सन्दीपको प्रदर्शन नेपाली क्रिकेटको विकासका लागि ठूलो उर्जा– प्रचण्ड

काठमाडौं, बैशाख ३० । विश्व क्रिकेटको महाकुम्भ इन्डियन प्रीमियर लीग (आइपीएल) को ११ औं संस्करणमा दिल्ली डेयरडेभिल्समा अनुबन्धीत नेपाली युवा स्पिनर सन्दीप लामिछानेले शनिबार पहिलो पटक आइपीएल खेलें ।

डेब्यू खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै क्रिकेट प्रेमीलाई नै चकित पारि दिए । ४ ओभर बलिङ गर्दै एक विकेट लिएर २५ रन दिए । आइपीएलमा सन्दीपको यो प्रदर्शनले सबैलाई रोमाञ्चि मात्रै बनाएन । नयाँ आशा र भरोसासहित सम्भावन पनि देखायो ।

आइपिएलमा डेब्यू खेलमा नै उत्कृष्ट प्रदर्शन गरेपछि प्रचण्डले ट्वीट गर्दै बधार्इ दिएका छन् ।

ट्वीटमा  प्रचण्डले लेखेका छन् ‘

 

नेपाली क्रिकेट टीमका युवा खेलाडी सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल)को हिजोको खेलमा उत्कृष्ट प्रदर्शन गरेकोमा हार्दिक बधाई दिन चाहन्छु । आफ्नो पहिलो खेलमा नै महत्वपूर्ण विकेटसहित उनल गरेको कुशल प्रदर्शनले संसारभरिका नेपालीको शीर गर्वले ठाडो भएको छ । यसबाट नेपाली क्रिकेटको विकासका लागि समेत ठूलो उर्जा प्रदान गरेको छ । हामी सबै नेपालीहरुलाई बधाई र नेपाली त्रिकेटको उज्ज्वल भविष्यको शुभकामना ।’

नेपालका युवा क्रिकेटर, चर्चित बलर सन्दीप लामिछानेले नेपालीहरुलाई विश्वभरी चिनाउन सफल भए ।

सम्बन्धित् समाचार  पेट्रोलको मूल्य घट्यो

आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट अनुबन्धित सन्दीपले आइपिएलको नियमानुसार ४ ओभर खेले ।

उनले ४ ओभरमा २५ रन मात्र दिएर आफूलाई उत्कृष्ट खेलाडीको रुपमा स्थापित गर्न सफल भएका छन् ।सन्दीपले रोयल च्यालेन्जर्सका पार्थिव पटेलको विकेट लिएका हुन ।

पटेल सन्दीपको हातबाट एल्बिडब्ल्यु आउट भए। सन्दीपले पटेललाई आफ्नो स्पेलको तेस्रो ओभरको चौथो बलमा शिकार गरे।

योसँगै विश्वभरीबाट सन्दीप सन्दीपको नाम सामाजिक सञ्जालमा गुञ्जिएको छ ।

सन्दीपको खेलको अहिले संसारभरि चर्चा चलिरहेको छ । युवा खेलाडी सन्दीपले नेपालीहरुको शीर गर्वले उँचो पारेका छन् ।

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: