४ ओभर, १ विकेट, २५ रन– चर्चाको शिखरमा सन्दीप लामिछाने

नेपालका युवा क्रिकेटर, चर्चित बलर सन्दीप लामिछानेले नेपालीहरुलाई विश्वभरी चिनाउने काम गरेका छन् ।

आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट अनुबन्धित सन्दीप लामिछानेले आइपिएलमा डेब्यू खेलमा नै उत्कृष्ट प्रदर्शन गरेका हुन ।

सन्दीपले आइपिएलको नियमानुसार ४ ओभर खेले । उनले ४ ओभरमा २५ रन मात्र दिएर आफूलाई उत्कृष्ट खेलाडीको रुपमा स्थापित गर्न सफल भएका छन् ।सन्दीपले रोयल च्यालेन्जर्सका पार्थिव पटेलको विकेट लिएका हुन ।

पटेल सन्दीपको हातबाट एल्बिडब्ल्यु आउट भए। सन्दीपले पटेललाई आफ्नो स्पेलको तेस्रो ओभरको चौथो बलमा शिकार गरे।

योसँगै विश्वभरीबाट सन्दीप सन्दीपको नाम सामाजिक सञ्जालमा गुञ्जिएको छ ।

सन्दीपको खेलको अहिले संसारभरि चर्चा चलिरहेको छ । युवा खेलाडी सन्दीपले नेपालीहरुको शीर गर्वले उँचो पारेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा निकै आलोचना भएको अवस्थामा सन्दीपको आजको प्रस्तुतीले संसारभरिका नेपाली निकै खुशी भएका छन् ।

आजतकको लाइभमा सन्दीपको प्रस्तुतीको उत्कृष्ट प्रशंसा गर्दै सन्दीपमाथि उपकार गरेको कसैले सोच्न नहुने टिप्पणी गरिएको छ । “दिल्लीका लागि सन्दीपले निकै उत्कृष्ट खेलेका छन् । उनलाई यसअघि नै खेलाइनुपथ्र्यो ।” टिप्पणीकारले भने ।

कमेन्ट गर्नुहोस्