अाज बजारमा कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । साताको सोमबार सुनको मूल्य यथावत नै रहेको छ । आज छापावाला सुन प्रतितोला ५९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला ५९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि सुन प्रतितोला ५९ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदी प्रतितोला मूल्य ७७५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्