प्रधानमन्त्री ओलीले नेपाली जनतासँग माफी माग्नुपर्छ

विश्वमा आफ्नो एउटा छुट्टै पहिचान बोकेको देश नेपाल। सार्वभौमसत्ता सम्पन्न ,भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानले आफ्नो शिर उच्च बनाइ हिड्ने नेपाली ।

वीर पुर्खाले विदेशी शक्तिसँग लडेर जोगाएको देश नेपाल ।आज आएर आफ्नो स्वाभिमानलाई गुमाउन पुगेको हो कि, राष्ट्रियतामाथी नै प्रश्न चिन्ह खडा भएको हो कि भन्ने आभास भएको छ ।

सरकार र विशेषत: प्रधानमन्त्रीबाटै नेपालको राष्ट्रियता र स्वाभिमानको लिलाम भएको आम नागरिकको बुझाइ छ ।

पटक–पटक कहिले उत्तर त कहिले दक्षिणबाट मिचिंदा र थिचिंदा समेत नडगमगाइ आफ्नो स्वाभिमानलाई जोगाउदै आएको नेपाललाई अहिलेको सरकार र विशेषत: प्रधानमन्त्रीबाटै नेपालको राष्ट्रियता र स्वाभिमानको लिलाम भएको आम नागरिकको बुझाइ छ ।

सुशान आचार्य

विदेशी राष्ट्रप्रमुख भ्रमणमा आउँदा सरकारले गर्नुपर्ने आदार सत्कार, मानसम्मान र इज्जत प्रतिष्ठा त आफ्नो ठाउँमा थियो र छ नै जुन नेपालमा मात्रै नभै विश्वका सबै देशमा छ ।

तर यसपटक छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा भने नेपाली जनता आफै लज्जित बन्नुपर्यो । त्यति मात्रै हैन ठाडो रहेको शिर नै झुकाउनु पर्यो । यस्को मुख्य कारण अहिलेको सरकारका मन्त्री र प्रधानमन्त्री ओली नै हुन ।

निर्वाचनमा जनतालाई राष्ट्रवाद र स्वाभिमानको ललिपप बाँडेर चुनाव जिती सरकार बनाउन सफल भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलार्इ यो पटक भने भारतको पक्का बफादार समर्थक र नरेन्द्र मोदीको हितैषी मित्र भएको प्रमाणित गरेका छन् ।

छिमेकी राष्ट्रसँगको शक्ति सन्तुलनलाई कायम राखी आपसी मित्रतालाई बलियो बनाउनु आवश्यक हो । छिमेकीसँग लडेर समुदाय वा घर राम्रो पक्कै बन्दैन यसको मतलब आफ्नो घर भत्काएर छिमेकीको घर बनाउनुपर्छ भन्ने पनि हैन तर आफ्नै घर जलाएर खरानीको ब्यापार गर्न प्रधानमन्त्री ओली नै अगाडि सरेको प्रष्ट देखिन्छ ।

नेपालमा नयाँ संविधान जारी भएपछि निर्वाचन हुने निश्चित थियो । संविधान जारी हुनु अगाडि नै भारतले नेपालमाथि अघोषित नाकाबन्दी गर्यो। भर्खरै भुकम्पबाट थिलोथिलो परेको नेपाललाई भारतले विभिन्न बखेडा निकाल्दै आफ्नो अधीनमा ल्याउन हदैसम्मको कोशिश जारी राख्यो ।

मृत्यु लाई कुर्ने तर भारतसँग नझुक्ने आम नेपाली जनताको अडानसँग भारत हार्यो र नाकाबन्दी फिर्ता लिन बाध्य भयो । त्यही मौकामा आफुलार्इ राष्ट्रवादी दाबी गर्न भ्याएका प्रधानमन्त्री ओलीले आफ्नो सक्कली पहिचान अहिले सबै नेपाली सामु प्रष्ट देखाएका छन ।

अन्ततः मृत्यु लाई कुर्ने तर भारतसँग नझुक्ने आम नेपाली जनताको अडानसँग भारत हार्यो र नाकाबन्दी फिर्ता लिन बाध्य भयो । त्यही मौकामा आफुलार्इ राष्ट्रवादी दाबी गर्न भ्याएका प्रधानमन्त्री ओलीले आफ्नो सक्कली पहिचान अहिले सबै नेपाली सामु प्रष्ट देखाएका छन ।

सम्बन्धित् समाचार  पाकिस्तान उत्तर कोरिया बन्ने खतरा, भारत र अमेरिका संकटमा पर्न सक्ने

गौतम बुद्धको जन्मभूमि, विश्वले शान्तिको उदाहरण दिँदा सम्झने देश नेपालमाथि मोदीको सुरक्षाको बहाना बनार्इ भारतीय हतियारधारी कमाण्डो फोर्सलाई नेपाल प्रवेशको अनुमति दिने प्रधानमन्त्री ओलीकै कारणले पनि अहिले विश्वका सामु नेपालमा असुरक्षा छ कि भन्ने भ्रम छरिएको छ ।

विश्वका कैयौं युद्धग्रस्त देशमा आफ्नो छाती थापेर शान्ति स्थापना गराउन सफल नेपाली सेनालार्इ बेकाम र कायर बनाउन पनि प्रधानमन्त्री ओली नै सफल भएका छन यस पटक। भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली भूमिमा परेड खेल्दै गर्दा मोदीकै लागि भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरुलार्इ रोड नाली अनि गल्ली हरु सफा गराउदै गरेको दृश्यले त अझ ओलीको गैरजिम्मेवारपनलाई छरस्पस्ट पारेको छ।

विगतमा विश्वका शक्तिशाली राष्ट्रका प्रधानमन्त्री र रास्ट्रपतिले नेपालको भ्रमण शानदार रूपमा सफल पारेर गएका छन । अमेरिकाका रास्ट्रपति हुन या बेलायतका राजकुमार ह्यारी भुटानका प्रधानमन्त्री हुन या चिनका सरकार प्रमुख आजसम्म नेपाली भूमिमा शान्ति सुरक्षाको बहानामा कोही कसैले आफ्नो देशको सेना प्रवेश गराएर परेड खेलाउने हिम्मत गरेन ।

सैन्य फौज लाई तैनाथ गरी  विश्वमा उच्च रहेको वीर गोर्खालीको शिर झुकाउन खोजेको छ । यस्को जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले नै लिनुपर्छ किनकी कुनैपनि देशमा सरकारको अनुमति बिना सेना प्रवेश गर्न पाउदैन ।

तर भारत जस्तो खुल्ला सिमाना भएको देशले हेपेर पेलेर भनौ या हाम्रै नेपालका सरकार प्रमुखहरुको कमजोरीका कारण आफ्ना सैन्य फौज लाई तैनाथ गरी विश्वमा उच्च रहेको वीर गोर्खालीको शिर झुकाउन खोजेको छ । यस्को जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले नै लिनुपर्छ किनकी कुनैपनि देशमा सरकारको अनुमति बिना सेना प्रवेश गर्न पाउदैन ।

स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री रहेका बेला भारतीय प्रधानमन्त्री मोदीसहित आठ देशका रास्ट्रप्रमुख सहभागी सार्क शिखर सम्मेलनसमेत कुनै देशबाट आफ्ना सैनिक सुरक्षाका लागि नेपाल प्रवेश गराएका थिएनन ।

सम्बन्धित् समाचार  नेपाल कम्युनिष्ट पार्टी घोषणा सभालाई केपी ओलीको सम्बोधन, लाइभ भिडियोसहित

तर अहिले मोदीको राजकीय भ्रमणमा जुन बहानाबाट भारतीय सेनाको प्रवेश गराइएको छ यसमा प्रधानमन्त्री स्वयंले नेपाली जनतासँग हात जोडेर माफी माग्नुपर्छ यो वैदेशिक हस्तक्षेप मात्रै नभै समग्र नेपाल र नेपालीको अपमान हो ।

प्रधानमन्त्री मोदीलाई जनकपुरमा स्वागत गर्दै गर्दा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्ति पनि कूटनैतिक र राष्ट्रियहित विपरित छ । जसको उनले क्षमायाचना गर्दै पदत्याग गर्नुपर्छ । त्यति मात्रै नभई त्यसको समन्वय सबै परराष्ट्रको हुने भएकाले त्यहाँ परराष्ट्रको ठूलो कमजोरी देखियो त्यसको जिम्मेवारी परराष्ट्रमन्त्री र यी सबैको कार्यकारी प्रमुख प्रधानमन्त्री भएकाले त्यसको लागि पनि ओलीले माफी माग्नुपर्छ देशवासीसँग ।

कार्यकारी प्रमुख प्रधानमन्त्री भएकाले त्यसको लागि पनि ओलीले माफी माग्नुपर्छ देशवासीसँग ।

त्योसँगै संविधानमा भएको अभिव्यक्ति स्वतन्त्रताको हक विरुद्ध विवेकशील साझामाथिको राज्यको रवैया सर्वथा अनुचित छ । त्यसका लागि प्रधानमन्त्री लज्जित हुनुपर्छ । मोदीको सम्मानको लागि बनाइएको मञ्चमा नेपालको रास्ट्रिय झन्डा जुन खालको प्रदर्शन गरियो प्रधानमन्त्री ओलीको प्रस्तुति जुन खालको देखियो त्यस्ले आज सारा नेपालीलाई लज्जित बनाएको छ ।

नागरिकले बोल्न पाउने हकमाथि निरङ्कुशता लादेर भारतीय प्रधानमन्त्रीको जयजयकार गर्दै, नेपालको सुरक्षा संयन्त्र ,नेपाली पोसाक, राष्ट्रियता तथा स्वाभिमान र स्वतन्त्रतामाथि पुर्याइएको आघातप्रति सरकारप्रमुखको हैसियतले ओलीले माफी त माग्नैपर्छ यस्को हिसाब भने नेपाली जनताले समय अनुकुल अवश्य गर्ने छन ।

भारतको मूल नेपाल नीति भनेको नेपाललाई गरीब र असक्षम राष्ट्र बनाएर सधैंभरि आफू आश्रित रहोस् भन्ने हो, त्यस्को जगमा नेपालले आफ्ना श्रोतहरु भारतलाई हस्तान्तरण गरोस् र अन्ततः हार खाएर आत्मसमर्पण गरोस् भन्ने नै हो।

भारतको मूल नेपाल नीति भनेको नेपाललाई गरीब र असक्षम राष्ट्र बनाएर सधैंभरि आफू आश्रित रहोस् भन्ने हो, त्यस्को जगमा नेपालले आफ्ना श्रोतहरु भारतलाई हस्तान्तरण गरोस् र अन्ततः हार खाएर आत्मसमर्पण गरोस् भन्ने नै हो।

त्यसैले ऊ नयाँनयाँ सन्धीसंझौताको लागि हरेक सरकारलाई दबाब दिइरहन्छ । तर भएका सन्धि-सम्झौता कार्यान्वयन गर्दैन । तराईको हुलाकी मार्ग होल्ड गरेर पच्चिसौं वर्षसम्म पनि बेहाल छोड्नु र महाकालीमा सम्झौतापछि पनि विसौं वर्ष काम शुरु नगर्नुको मूल कारण त्यही हो।

सम्बन्धित् समाचार  एमाले अध्यक्ष अाेलीले भने-'मेरो मुर्खताले राष्ट्रलाई सहि बाटोमा ल्यायो'

उसले हाम्रा नदी होल्ड गरेको बिजुलीका लागि मात्रै होइन, आफ्ना लागि भविष्यसम्म पानी सुरक्षित गर्न र हजारौं बिघा जमिनमा सिचाइ पुर्याउन पनि हो ।

बिजुलीका श्रोत त अरु पनि छन्, तर पानीका छैनन्। सुदुर भविष्यसम्म नेपालीले पानीको प्रयोग नगरुन्, र बढी भन्दा बढी पानी आफूतिर गइरहोस् भनेर नै उसले हाम्रा नदीहरु होल्ड गर्छ । तर कुनैपनि परियोजना सम्पन्न गर्दैन ।

परियोजना सम्पन्न गर्दा हुने सानोतिनो विकास पनि ऊ रोक्न चाहन्छ। अहिले उदघाटन भएको अरुण तेस्रो परियोजनाबाट पनि त्यति ठुलो आशा नगर्दा हुन्छ । महाकाली हस्तान्तरण गर्दा अरबौ फाइदा देखाएर कौडीको भाउमा भारतलाई परियोजना सुम्पिएका हाम्रा प्रधानमन्त्री ओलीलार्इ अझैसम्म चेत खुलेको छैन ।

परियोजना सम्पन्न गर्दा हुने सानोतिनो विकास पनि ऊ रोक्न चाहन्छ। अहिले उदघाटन भएको अरुण तेस्रो परियोजनाबाट पनि त्यति ठुलो आशा नगर्दा हुन्छ । महाकाली हस्तान्तरण गर्दा अरबौ फाइदा देखाएर कौडीको भाउमा भारतलाई परियोजना सुम्पियका हाम्रा प्रधानमन्त्री ओलीलार्इ अझैसम्म चेत खुलेको छैन ।

पटक–पटक गरेर भारतले नेपालको ७२ भन्दा धेरै ठाउँमा सिमाना मिचेको छ,  सिमानामा नेपाली सहिद भएका छन, सिमानामा बसोबास गर्ने नागरिक भारतीय पक्षका ज्यादती सहन विवश छन, पुराना असमान सन्धिसम्झौता अलपत्र छन यी यावत विषय कहिले उठाउने हिम्मत हाम्रा सरकार प्रमुखमा छैन ।

विगतदेखि भारतको आशिर्वाद लिदै आएका नेताले बारम्बार नेपाल र नेपालीमाथि नै आघात पुग्ने काम गर्दै आएका छन । त्यसको फलस्वरूप नेपाल दिनप्रति दिन कम्जोर बन्दै गएको छ । यी र यस्ता रास्ट्रघाती काम बिगतमा पनि प्रधानमन्त्री स्वयं या उहाँको पार्टी नेकपा एमालेको नेतृत्वमा भै सकेको छ।

तर यसपटक प्रधानमन्त्री ओलीले जनतासँग माफि मात्रै माग्ने हैन कमजोरी पनि सच्च्याउन आवश्यक छ यसका लागि स्वाभिमानी नेपाली एक भएर दबाब दिनु अनिवार्य छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: