मेगा र टुरिज बैंकको मर्जपछि नेपालको नामबाट एकीकृत कारोबार सुरु

काठमाडौं । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक एकआपसमा मर्ज भएका छन् । दुई बैंक गाभिएपछि आइतबार मेगा बैंक नेपालको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपालले दुवै बैंकको एकीकृत कारोबारको शुभारम्भ गरे । दुई बैंक गाभिएपछि बैंकको चुक्ता पूँजी ९ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैयाँ पुगेको पनि बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले जानकारी दिइन् ।

मर्ज हुनुअघि मेघा बैंकको चुक्ता पूँजी ७ अर्ब ३७ करोड र टुरिजम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ थियो ।

मर्जपछि बैंकको शाखा कार्यालय ९१ वटा पुगेका छन । प्रमुख कार्यकारी अधिकृत खुन्जेलीले बैंकले स्थानीय तहमा शाखा विस्तार गर्ने योजना बनाएको पनि बताइन् ।

कमेन्ट गर्नुहोस्