मोदीको अभिनन्दनमा किन गएनन माओवादी मन्त्रीहरु ?

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको अभिनन्दन कार्यक्रममा माओवादी मन्त्रीहरु सहभागी भएका छैनन् ।

राष्ट्रिय सभागृहमा विशेष सुरक्षासाथ सुरु भएको अभिनन्दनमा माओवादी केन्द्रबाट नेतृत्व गरेर गएका गृहमन्त्रीदेखि अन्य मन्त्रीहरु सहभागी नभएका हुन ।

सत्ता साझेदार पार्टी माओवादी केन्द्रका मन्त्रीहरुको नेतृत्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गरेपनि उनी स्वयम् अनुपस्थित रहेका छन् ।

प्रधानमन्त्री मोदीको भ्रमणमा भारतीय सेनालाई सुरक्षाका लागि बोलाइएपछि गृहमन्त्री थापामाथि समेत सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ ।

माओवादी केन्द्रबाट गृहमन्त्री रामबहादुर थापाका अतिरिक्त गिरिराजमणी पोखरेल, वर्षमान पुन, चक्रपाणी खनाल, शक्ति बस्नेत, मातृका यादव, बीना मगर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारमा मन्त्री रहेका छन् ।

माओवादी मन्त्रीहरु के कति कारणले समारोहमा उपस्थित भएनन् भन्ने बारेमा भने केही स्पष्ट भएको छैन ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मोदीसँगको औपचारिक भेटका क्रममा सीमा समस्या, डुबानलगायतका विषयमा चासो व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्