प्रभु बैंकका चारवटा शाखा एकैसाथ सञ्चालनमा

काठमाडौं । प्रभु बैङ्कले आइतबारदेखि एक साथम ४ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका–४, बाग्लुङ जिल्ला तमानखोला गाउँपालिका– १, दैलेख जिल्ला भगवतीमाई गाउँपालिका– २ र दैलेख जिल्ला गुराँस गाउँपालिका–४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैङ्कका निसीखोला शाखा, तमानखोला शाखा, भगवतीमाई शाखा र गुराँस शाखाको उद्घाटन सम्बन्धित गाउँपालिकाका अध्यक्ष क्रमशः तारानाथ पौडेल, जोकलाल बुढा, दानबहादुर थापा र खेमराज ओलीले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्