एमालेको अहम : माओवादीले ५०–५० भनेसम्म पार्टी एकता हुँदैन

‘दुवैमा अापसी डर हट्नेबित्तिकै एकता हुन्छ’- रघुजी पन्त

नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता समायोजन हुँदा बन्ने बिभिन्न समितिमा कति-कति सदस्य रहने भन्नेमा पुगेर अड्किएको छ ।

स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र, महानगर/नगर वा गाउँ कमिटी, वडा कमिटी, प्रारम्भिक कमिटी बनाउने तयारी छ ।

एमालेले यी समितिहरुमा चुनावमा प्राप्त परिणाम अनुसार ७०–३० को प्रस्ताव गरेको छ भने माओवादीले ५० को वरिपरिमा दुबै पार्टीका सदस्यहरु रहनुपर्ने अडान राखेको छ । यहि कारण मिलिसकेको भनिएको पार्टी एकताले औपचारिकता पाउन सकिरहेको छैन् ।

पार्टी एकता भावनाले हुने होईन । संख्या महत्वपुर्ण बिषय हो । देश संस्थाले चल्छ भने पार्टी एकतामा संख्या महत्वपुर्ण हुँदैन त ?

यहि जिज्ञासा राख्दा एमालेका नेता तथा प्रतिवेदन मस्यौदा लेखन समितिका सदस्य रघुजी पन्तले भने ‘दुबै पार्टीले सुहाउने खालको प्रस्ताव राख्नुपर्यो । निहु खोज्ने खालको कुरा गरेर पार्टी एकता हुन सक्दैन । पार्टी एकता भावनाले हुने होईन । संख्या महत्वपुर्ण बिषय हो । देश संस्थाले चल्छ भने पार्टी एकतामा संख्या महत्वपुर्ण हुँदैन त ? हाम्रो संविधानले बहुमतको सरकार बन्ने भनेको छ,  भनेको छ यो संख्या होईन ? भोलि पार्टीभित्र बिभिन्न निर्णय गर्नुपर्दा संख्याको महत्वपुर्ण भूमीका रहन्छ । त्यसकारण संख्या महत्वपुर्ण बिषय हो र यो टुङ्गिएपछि पार्टी एकताले मुर्त रुप लिन्छ ।’

भनेपछि भोलिको राजनीतिक भविष्य के हुने भन्ने नेतृत्वको अविश्वासले पार्टी एकतामा ब्रेक लागेको रहेछ होईन ? भन्ने प्रश्नमा उनले भने, ‘हो भोलिको राजनीतिक भविष्य के होला भन्ने परेकोले ब्रेक लागेको हो भन्ने मलाई पनि लागेको छ ।

महाधिवेशन आफैँ स्वतन्त्र हुन्छ, त्यसबाट के परिणाम आउछ भन्न सकिन्न तर अहिल्लै नेतृत्व फलानो भनेर तोक्नुपर्ने रे ! यस्तो पनि हुन्छ, अहिले तोक्दा भोलि महाधिवेशनले अर्कै मोड लियो भने त्यो सहि भएन नी ।’

अब संख्या कसरी मिलाउने त ? भन्ने अर्को प्रश्नमा उनले भने “त्यसको जिम्मा एकता संयोजन समितिलाई दिएका छौँ । त्यसैले मिलाओस तर माओवादीले अहिले जसरी ५०–५० भनिरहेको छ, यसो भन्दा सम्म पार्टी एक्ता हुँदैन । माओवादी यसबाट लचिलो हुनैपर्छ । एमालेले पनि अनावश्यक भन्न हुँदैन । दुबै पार्टीले सम्मानजनक एकता भएको फिल गर्नु पर्यो । नत्र एकतामा बिलम्ब हुन्छ । तर पार्टी एक्ता हुनेमा म ढुक्क छु । हतारो गरेर आजै, भोलि नै घोषणा गरिहाल्नुपर्छ भन्ने पक्षमा म छैन् ।”

महाधिवेशन आफैँ स्वतन्त्र हुन्छ, त्यसबाट के परिणाम आउछ भन्न सकिन्न तर अहिल्लै नेतृत्व फलानो भनेर तोक्नुपर्ने रे ! यस्तो पनि हुन्छ, अहिले तोक्दा भोलि महाधिवेशनले अर्कै मोड लियो भने त्यो सहि भएन नी ।”

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकीकृत पार्टीमा संख्या मिलाउने अन्तिम छलफलमा पनि छन् ।

एकता महाधिवेशनसम्म सैद्धान्तिक–वैचारिक पक्षमा सहमति भए पनि समानता, न्यायोचित र सम्मानजक एकता हुने भन्दै दुवै नेताले संख्यात्मक हिस्सेदारीमा छलफल केन्द्रित गरेका छन् । तर, महाधिवेशनपछिको नेतृत्व र एकीकृत पार्टीको संख्यात्मक हिस्सेदारीमै कुरा नमिल्दा एकतामा ढिलाइ भइरहेको छ ।

‘एकता नहुने स्थिति त छैन, तर एकतापछि माओवादी फुटेर जाला कि भन्ने एमालेको डर र विलय नै भइने हो कि भन्ने माओवादीको डरले ढिलाइ भइरहेको हो,’ वाम विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘दुवैमा डर हट्नेबित्तिकै एकता हुन्छ, तर ढिलाइ भए पनि दिगो एकताको उपाय खोजी गर्नु उपयुक्त हुन्छ ।’

चुनावी गठबन्धन र पार्टी एकताको निर्णयसहित गत १७ असोजमा भएको ६ बुँदे सहमतिको शृंखलाले सात महिना पूरा गरे पनि संवाद शृंखलाबाट निष्कर्ष नआउँदा दुवै पार्टीका कार्यकर्तामा संशय बढेको छ । यद्यपि, संशयकै बीचमा एकता बढेकाले अप्रत्याशित एकताको अन्तिम निर्णय हुने दुवै पार्टीका नेताको दाबी छ ।

गठबन्धन र एकताको परिणाम–संघीय र प्रदेशमा गठबन्धनको दुईतिहाइ सिट उपस्थिति छ । आर्थिक समृद्धिको नारासहित गत ३ फागुनमा गठित एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अढाई महिना पूरा गरेको छ । नीति तथा कार्यक्रम र बजेटको तयारीमा सरकार रहे पनि एकता संवादबाट परिणाम नदेखिँदा संशय बढेको हो ।

यस्ताे छ सहमतीकाे तयारी

१० तहको पार्टी संरचना

दुई अध्यक्षसहित स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र, महानगर/नगर वा गाउँ कमिटी, वडा कमिटी, प्रारम्भिक कमिटी

संवाद शृंखलाबाट निष्कर्ष नआउँदा दुवै पार्टीका कार्यकर्तामा संशय बढेको छ । यद्यपि, संशयकै बीचमा एकता बढेकाले अप्रत्याशित एकताको अन्तिम निर्णय हुने दुवै पार्टीका नेताको दाबी छ ।

 

वरिष्ठ नेताको वरीयता

एमाले नेता झलनाथ खनाल, माधव नेपाल र माओवादी नेता नारायणकाजी श्रेष्ठको वरीयताबारे विधानको मस्यौदामा केही उल्लेख छैन । एकीकृत पार्टीको केन्द्रीय कमिटीले नै उनीहरूको वरीयताबारे निर्णय गर्ने सहमति नेताहरूबीच भएको छ ।

एकीकृत पार्टीको कार्यदिशा

जनताको बहुदलीय जनवाद र २१औँ शताब्दी जनवादको सट्टा समाजवादउन्मुख नीति अंगीकार गरेर जाने विषयमा दुई दल लगभग सहमत भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्