चलचित्र ‘मालिका’ को साइतमै छायाँकन सुरु

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा बन्ने फिल्म ‘मालिका’को छायाँकन सुरु भएको छ । सोमवार गुहेश्वरी मन्दिरमा साइत गरेर फिल्मको छायाँकन सुरु भएको हो ।

४० दिनको सेड्युल बनार्इ छायाँकन थालेको टिम सुटिङका लागि कोहलपुर, कर्णाली र भित्री मधेशम्म पुग्ने निर्देशक रेखाले जनाइन् । सामाजिक विषय केन्द्रित फिल्मले दाइजो प्रथा र बालविवाहको प्रमुख समस्या समेत उठाउने उनले बताइन् ।

रेखा फिल्मसको पाँचौ प्रस्तुती ‘मालिका’मा जाजारकोटकी कमला ओली मुख्य भूमिकामा देखिँदै छिन् । रेखा भन्छिन् ‘मेरो फिल्मको हिरो नै हुन्– कमला । देशको अनुहार छोरीको आँखामा झल्किन्छ, म छोरीलार्इ लिएर फिल्म बनाउँदै छु’, उनले थपिन् ।

फिल्मको प्रदर्शन मिति कार्तिक २१ लार्इ टार्गेट गरिएको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  यो वर्ष केकीको सफलतामा बाधक
%d bloggers like this: