रक्तदान गरेर २४ लाख बालबालिको ज्यान बचाउने यी व्यक्ति

६० वर्षदेखि प्रत्येक हप्ता रक्तदान गरेर २४ लाख जनालाई जीवनदान दिने मानिस

‘रक्तदान जीवनदान’ भनिन्छ र हो पनि । रक्तदाताको रगतले विभिन्न कारणले शरीरमा रगतको कमी भएका बिरामीहरूको ज्यान बचाउन सकिन्छ ।

तर एउटै मानिसको रगतले बीसौं लाख मानिसको ज्यान्बचाएको भन्दा भने सामान्य रुपमा पत्याउन गाह्रो हुन्छ तर अस्ट्रेलियाका जेम्स ह्यारिसन भने त्यस्ता दुर्लभ व्यक्तिहरू मध्ये एक हुन् जसले लाखौँ बालबालिकाहरूलाई मृत्युको मुखबाट फिर्ता ल्याएका छन्

अस्ट्रेलियामा ८१ वर्षपछि रक्तदान गर्न पाइँदैन र ह्यारिसनले गत मे ११ का दिन अन्तिम पटक रक्तदान गरिसकेका छन् र अब तत्कालका लागि अस्ट्रेलियामा अर्को यस्तो रक्तदाता छैन र फाल्कनमायर र अन्य स्वास्थ्यकर्मीहरूलाई आशा छ यस्तो प्रकारको एन्टीबडी भएका अन्य व्यक्ति अघि सर्नेछन् ।

 

अस्ट्रेलियामा ‘सुनौला पाखुरा भएका मानिस’का नामले परिचितले ह्यारिसन विगत ६० वर्षदेखि नियमित रक्तदान गर्दै आएका छन् । यति लामो योगदानसँगै यी ८ वर्षीय अस्ट्रेलियन बृद्ध सेवानिवृत्त भएका छन् । र, यो अवसर स्मरणीय अध्यायको अन्त्यका रुपमा लिइएको छ ।

 

 

 

अस्ट्रेलियाली रेडक्रसको रक्त संचार सेवा मुताबिक उनले हालसम्म ४ लाख बढी अस्ट्रेलियन शिशुहरूको ज्यान बचाइसकेका छन् ।

ह्यारिसनको रगतमा दुर्लभ प्रकारको रोग-प्रतिरोधात्मक एन्टीबडी रहेको छ जसलाई ‘एन्टी-डी’ नामक इन्जेक्सन बनाउन प्रयोग गरिन्छ । यसले ‘रेसस डिजिज’ भनिने एक प्रकारको घातक अवस्थाबाट बच्चालाई जोगाउने गर्दछ ।

‘रेसस डिजिज’ लाग्नु भनेको यस्तो अवस्थामा पुग्नु हो जहाँ गर्भवती महिलाको रगतले गर्भमा रहेको शिशुको रक्त कोषहरूमाथि नै आक्रमण गर्न थाल्छ । यसको सबैभन्दा खराब अवस्था भनेको यसले मष्तिष्कलाई नै नष्ट गरेर शिशुको मृत्यु समेत हुनसक्छ ।

यस्तो अवस्था त्यसबेला सिर्जना हुन्छ जब गर्भवती महिलामा ‘रेसस नेगेटिभ’ रगत हुने गर्छ र उनको गर्भमा रहेको शिशुमा ‘रेसस पोजिटिभ’ रगत रहेको हुन्छ जुन उसले वंशाणुगत रूपमा आफ्ना पिताबाट प्राप्त गरेको हुन्छ ।

यदि आमामा ‘रेसस नेगेटिभ’ रगत छ भने र गर्भमा रहेको शिशुमा ‘रेसस पोजिटिभ’ रगत भएको खण्डमा उनको शरीरको प्रतिरक्षा प्रणाली यस्तो अवस्थामा उच्च संवेदनशील हुन्छ र उसले विशेष प्रकारका एन्टीबडीहरू उत्पादन गर्न थाल्दछ जसले शिशुमा रहेका ‘बाहिरी’ रक्तकोषहरूलाई नष्ट पर्न थाल्दछ ।  यस्तो अवस्था शिशुका लागि घातक हुन सक्दछ ।

ह्यारिसनले ल्याएको परिवर्त

अस्ट्रेलियन रेडक्रसको रक्त संचार सेवाका अनुसार ह्यारिसनमा यस्तो अवस्थासँग जुझ्ने विशेष गुण रहेको कुरा उनी १४ वर्षका छँदा गरिएको एउटा मेजर सर्जरीका क्रममा पत्ता लागेको थियो ।

१४ वर्षको उमेरमा उनीमाथि प्रत्यारोपण गरिएको रगतबाट उनमा यस्तो गुण आएको हुनसक्ने उनीहरूको अनुमान रहेको छ ।

रक्तदानबाट उनको ज्यान बचेका कारण उनले आफू रक्तदाता बन्ने प्रण गरेका थिए ।

केही वर्ष पछाडि डाक्टरहरूले उनको रगतमा एउटा विशेष प्रकारको एन्टीबडी रहेको तथ्य पत्ता लागेको थियो जसलाई ‘एन्टी-डी’ इन्जेक्सन बनाउन प्रयोग गर्न सकिन्थ्यो । त्यसपछि उनले रगतको प्लाज्मा दान गर्नतिर लागे ताकि यसबाट मानिसहरूको ज्यान बचाउन सकियोस् ।

चिकित्सकहरू ह्यारिसनको रगतमा यस्तो दुर्लभ गुण हुनुको कारणबारे भने आफूहरू अनभिज्ञ रहेको बताउँछन् तर उनीहरूलाई लाग्छ १४ वर्षको उमेरमा उनीमाथि प्रत्यारोपण गरिएको रगतबाट उनमा यस्तो गुण आएको हुनसक्ने उनीहरूको अनुमान रहेको छ । रक्तसंचार सेवाका अनुसार उनी अस्ट्रेलियामा यस्तो दुर्लभ रगत रहेको भनिएका लगभग ५० जना मध्ये एक हुन् ।

अस्ट्रेलियामा ‘सुनौला पाखुरा भएका मानिस’का नामले परिचितले ह्यारिसन विगत ६० वर्षदेखि नियमित रक्तदान गर्दै आएका छन् । यति लामो योगदानसँगै यी ८१ वर्षीय अस्ट्रेलियन बृद्ध सेवानिवृत्त भएका छन् । र, यो अवसर स्मरणीय अध्यायको अन्त्यका रुपमा लिइएको छ ।

“रगतको प्रत्येक पोका अमूल्य छ तर ह्यारिसनको रगत भने अद्भुत नै हो ।  उनको रगत खास गरेर एउटा प्राण बचाउने औषधि बनाउन प्रयोग गरिन्छ जुन ती आमाहरूलाई दिइन्छ जसको रगत उनको गर्भमा रहेका शिशुको लागि घातक हुन्छ ।” अस्ट्रेलियन रेडक्रसको रक्तसंचार सेवाकी जेम्मा फाल्कनमायरले भनिन् । उनले थपिन्, “अस्ट्रेलियामा १७ प्रतिशतभन्दा बढी महिलाहरू यस्तो जोखिममा रहेका छन्, जेम्सले लाखौंको ज्यान बचाइसके ।

ह्यारिसनको रक्तदानले ल्याएको परिवर्तन

ह्यारिसनको रगतबाट बनाइने ‘एन्टी-डी’ले ‘रेसस नेगेटिभ’ भएकी महिलाहरूको शरीरमा ‘आरएचडी एन्टीबडी’बाट बन्न रोक्छ ।  सन् १९६७ यता अस्ट्रेलियाली आमाहरूलाई ३० लाख बढी ‘एन्टी-डी’ इन्जेक्सनका एकाईहरू उपलब्ध गराइसकेका छन् ।

ह्यारिसनकी आफ्नै छोरीलाई समेत ‘एन्टी-डी’ इन्जेक्सन दिइएको रहेछ । “यसले गर्दा मेरो दोस्रो नाति स्वस्थ जन्मियो ।” ह्यारिसन भन्छन्, “आफुले धेरै मानिसको ज्यान बचाएको जस्ता कुराले आफैँलाई खुसी लाग्छ ।”

अस्ट्रेलियन स्वास्थ्य अधिकारीहरूले ह्यारिसनको शरीरमा रहेका उक्त एन्टीबडीहरू पत्ता लाग्नु आफ्ना लागि परिवर्तनकामी ठान्छन् ।

“यस समस्याले १९६७ सम्म हजारौं बालबालिकाहरूको अकालमै ज्यान जाने गर्दथ्यो, यसको कारणबारे डाक्टरहरू समेत अनभिज्ञ रहेका थिए तर यो दुःखद थियो । असंख्य महिलाहरूको गर्भपात हुने गर्दथ्यो र बालबालिकाहरूमा मष्तिष्कका कोषहरू नष्ट हुने समस्या देखिने गर्दथ्यो ।” फाल्कनमायर भन्छिन्, “अस्ट्रेलिया यस्तो प्रकारको एन्टीबडी रक्तदाता खोज्ने पहिला देशहरू मध्ये एक हो, त्यसैले त्यसबेला यो एउटा क्रान्तिकारी खोज नै थियो ।”

राष्ट्रनायकका रूपमा ह्यारिसन

अस्ट्रेलियन रेडक्रसको रक्त संचार सेवाका अनुसार ह्यारिसनले गरेको रक्तदानका कारण २० लाखभन्दा बढी जनाको ज्यान जोगाउन सकिएको छ र यस अर्थमा उनी राष्ट्रनायक नै हुन् ।  उनले आफ्नो यस सामाजिक कार्यका लागी थुप्रै सम्मान तथा पदकहरू समेत प्राप्त गरिसकेका छन् जसमा अस्ट्रेलियाको बहुप्रतिष्ठित सम्मान ‘द अर्डर अफ अस्ट्रेलिया’ पनि पर्दछ ।

आमामा ‘रेसस नेगेटिभ’ रगत छ भने र गर्भमा रहेको शिशुमा ‘रेसस पोजिटिभ’ रगत भएको खण्डमा उनको शरीरको प्रतिरक्षा प्रणाली यस्तो अवस्थामा उच्च संवेदनशील हुन्छ र उसले विशेष प्रकारका एन्टीबडीहरू उत्पादन गर्न थाल्दछ जसले शिशुमा रहेका ‘बाहिरी’ रक्तकोषहरूलाई नष्ट र्न थाल्दछ

“उनीहरूले मलाई ‘ओहो तपाईंले त यस्तो पो गर्नुभएको छ, तपाईं त साँच्चै नायक नै हो’ भन्छन्” ह्यारिसन थप्छन्, “मैले गर्नसक्ने भनेको यही नै हो । मेरो प्रतिभा, सम्भवतः एउटा मात्र प्रतिभा भनेको रक्तदाता बन्नु हो ।”

अस्ट्रेलियामा ८१ वर्षपछि रक्तदान गर्न पाइँदैन र ह्यारिसनले गत मे ११ का दिन अन्तिम पटक रक्तदान गरिसकेका छन् र अब तत्कालका लागि अस्ट्रेलियामा अर्को यस्तो रक्तदाता छैन र फाल्कनमायर र अन्य स्वास्थ्यकर्मीहरूलाई आशा छ यस्तो प्रकारको एन्टीबडी भएका अन्य व्यक्ति अघि सर्नेछन्

उनी भन्छिन्, “हामीले गर्न सक्ने भनेको आशा मात्रै हो की यस्तो विशिष्टता भएका दयालु रक्तदाताहरू अघि सर्नेछन् र ह्यारिसनले झैं नि:स्वार्थ रूपले सेवा गर्नेछन् ।”

कमेन्ट गर्नुहोस्