साहरा बैंकले १८ लाखभन्दा बढी हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । सहारा विकास बैंकले १ बराबर २.५ (१ः२.५) अनुपातमा आगामी जेठ ६ गतेदेखि असार ९ गतेसम्म हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

बैङ्कको शेयरधनीका लागि प्रतिशेयर एक सय अङ्कित दरको १८ लाख २४ हजार ८ सय ७० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

बैङ्कले वैशाख ९ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले हकप्रद शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर खरीदका लागि बैङ्कको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सि आस्वा सेवमा सहभागी बैङ्क तथा वित्तीय संस्थाका सम्पूर्ण शाखामा आवेदन दिन सकिन्छ । बैङ्कको अधिकृत पूँजी रू. ५० करोड रहेको छ ।

हाल चुक्तापूँजी रू. ७ करोड २९ लाख रहेको छ । हकप्रद शेयर निष्कासन पछि बैङ्कको चुक्ता पूँजी रू.२५ करोड ५४ लाख ८१ हजार ८ सय पुग्ने छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ
%d bloggers like this: