चलचित्र गोपी निर्माण घोषणा

आरोही इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र ‘गोपी’ निर्माण घोषणा भएको छ ।

देशमै केही गर्न सकिन्छ र गर्छु भन्ने पात्रको जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका बाबजुद उसले कसरी सफलता हात पार्छ भन्ने मूल कथावस्तुमा आधारित रहेर चलचित्र बन्ने छ ।

‘कठिन परिस्थिति र जटिल परिवेश हुँदाहुँदै पनि वर्तमान समयामा स्वदेशमै सपनाको खेति गर्ने युवाप्रति समर्पित चलचित्र हो ‘गोपी’ । दर्शकलाई मनोरञ्जन साथै केही प्रेरणा, आशा र केही उर्जा दिन चलचित्र सफल हुने विश्वास हामीले लिएका छौँ’, फिल्म निर्माण टिमको भनाई छ ।

दीपेन्द्र लामाको कथा र निर्देशन, सामिप्यराज तिमल्सिनाको पटकथा तथा श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्म आरोही केसीले निर्माण गर्न लागेकी हुन् । फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अन्कित खड्का, प्रकाश घिमिरे लगायतको मुख्य भूमिका रहने छ ।

चलचित्रमा शैलेन्द्र डि कार्कीको छाया‌ंकन, निमेश श्रेष्ठको सम्पादन रहने छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  असार २९ गते ‘विरङ्गना’ प्रदर्शनमा
%d bloggers like this: