OMG ! बाणिज्य बैंकका लागि लोकसेवा आयोगले लिएको परीक्षामा कोही पनि पास भएनन्

काठमाडौं, वैशाख २६ । राष्ट्रिय वाणिज्य बैंकको आन्तरिकतर्फ लोकसेवा आयोगले लिएको परीक्षामध्ये तीन पदमा कोही पनि उत्तीर्ण भएका छैनन् ।

मुख्य प्रबन्धक (सूचना प्रविधि), वरिष्ठ प्रबन्धक (सूचना प्रविधि) र वरिष्ठ सहायक पदमा कोही पनि उत्तीर्ण नभएका हुन् ।

मुख्य प्रबन्धक पदका लागि परीक्षामा एक जना सहभागी भएकोमा उनी पनि अनुत्तीर्ण भए । वरिष्ठ प्रबन्धकको एक पदको लागि भएको लिखित परीक्षामा सहभागी दुवैजना अनुत्तीर्ण भए ।

त्यसैगरी, वरिष्ठ सहायक पदमा १११ जनाको माग भएकोमा २६ जना सहभागी भएका थिए, त्यसमध्ये पनि कोही उत्तीर्ण हुन सकेनन् ।

यस्तो छ वरिष्ठ सहायकको नतिजा

कमेन्ट गर्नुहोस्