अाेलीकाे अहम: उर्जामन्त्री पुनलाई खबरै नगरि अरुण तेश्रोको शिलन्यास

काठमाडौं, बैशाख २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई वाइपास गरेर अरुण तेश्रोको शिलन्यास गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा शुक्रबार आयोजनाको शिलन्यास भएको थियो। उर्जा सचिव र सिचाईं सचिवलाई कार्यक्रममा बोलाइएपनि मन्त्री पुनलाई भने खबर नगरेको श्रोतले जनाएको छ।

लगानी वोर्डले ५ सय मेगावाटभन्दा माथिका आयोजना आफूले बनाउने बताएपनि मन्त्री पुन त्यसको विपक्षमा भएकाले उनलाई वाइपास गरिएको श्रोतको भनाई छ।

आयोजना शिलन्यास अघि दुई देशका प्रतिनिधिको वार्तामा समेत मन्त्री पुनलाई समावेश गरिएको थिएन। वार्तामा नेपालका २१ र भारतका ११ जना प्रतिनिधि सहभागी थिए। त्यसमा पनि दुई सचिव सहभागी भए मन्त्रीलाई थाहै दिईएन। ।

मन्त्री पुन यसरी आफूलाई वाइपास गरेर आयोजना शिलन्यास गरिएको, विद्युत विकास विभागले गर्नुपर्ने काम समेत लगानी बोर्डले हस्तक्षप गरेको भन्दै यसरी नियम विपरित भएको आयोजना अगाडि नबढ्ने बताएको श्रोतले जनाएको छ। -देश सञ्चार

कमेन्ट गर्नुहोस्