सन्दीप एक्लैको प्रयासले टरेन दिल्लीको हार

नयाँ दिल्ली, आइपिएलको एघारौँ शृंखलाको ४५ औं खेलमा रोयल च्यालेंजर्स ब्यांग्लोरले दिल्ली डेयर डेभिल्सलाई उसको घरेलु मैदानमा नै ५ विकेटले हराइदिएको छ ।

पहिले ब्याटिङ गर्दै दिल्लीले ४ विकेटको क्षतिमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो ।

जवाफमा ब्याटिङ गर्न मैदान पसेको ब्यांग्लोरले १९ ओभरमा नै ५ विकेट गुमाएर उक्त लक्ष हासिल गरेको हो

ब्यांग्लोरले १८७ रन बनाएको छ ।

ब्यांग्लोरका एबी डिभिलियर्सले ६ छक्क र ४ चौकाको मद्दतले ३७ बलमा अविजित ७२ रन्को योगदान गरे । त्यस्तै कप्तान विराट कोहलीले ३ छक्का र ४ चौकाको मद्दतले ४० बलमा ७० रङ जोडे । उनी अमित मिश्राको बलमा रिषभ पन्तद्वारा क्याच गरिए ।

बलिङ तर्फ दिल्लीका ट्रेन्ट बोल्टले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । सबैभन्दा कम इकोनोमीका साथ सन्दीपले ४ विकेटमा २४ रङ खर्चेर एक विकेट लिए भने अमित मिश्र र हर्षल पटेललाई पनि एक-एक सफलता मिल्यो ।

यस अघि टस हारेर ब्याटिङ गर्न आएको दिल्लीका लागि रिषभ पन्तले ४ छक्का र ५ चौकाको मदतले ३४ बलमा ६१ रन बनाएका थिए ।

सम्बन्धित् समाचार  पारस खड्काले ५० रन पूरा गरेपछि‍‍‍...

यसमा अभिषेक शर्माको ४६ र श्रेयस अय्यरको ३२ रनको समेत महत्वपूर्ण योगदान रह्यो ।

बलिङ तर्फ युजवेंद्र चहल ले २ विकेट लिए भने मोइन अली र मोहम्मद सिराजलाई एक-एक सफलता प्राप्त भयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: