बच्चाको ओठ र गालामा चुम्बन गर्नु स्वास्थ्यका लागि घातक

काठमाडौं । बालबालिकाप्रति माया प्रकट गर्न हामी चुम्बन गर्ने गर्छौ । र चुम्बन गर्ने चलन हिजआज झन बढेर गएको छ ।

तर आफ्नो बच्चालाई जथाभावी चुम्बन गर्नु हुन्छ वा कसैलाई चुम्बन गर्न स्वीकृत दिदै हुनुहुन्छ भने तपाईले बच्चाको स्वास्थ्यमाथि गम्भीर खेल्वाड गर्दै हुनुहुन्छ । हरेक आमाबुवा यसबारे बेलामा सजग र होशियार हुन आवश्यक छ ।

सन २००१ मा व्रिटिस महिलाले आफ्नो बच्चाको एउटा तस्वीर सामाजिक सञ्जालमा राखेकी पोष्ट गरेकी थिइन । जुन तस्विरमा उनको बच्चाको मुख र अनुहारमा गम्भीर संक्रमण भएको देखिन्छ । महिलाका अनुसार बच्चाको ओठमा एक महिलाले चुम्बन गरेकी थिइन ।

चिकित्सकका अनुसार चुम्बनबाट ती महिलामा भएको ‘हप्र्स सिम्पलेक्स’ भाइरस बच्चामा सर्यो । जसका कारण बच्चाको ओठ र अनुहारमा संक्रमण भयो ।

त्यस्तै २०१३ मा आफ्नै बाबुको चुम्बनले बच्चामा संक्रमण भएको थियो । जसको कारण बच्चाको शरीरका विभिन्न भागमा संक्रमण भएको थियो । उनका बुवालाई पनि आफुमा हप्र्स सिम्पलेक्स भाइरस भएको जानकारी नै थिइन ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  किसमिस खाए हुन्छन् यी चमत्कारिक फाइदा
%d bloggers like this: