरा नेतृत्व तहबाट टुङ्ग्याउनुपर्ने बिषय बनेको हो ।

दुई पार्टीबाट अनेक कोणबाट सुझाव वा प्रस्ताव सार्वजनिक भैरहेका छन् नी, जस्तो केन्द्रिय स्तरदेखि तल्लो तहसम्म दुई वटा नेतृत्व गरेर जाउँ, त्यसमा ५०-५० प्रतिशत पनि हुने …..

मलाई स्थानीय स्तरमा त्यस्तो हुनुपर्छ भन्ने छलफल भएको जानकारी छैन् ।

अब कहिले होला त पार्टी एकिकरणको औपचारिक घोषणा ?

हामीले अहिले चर्चा गरिरहेको बिषय दुई पार्टीका अध्यक्षको स्तरमा सहमती भएपछि औपचारिक रुपमा पार्टी एकिकरणको दिन तय हुन्छ ।

दुई पार्टीका अध्यक्षका बीचमा वान टु वान वार्ता हुन्छ तर के भयो सार्वजनिक गरिँदैन, यसले नेता कार्यक्रतामा अन्योलता त कायमै रहने भयो नी !

पार्टी एकिकरणको बिषयमा गरिने  छलफलका सबै बिषय दिनकै सार्वजनिक गर्नुपर्छ भन्ने हुँदैन र गर्ने बिषय पनि रहेन । मुलभुत रुपमा एकिकरण तय भैसकेपछि, कतिपय बिषयमा पार्टीका शिर्षस्त नेताहरुबीच छलफल हुने नै भयो ।

बामदेव गौत्तमले सबै मिले अब दुई अध्यक्ष मिल्न बाँकी रहेको, उनीहरु नमिले तलबाट एकता सुरु गर्न हुने सार्वजनिक अभिव्यक्ति दिनुभएको छ …

यो बिषयमा मलाई थाहा भएन । मैले सुनेको पनि छैन् ।

पछिल्लो समय तपाँईको अध्यक्ष ओलीसंग टकराव बढ्यो भन्ने पनि आईरहेको छ !

मेरो अध्यक्ष ज्यु संग सार्वजनिक रुपमा नै भन्नुपर्ने कुनै टकराव छैन ।

कमेन्ट गर्नुहोस्