अनन्त ब्रह्माण्डहरूमध्ये कसैमा अझै हुन सक्छन् डाइनासोर: महान् वैज्ञानिक स्टिफेन हकिङको अन्तिम शोध

मानव कल्पनामा अन्तरिक्ष जीवहरूको अस्तित्वलाई हलिउड चलचित्रहरूले उहिल्यैदेखि नै चित्रित गर्दै आएका छन् । चिनियाँ लोककथाहरूमा त उहिले नै अर्कै ग्रहबाट आएका प्राणीहरूसँगको संसर्गले चिनियाँ जाति उन्नत भएको भन्ने पनि उल्लेख छ ।

तर विज्ञानले भने अन्तरिक्षमा अन्य ग्रहमा जीवन रहेको कुनै प्रमाण हालसम्म फेला नपरेकाले यस्ता कथाहरूलाई लामो समयसम्म कपोकल्पित मान्दै आएको छ ।

तर अनन्त अन्तरिक्षमा कयौं यस्ता ठाउँ हुनसक्ने सम्भावनालाई भने वैज्ञानिकहरूले नकारेका छैनन् । अन्तरिक्षमा यस्ता ग्रह पनि हुन सक्छन् जहाँ पृथ्वी जस्तै अन्य ग्रह हुन सक्छन् र त्यहाँ अहिले पनि डाइनासोर या प्रागैतिहासिक मानव हुन सक्छन् ।

यस्ता ग्रहहरू पनि हुन सक्छन् जो पृथ्वीभन्दा फरक होउन, त्यहाँ तारा , सुर्य अथवा आकाशगंगा नहुन सक्छन् तर त्यहाँ पनि पृथ्वीमा जस्तै भौतिक विज्ञानका नियमहरू लागू हुन सक्छन् ।

भर्खरै दिवंगत भएका महान वैज्ञानिक स्टिफेन हकिङले आफ्नो मृत्युभन्दा केही समय अगाडि प्रस्तुत गरेको वैज्ञानिक सिद्धान्तमा यस्तै विचारहरू व्यक्त भएका छन् । यस वैज्ञानिक आलेखलाई जर्नल अफ् हाइ इनर्जी फिजिक्समा प्रकाशित गरिएको छ ।

वैज्ञानिक स्टिफेन हकिङको अन्तिम शोधपत्र अनुसार हाम्रो ब्रह्माण्ड यस्तै प्रकारका अनेकौं ब्रह्माण्डहरूमध्ये एक हुन सक्छ ।

गत मार्चमा बितेका प्राध्यापक स्टिफेन हकिङले यो शोधपत्र आफ्नो मृत्यु हुनुभन्दा दस दिन पहिले प्रस्तुत गरेका थिए ।

यस नयाँ सिद्धान्तले उनले हालसम्म पेस गरेका ब्रह्माण्डीय विरोधाभासहरूको समाधान प्रस्तुत गरेको छ ।

१९८० को दशकमा हकिङले अमेरिकी भौतिक शास्त्री जेम्स हार्टलसँग मिलेर ब्रह्माण्डको निर्माणको बारेमा नयाँ विचार प्रस्तुत गरेका थिए ।

यसमा अल्बर्ट आइंस्टीनको ब्रह्माण्डको निर्माण १४ अर्ब वर्ष पहिले भएको थियो भन्ने सिद्धान्तको समाधान निकालेको थियो । आइन्स्टीनले यो कसरी भएको थियो भन्ने भन्न सकेका थिएनन् ।

हार्टल र हकिङले भने क्वान्टम सिद्धानको मद्दतले शून्यबाट ब्रह्माण्डको निर्माण बएको थियो भन्ने कुरा बताएका थिए ।

यस घटनाले एउटा प्रश्नको उत्तर पाइए पनि अर्को ठुलो प्रश्न उब्जाइदिएको थियो- केही मान्छेहरू ‘महान् विष्फोट’को घटनापछि एक नभएर अनन्त ब्रह्माण्डहरूको सिर्जना भएको हुनसक्ने अनुमान गर्न थालेका थिए ।

केही भौतिक शास्त्रीहरूले यस विचारको समीक्षाबाट अन्तरिक्षमा महान् विष्फोटको घटनापछि एक मात्र नभई अनन्त ब्रह्माण्डहरूको निर्माणको क्रम सुरु भएको भन्ने नतिजा समेत निकालेका थिए ।

हार्टल र हकिङद्वारा प्रतिपादित सिद्धान्त अनुसार कयौं ब्रह्माण्ड हुनसक्ने र प्रत्येकमा पृथ्वी जस्तै कयौं ग्रहहरू हुनसक्ने तिनमा हामीजस्तै प्राणीहरू र समाज हुनसक्ने नतिजा निकालेका थिए ।

उक्त सिद्धान्त अनुसार केही ब्रह्माण्डहरू भने अलि फरक हुन् सक्छन्, त्यहाँ पृथ्वीजस्तै ग्रह हुनसक्ने र अझैसम्म डाइनासोर हुनसक्ने छन् । केही ब्रह्माण्डहरुका ग्रहहरूभने पृथ्वीभन्दा बिल्कुलै फरक हुनसक्ने र त्यहाँ, सूर्य या ताराहरू समेत नहुने शोधमा उल्लेख छ । तर ती ग्रहहरूमा पनि पृथ्वीजस्तै भौतिक विज्ञानक नियमहरू लागू हुने उल्लेख छ ।

यो विचार जटिल जसो लागेपनि नयाँ शोधले सैद्धान्तिक रूपमा यस्तो सम्भव देखाएको छ ।

यसले एउटा अर्को जटिलता समेत पैदा गरिदिएको छ कि यदि अनन्त ब्रह्माण्डहरू विद्यमान छन् त्यहाँ अनन्त किसिमका भौतिक विज्ञानिक नियमहरू हुन्छन् भने पनि यस शोधले हामी कुन ब्रह्माण्डमा छौं भन्ने प्रश्नको उत्तर पाइने सम्भावना भने छैन ।

प्राध्यापक हकिङले बेल्जियमको केयु ल्युवेनसँग आबद्ध प्राध्यापक थोमस हर्टोगसँग मिलेर यो शोध गरेका थिए । विरोधाभासको समाधान गर्ने यस शोधको सम्पूर्ण खर्च युरोपियन रिसर्च काउंसिलले व्यहोरेको छ ।

प्राध्यापक हर्टोग भन्छन्, यस परिदृशबाट मा र हकिङ दुवै खुसी थिएनौं ।  बहुब्रह्माण्डको उत्पत्ति अचानक भएको हो र यसका बारेमा योभन्दा बढी केही भन्न सकिन्न । हामी एकअर्कालाई भन्ने गर्थ्यौं- हुनसक्छ हामीले अनभिज्ञतासँगै बाँच्नु परोस् तर हामी हार मान्ने वाला छैनौं ।”

प्राध्यापक हकिङको यो अन्तम शोधपत्र प्राध्यापक हर्गोटसँग निरन्तर २० वर्ष सहकार्यको परिणाम हो ।

उनीहरूले नयाँ गणितीय विधिहरू विकसित गरेर यस जटिलताको समाधान निकालेका थिए ।  यस विधिलाई भौतिक शास्त्रको ‘स्टिंग थ्योरी’ नामक शाखाको अध्ययनका लागि विकसित गरिएको हो ।

यी विधिहरूले शोधकर्ताहरूलाई भौतिक विज्ञानका सिद्धान्तरूलाई नयाँ दृष्टिले हेर्ने अवसर प्रदान गर्दछन् ।  हार्टल र हकिङको नयाँ शोधपत्रमा गरिएको आकलनले बहुब्रह्माण्डको अराजक बुझाइमा केही स्थायित्व ल्याउने कोसिस गर्दछ ।

हकिङ र हर्टोगको आकलनले भने नयाँ संकेत डिएको छ त्यो के भने ब्रह्माण्डहरूमा एउटा साझा सम्भावना छ त्यो हो भौतिक विज्ञानका नियमहरू ।  अर्थात सबै ब्रह्माण्डहरूमा हाम्रो जस्तै भौतिक विज्ञानको नियमहरू रहेका छन् ।

यस अनुमान अनुसार हामी रहेको ब्रह्माण्ड एउटा मानक हो र यहाँ हामी आफ्नो दृष्टिकोणले जे अवलोकन गर्दछौं त्यसले अरू ब्रह्माण्डहरूको निर्माणको बारेमा बुझ्न सहायता पुग्नेछ ।

प्राध्यापक हर्टोग भन्छन्, “यी अचम्मलाग्दा विचार छन् । भौतिकशास्त्रीहरूले ब्रह्माण्डको निर्माणको बारेमा पोर्न सिद्धान्त विकसित गरेपछि यी विचारहरू वास्तविक रूपमा सहायक सिद्ध हुनेछन् । ”

उनी भन्छन्, “हामी प्रयोगशालाहरूमा भौतिक विज्ञानका जुन नियमहरूको परीक्षण गर्ने गर्छौं ती सधैंका लागि होइनन् ।  महान् विष्फोटपछि ब्रह्माण्डको बिस्तार भयो र यो चिसो हुन थाल्यो । त्यस समय विकसित भौतिक विज्ञानका नियम धेरै हदसम्म महान् विस्फोटको समयका भौतिक परिस्थितिहरूमा निर्भर रहेका छन् । यसको अध्ययन गरेर हामी यो जान्न चाहन्छौं कि हाम्रा भौतिक नियम कहाँबाट आए, कसरी सुरु भए र के यी आफैँमा यस्ता अचम्मलाग्दा छन् ?”

प्राध्यापक हर्टोगका अनुसार यस सिद्धान्तले भौतिशास्त्रीहरूलाई अन्य ब्रह्माण्डहरूको खोजी गर्न सहायता मिल्नेछ । उनी भन्छन् महान् विस्फोटको समय उत्सर्जित ‘माइक्रोवेब रेडिएशन’को अह्यायाँ गरेर यस्ता ब्रह्माण्डहरूको पट्ट लगाउन सकिन्छ ।

तर हर्टोगले एक ब्रह्माण्डबाट अर्कोमा जानसक्ने सम्भावना भने देखेका छैनन् ।

 

साभार: बीबीसी

कमेन्ट गर्नुहोस्