कथा : राष्ट्रसेवक

इस्माली

सेतो कमिज, गाढा निलो पाइण्ट र गाढा निलो कोटमा ऊ झन चिटिक्क देखियो । गोरो वर्णमा कस्तो खुलेको । पाँचै हजारमा सेट तयार भयो । मोफसलमा भएर होला । यताबाट अढाई हजार उसले चोखै उबाऱ्यो । उब्रेको रकम अफिसलाई फिर्ता गरिदिऊँ कि भन्ने लाग्यो प्रेप्रपौ अर्थात् प्रेम प्रसाद पौडेल लाई । (कार्यालयमा प्रेमप्रसाद पौडेललाई छोटकरीमा प्रेप्रपौ भन्ने गर्दथे अरुहरु)। त्यसैले कार्यालयको प्रमुख माड्साबलाई सोध्यो पनि ।

द्रव्य देख्नासाथ यिनका तीन नेत्रले महादेवलाई पनि मात गरिदिन्छन् । जनताले आफ्नो रगतपसिनाबाट कमाएर करको रुपमा सरकारलाई देशविकासका लागि तिरेको रकममा राष्ट्रसेवकहरु र सरकारका मन्त्रीहरुले ब्रह्मलुट गरेको देख्दा उसको छाती चिरिन्थ्यो, औडाहा भएर छटपटिइरहन्थ्यो उ । कहिलेकाहीं त बौलाउँथ्यो पनि । उहीजस्तो बीसबाइस हजार तलब खाने एलडिओ, सिडिओले तीन पुस्तालाई पुग्ने गरी ढुकुटी रित्याएको छ ।

माड्साबले हाँस्दै भने, “ प्रेमजी, गिनिज बुकमा नाम दर्ता गराउने सुर छ कि कसो ? संघ संगठनकाहरु लुगाभत्ता थोरै भयो भनेर आन्दोलनको धम्की दिँदैछन् ,तपाईँभने बढीभयो भनेर …। मार्लान् है मार्लान् । त्यसै पनि तपाईँलाई देखिसहँदैनन्, झन् त्यसमाथि..। सत्चालिसअघि भए मण्डले भन्थे तपाईँलाई । मण्डलेलाई संरक्षण दिनका लागि संस्था थियो, सरकार थियो तर तपाईँलाई ? कोही छ तपाईँको पछाडि ? ”

प्रेप्रपौ खिस्रिक्क पऱ्यो र प्रमुख माड्साबको कक्षबाट बाहिर निस्क्यो । उसकै पछिपछि निस्केकाहरुमध्येको एकजना सुब्बाले बाहिर एकान्त पारेर साउतीको स्वरमा अपनत्व भावमा भन्यो, “ माड्साबले सोच्नुभएको कुरो नजाति होइन तर यो लुगाभत्ता भनेर दिएको साढे सात हजार चाहिँ एकचोटीलाई होइन वर्षभरिलाई हो । वर्ष दिन नपुग्दै लुगा च्यातियो वा फाट्यो भने सरकारले फेरि अर्को साढे सात हजार दिंदैन तर अफिस आउँदा पोशाक त लाएर आउनु पऱ्यो नि । त्यसैले बरु एक जोर अर्को पनि हाल्नुस । सर्कारले यो रकम फिर्ता लिनै मिल्दैन अनि फेरि साढे सातमा पोशाक बनेनभने सर्कारले थप्ने पनि होइन । अनि किन फिर्ता गर्नु ?”

प्रेप्रपौले शुभेच्छुकको कुरोमा न त समर्थन जनायो न त त्यसको प्रतिवाद नै गऱ्यो, एकहोरो सुन्यो र फिसिक्क हाँस्दै आफ्नो कक्षतिर लाग्यो ।

कथाकार इस्माली

प्रेप्रपौको कक्षमा तीन सेट टेबिलमेच थियो । ढोकै सामुन्नेको टेबिलमा उ हुन्थ्यो,दाहिनेतिर अग्रज अधिकृत मोहनजी र देब्रेतिर ना.सु.रुपा । उ कोठामा पस्दापस्दै कुरा गर्दैगरेका मोहन र रुपा अकस्मात चुप लागे र उसको अनुहारमा हेर्न लागे । ‘यिनको छाँटछन्द निको छैन’ स्वगत सम्झ्यो र आफ्नो आसन ओगट्दै मेचमा बस्यो अनि हिजोको बाँकी काम को फाइल पल्टाएर हेर्न थाल्यो ।

‘खेतीमा तरकारी, जागिरमा सर्कारी’ भन्ने उखान प्रेप्रपौले उहिल्यै सुनेको हो, गाउँका बिचारीबाजेको मुखबाट । यो त उनको थेगै बनेको थियो । पढैयाहरु र आफ्नालाई उनी यही सल्लाह दिने गर्दथे । सर्कारी जागिरमा रहेका तीन चार जनालाई उ पहिल्यैदेखि चिन्दथ्यो पनि । तिनको शानशौकत,रोबरवाफ,मानसम्मान र उपरीथुपरी कमाई पनि उसले आफ्नै आँखाले देखेको थियो र परोक्षमा तिनलाई मानिसहरुले तथानाम गाली गरेको,घुस्याहा र भ्रष्टाचारी भनेको पनि सुनेको थियो । तीमध्ये कोहीकोहीलाई ईमान्दार, राष्ट्रप्रेमी भनी इज्जत गरेको, तिनको बखान गरेको पनि सुनेको थियो । त्यही शानशौकत, मानसम्मान, सुखसयल र राष्ट्रप्रेमको लालसाले होला प्रेप्रपौ पनि पढदापढदै लोकसेवाको तयारीमा लाग्न प्रेरित भइरथ्यो । स्नातक तेश्रो वर्षको जाँच सकिएकै दिन उसले सामान्य ज्ञानको एउटा गतिलो पोस्तक किन्यो, लोकसेवामा एक नम्बरमै नाम निकालेर अर्थराजस्वमा नियुक्ति पाएको अधिकृत मान्छेले लेखेको । भोलिपल्ट कानूनी किताब व्यवस्था कार्यालयमा गएर ऐननियमसंग्रहका पाँच थान किताब किन्यो । पर्सिपल्ट केही पसलहरु चहारेर प्रशासनिक प्रतियोगिताहरुका लागि उपयोगी हुने तीनचार थान पत्रिकाहरु पनि किन्यो । एफएम रेडियो नियमित रुपले सुन्ने, खबर पत्रिकाहरु नियमित रुपले पढने गर्न थाल्यो । क्याम्पसको र सार्वजनिक पुस्तकालयहरु धाउँदै पत्रिकाहरु पढेर महत्वपूर्ण समाचारहरु, राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरुआदिको टिपोट बनाउने पनि गर्न थाल्यो । पढनुपर्ने क्षेत्र व्यापक र विस्तृत थियो- धर्म संस्कृति, साहित्य, इतिहास, भूगोल र प्रकृति, विज्ञान र राजनीति, विधि र अर्थआदि । पढनुपर्ने कत्ति हो कत्ति ,पढेर पार पाइनसक्नु । तर प्रेप्रपौ त्यस मार्गमा उत्साह, धैर्य र लगनका साथ लागिरह्यो । त्यस सेवामा रहेका अग्रजहरुसँग पनि सम्पर्क बढाउँदै तिनको सल्लाहबिचार पनि लिइरह्यो । काममा व्यस्त भएपछि समय बितेको पनि पत्तो हँुदो रहेनछ । उसलाई त्यस्तै भयो । अस्ति भर्खर जाँच सिद्धिएकोजस्तो लागेको थियो, परीक्षाफल आइसकेछ, नौ महिनामै । राम्रै गरेछ प्रेप्रपौले । अर्थशास्त्र र अङ्ग्रेजी विषय लिएर उ स्नातक भएको थियो, दोश्रो श्रेणीमा । त्यसपछि उ अर्थशास्त्रमा स्नातकोत्तरको तयारीमा पनि जुट्यो ।

तिनीहरु गाह्रो मानीमानी बाहिर निस्केका थिए । सरकारी कार्यालयमा बिना घुसरिश्वत पनि काम हुन्छ भन्ने कुरामा मानिसको विश्वासै थिएन । बिना घुस भएको काममा मानिसको पत्यार उठिसकेको थियो ।

पहिल्यै पटकको प्रवेश परीक्षामा उत्तीर्ण भएको भए तापनि उ प्रतीक्षा सुचिमा पऱ्यो । दोश्रो पटकको जाँचमा त उसले नाम निकाल्यो नै । अनि उ सरकारी अधिकृत भयो- राजपत्रांकित तेश्रो श्रेणीको अधिकृत ।

सम्बन्धित् समाचार  लघुकथा : लज्जा

‘हामीले नि जान्या छ टेबिल मुनिबाट कमाउने हो कि माथिबाट ।’ नियुक्तिपत्र बुझेकै दिन तिनीहरुमध्येकै एकजनाको मुखारविन्दबाट निस्केको महावाणी प्रेप्रपौको कर्णगुहामा प्रवेश गरेको थियो । यही वाणी र यस वाणीका दृढ समर्थकहरुले प्रेप्रपौलाई यतिञ्जेलसम्म पनि खेदिरहेका छन्, दिनमा मात्र होइन रातमा पनि । दायाँ बायाँका यी दुई पनि त्यही वाणीका अन्तरङ्ग मित्र हुन् । मान्छेले देख्दा जान्दा त यी दुईलाई विपरित विचारका कट्टर अनुयायी ठान्दछन् तर खानेपिउने कुरामा यिनको मत ट्याक्कै मिल्दछ, यी आँत जोडिएका दाईबैनीजस्ता बन्दछन् । द्रव्य देख्नासाथ यिनका तीन नेत्रले महादेवलाई पनि मात गरिदिन्छन् । जनताले आफ्नो रगतपसिनाबाट कमाएर करको रुपमा सरकारलाई देशविकासका लागि तिरेको रकममा राष्ट्रसेवकहरु र सरकारका मन्त्रीहरुले ब्रह्मलुट गरेको देख्दा उसको छाती चिरिन्थ्यो, औडाहा भएर छटपटिइरहन्थ्यो उ । कहिलेकाहीं त बौलाउँथ्यो पनि । उहीजस्तो बीसबाइस हजार तलब खाने एलडिओ, सिडिओले तीन पुस्तालाई पुग्ने गरी ढुकुटी रित्याएको छ । तर यसको दुरुपयोग रोक्न कोही अघि सर्दैनन् ।

प्रेमजी, गिनिज बुकमा नाम दर्ता गराउने सुर छ कि कसो ? संघ संगठनकाहरु लुगाभत्ता थोरै भयो भनेर आन्दोलनको धम्की दिँदैछन् ,तपाईँभने बढीभयो भनेर …। मार्लान् है मार्लान् । त्यसै पनि तपाईँलाई देखिसहँदैनन्, झन् त्यसमाथि..। सत्चालिसअघि भए मण्डले भन्थे तपाईँलाई । मण्डलेलाई संरक्षण दिनका लागि संस्था थियो, सरकार थियो तर तपाईँलाई ? कोही छ तपाईँको पछाडि ?

अघिल्ला अफिसहरुमाझैं यहाँ पनि प्रेप्रपौलाई प्रायजसोले देखिसहन्नन् । तर उसलाईझैं राष्ट्रसेवाको धुन चढेको सेवकहरु एकदुई जना अरु पनि छन् । तिनलाई देखेभेटेपछि प्रेप्रपौको मनलाई पनि अलि शान्ति मिल्दछ । ‘जागिर खाने कमाउनका लागि हो कि राष्ट्रको सेवा गर्नका लागि ?’ उ दुविधामा पऱ्यो, ‘राष्ट्रसेवक भनिएकाहरुले ऐननियमका छिद्र खोतलेर यसैगरी कमाउने कार्यमा कस्सिएर कदम चालेभने के होला ? राष्ट्रलाई धोका, धोका ! अहँ, उ त्यस्तो मार्गमा कदापि लागोइन । ’यो दृढतासँगै आफूलाई केही दिलासा मिलेझैं ठान्यो प्रेप्रपौले । यस खुशीमा उसले एक नजर कोठामा फाल्यो । मोहन माड्साब कम्प्युटरमा तास खेल्दै थिए र रुपा स्वीटर बुन्दै थिई ।

“रुपाजी, टिप्पणी उठाउनु पर्ने हिजोको त्यो काम सक्नु भयो त ?” उसले सोध्यो ।

“सरले बिस्तारै गर्दा नि हुन्छ भन्नुभाथ्यो ।” मोहन माड्साबतिर हेर्दै रुपाले भनी ।
ती दुबै जना उसैलाई हेर्न थालेथे ।

अन्ततोगत्वा प्रेप्रपौ घुस्याहा कर्मचारीको पक्षधर संगठनसँग वार्तामा बस्न वाध्य भयो । तीन घण्टासम्म लगातार वार्ता भइरह्यो र बल्लतल्ल वार्ता समाप्त भयो । कुनै सहमति बन्न सकेन । प्रमुख जिल्ला अधिकारीले प्रेप्रपौलाई बिदामा बस्न वाध्य पारे । निमित्त भयो सिडिओको मान्छे । प्रेप्रपौलाई केन्द्रमा बोलाइयो र अतिरिक्तमा राखियो ।

कार्यालय सहयोगी झलक सिंह कोठामा आयो र मोहन माड्साबलाई माथि बोलाउनु भएको छ भन्यो ।

सम्बन्धित् समाचार  सन्की मान्छेको कथामा ‘शेरबहादुर’ माघ १९ मा रिलिज

नियुक्तिपत्र पाएपछि तालिम स्वरुप तीन महिना स्टाफ कलेजमा बिताएपछि एउटा दुर्गम जिल्ला रसुवामा पदबहाली भएको थियो उसको । सदरमुकाम धुञ्चेको बन कार्यालयमा ठ्याक्कै दुई वर्ष बितायो उसले । धुञ्चेमा उ सिकारु कर्मचारी थियो । उसको सिकारुपनको फाइदा त्यहाँका रैथाने कर्मचारीले मजाले उठाउनसम्म उठाए । त्यसपछि तल नुवाकोटको विदुरमा शिक्षा कार्यालयमा सारिदिएथे उसलाई । दिनभरि काममा जोतिन्थ्यो उ,उसको नाममा दस्तुर उठाउँथे अरु । दस्तुरको लालसा त उसलाई भएन तर नामजश पनि अर्कैले उछिट्याउने । तैपनि बढुवाको लोभमा त्यहाँ लामै बस्यो । राजधानी नजिकको जिल्ला । बढुवा भएर त उ महोत्तरीको जलेश्वरको मालपोतमा कार्यालय प्रमुख भएर गयो । अबभने केही राहत होला भन्ठान्यो । आन्दोलनपछिको केही वर्षसम्म उ यहाँ रह्यो ।

मध्यावधि निर्वाचन सम्पन्न भएर भर्खरभर्खर नयाँ सरकार बनेको थियो —नयाँ पार्टीको । नयाँ विचारको नयाँ पार्टी नयाँ नेपाल बनाउन तम्सेको थियो । नयाँ पार्टीले केकेन गर्ने भयो भन्ने त्राहित्राहि थियो पुरातन संस्कार बोकेको समाजमा । परिवर्तनकामी जनता चौपट्टै आशामुखी थिए —अब त जनताका दिन आए भनेर ।

कर्मचारीहरु पनि त्राहिमाम थिए, टेबिलमुनिबाट समेत पैसा लिन डराउँथे । एक दिन त के भयोभने दुईतीन भाई किसान आएका थिए, अंशबण्डा र जग्गाजमिनको मामिला थियो । सबै काम सम्पन्न भयो, हातहातमा लालपुर्जा लिइसकेर पनि उसकाँ आए—‘हुजुर, हाम्रो काम…?’

“किन ?  भइसकेन र तपाईँको काम ? लालपुर्जा लिनुभएन र ?” सोध्यो उसले ।

लालपुर्जा त लिए हुजुर, तर दस्तुर त हाम्रो हातैमा छ । अनि कसरी भयो हाम्रो काम ! ”उदेक मान्दै प्रौढ किसानले भनेथ्यो, “बिना दस्तुरको काम त कच्चा हुन्छ ।”

पढनुपर्ने कत्ति हो कत्ति ,पढेर पार पाइनसक्नु । तर प्रेप्रपौ त्यस मार्गमा उत्साह, धैर्य र लगनका साथ लागिरह्यो । त्यस सेवामा रहेका अग्रजहरुसँग पनि सम्पर्क बढाउँदै तिनको सल्लाहबिचार पनि लिइरह्यो । काममा व्यस्त भएपछि समय बितेको पनि पत्तो हुँदो रहेनछ । उसलाई त्यस्तै भयो । अस्ति भर्खर जाँच सिद्धिएकोजस्तो लागेको थियो, परीक्षाफल आइसकेछ, नौ महिनामै ।

उसले कुरो बुझ्यो र मुसुमुसु हाँस्दै सम्झाउँदै भन्यो , “हामी तपाईँहरुको सेवक हौं । यही कामका लागि सरकारले हामीलाई खर्च दिएर खटाएको छ । त्यसैले कुनै पनि अफिसमा सरकारी दस्तुरबाहेक तपाईँहरुले अर्को कुनै दस्तुर तिर्नु पर्दैन । जानुस अब । तपाईँको काम भइसक्यो । काम एकदम पक्का भएको छ ।” र, तिनीहरु गाह्रो मानीमानी बाहिर निस्केका थिए । सरकारी कार्यालयमा बिना घुसरिश्वत पनि काम हुन्छ भन्ने कुरामा मानिसको विश्वासै थिएन । बिना घुस भएको काममा मानिसको पत्यार उठिसकेको थियो ।

तर यो सिलसिला तीन दिन पनि टिकेन । नयाँ पार्टीका सत्ताधारीहरुतिर संकेत गर्दै सेवकहरु भन्नथाले,“यी त झन भोका रैछन् । अब त हाम्रो दस्तुरको दर परिमार्जन गर्नुपऱ्यो ।महँगी यो बिधि बढिराछ । ”

प्रेप्रपौले प्रतिवाद गर्दै भन्यो, “अहँ,यस्तो हुँदैन । यो कार्यालयमा प्रेप्रपौ रहुञ्जेल यस्तो किमार्थ हुँदैन ।”

“हेर्दै जानुस्,हुन्छ कि हुँदैन । भोलिदेखि हाम्रो कलमबन्द आन्दोलन शुरु …। ”कर्मचारी संगठनको अध्यक्ष बनेको नायब सुब्बा अर्थात् सहायक अधिकृतले भन्यो ।

प्रेप्रपौ हच्केन, बरु चुनौती दिँदै भन्यो, “मैलेमात्र हैन, जनताले पनि हेर्नेछन् ।”

यो बहसविवादको खबर सदरमुकाममा पनि फैलियो । पक्ष विपक्षमा चर्चा परिचर्चा भयो । स्थानीय अखबार र एफएमहरुले पनि खबर प्रसारण गरे । राजनीतिक मत पनि विभाजित भयो । आखिर राष्ट्रसेवकहरु पनि त राजनीति निरपेक्ष प्राणी थिएनन् ।

देख्दादेख्दै मान्छेहरुको भीड जम्मा हुन थाल्यो अफिसमा । कर्मचारीहरु कार्यालयमा आए । भित्तामा कलमबन्दको तुल टाँगे । अनि बरण्डामा ओछ्याइएको त्रिपालमा पलेटी कसेर बसे । तिनका वरिपरि लेखनदासहरुको जमात थियो । त्यसपछि जग्गा दलाल र लिनेदिनेहरुको जमात । पत्रकारहरु पनि आए, टिभीका संवाददाता र क्यामरापर्सनहरु पनि आएका थिए । कर्मचारीका जिल्ला संगठनका अध्यक्ष पनि आए । सिडिओसाहेबका पिए पनि आए । सिडिओसाहेबबाट वार्ताका लागि दवाव पनि आयो प्रेप्रपौलाई ।अन्ततोगत्वा प्रेप्रपौ घुस्याहा कर्मचारीको पक्षधर संगठनसँग वार्तामा बस्न वाध्य भयो । तीन घण्टासम्म लगातार वार्ता भइरह्यो र बल्लतल्ल वार्ता समाप्त भयो । कुनै सहमति बन्न सकेन । प्रमुख जिल्ला अधिकारीले प्रेप्रपौलाई बिदामा बस्न वाध्य पारे । निमित्त भयो सिडिओको मान्छे । प्रेप्रपौलाई केन्द्रमा बोलाइयो र अतिरिक्तमा राखियो ।

सम्बन्धित् समाचार  कथा : सपनाको मोड

प्रेप्रपौ अचेल अलि उदास देखिन थाल्यो । घरकाहरुसँग पनि रामरी बोल्दैनथ्यो । एक्लै धुम्धुम्ती बसिरहन्थ्यो । श्रीमती सत्याले उसको पीडामा मलम लाउँदै भनी,“किन हजुर अचेल झोक्राइरहनु हुन्छ ? अतिरिक्तमा परियो त के भो ? घुस खाएको होइन,भ्रष्टाचार गरेको होइन,नियम कानून मिचेर काम गऱ्या पनि होइन । जिल्लामा रहँदाको तनावबाट त मुक्त हुनुहुन्छ नि ! त्यो तनाउभन्दा त यो कति जाति जाति ! बरु फुर्सदको यो समयलाई कुनै सिर्जनात्मक कामकुरोमा प्रयोग गरौं हामी । हजुर बढुवाको पढाइमा लाग्नुस ।”

माड्साबले सोच्नुभएको कुरो नजाति होइन तर यो लुगाभत्ता भनेर दिएको साढे सात हजार चाहिँ एकचोटीलाई होइन वर्षभरिलाई हो । वर्ष दिन नपुग्दै लुगा च्यातियो वा फाट्यो भने सरकारले फेरि अर्को साढे सात हजार दिंदैन तर अफिस आउँदा पोशाक त लाएर आउनु पऱ्यो नि । त्यसैले बरु एक जोर अर्को पनि हाल्नुस । सर्कारले यो रकम फिर्ता लिनै मिल्दैन अनि फेरि साढे सातमा पोशाक बनेनभने सर्कारले थप्ने पनि होइन । अनि किन फिर्ता गर्नु ?

“तिम्रो सल्लाह नराम्रो होइन ,सत्या । राम्रो गरौं भन्दाभन्दै पनि कहिल्यै कतै कुनै राम्रो कामकुरो गर्न सकिएको होइन । यल्ले राम्रो गऱ्यो भनी कोही भन्दैनन् । तिमीहरुको जिन्दगी पनि सँधै कष्टकहरमै बितिराछ । बुबा सँधै भन्ने गर्नुहुन्थ्यो- प्रेम,आडम्बरी ठूलो मान्छे हैन, सादगीपूर्ण असल मानिस बनेस् ।” भन्दै ऊ सामुन्नेको भित्तामा झुण्डिरहेको दिवंगत मातापिताको तस्वीर अगाडि उभियो । पिता भूमिनन्द पण्डित हुनुहुन्थ्यो, मनुका आदर्शहरुको अनुगामी ।

“हामीलाई कुनै कष्टकहर छैन । हजुर आफ्नो कर्तव्यबाट विचलित नहुनुस् ,बस् त्यति भए पुग्छ । जश कमाएका छैनौं त के भो, अपजश पनि त कमाएका छैनौं । नाम छैन त के भो, बदनाम पनि छैनौं । सुखसुविधा छैन त के भो, कर्तव्यनिष्ठ र इमान्दार कर्मचारी भएकोले प्रेमप्रसादले दुख पायो भनी बुझ्नेहरुले भनिरहेकै छन् । यसैमा हामी खुशी छौं । कसैले परोक्षमा हामीलाई घुस्याहा वा भ्रष्टाचारी त भनेका छैनन् नि ।” सत्याले ढाडस दिई ।

यो ढाडसले प्रेप्रपौ किञ्चित पुलकित भयो । ‘यस्तो समझदार संगिनी पाउनु पनि गौरवकै कुरो हो ।संगिनीकै लहैलहैमा तिनका असीमित इच्छा-आकांक्षा पूरा गर्न कतिपय राष्ट्रसेवक कुमार्गमा लागेका छन् ।’ स्वगत भन्यो । सहसा उसलाई लाग्यो- शिशाजडित फ्रेममा बन्दी बन्नुभएको पिताजी उसलाई केही भनिरहनु भएको छ-

‘आत्मानं नावमन्येत पूर्वभिरसमृद्धिभिः ।

आमृत्योः श्रियमन्विच्छेन्ननामन्येत दुर्लभाम्।।’

अर्थात् पहिलेका असफलतामा आफूलाई अपमानित वा निराश नपार, जीवनभर श्रीवृद्धिको कामना गरिरहू , यसलाई दुर्लभ ठान्दै नठान ।’ हात जोडेर ऊ मातापिताको तस्वीर अगाडि एक छिनसम्म उभिईरह्यो । मनमनै भन्यो,‘ असल मार्गमा हिंडिरहन हामीलाई समर्थ बन्ने आशिर्वाद दिनुस बाबाआमा ।’

 

“हेर्दै जानुस्,हुन्छ कि हुँदैन । भोलिदेखि हाम्रो कलमबन्द आन्दोलन शुरु …। ”कर्मचारी संगठनको अध्यक्ष बनेको नायब सुब्बा अर्थात् सहायक अधिकृतले भन्यो ।

 

एकदिन टिभीमा उसले समाचार सुन्यो- आर्थिक अनियमितता गरेको कसुरमा ६ जना कर्मचारी कारवाहीमा । आफ्नो पदाधिकारको दुरुपयोग गरी अकुत सम्पति आर्जन गर्ने पूर्वमन्त्रीउपर विशेष अदालतमा मुद्दा दायर ।
”सत्या,देशमा थिति बसाल्न खोज्ने मान्छेहरु पनि रहेछन् । अनियमित काम गर्नेहरुउपर यसरी नियमित कारवाही हुने हो भने त राम्रो थिति बसिहाल्छ नि । ”प्रेप्रपौको बोलीमा कता कता एक किसिमको खुशी झल्किरहेको थियो ।

श्रीको खोजीबाट साभार 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: