बृहत कम्युनिष्ट एकताको नयाँ बहस

काठमाडौं, जेठ १ । अहिले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको तयारी भइरहेको छ । यसमा अन्य कम्युनिष्ट पार्टीहरु पनि सहभागी हुने चर्चा चलिरहे पनि सार्थक पहल भएको देखिँदैन । बृहत कम्युनिष्ट एकताका लागि अन्य साना वाम दलहरु पनि सामेल हुने अवस्था बनाउन सक्नुपर्छ ।

पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेक्रम क्रान्तीकारी माओवादीका महासचिव मोहन बैद्यसंगको छलफल अगाडि बढाएको चर्चा छ । यद्धपी यो औपचारिक रुपमा सार्वजनिक गरिएको छैन् ।

प्रचण्डले बृहत एकतामा बाबुराम भट्टराई, उपेन्द्र यादव र मोहन बैद्यलाई पनि संगै सामेल गराउन चाहेका जस्तो देखिन्छ ।

चर्चित नेता नारायणमान बिजुक्छेले बर्षाैंदेखि नेतृत्व गर्दै आएको नेपाल मजदूर किसान पार्टी (नेपकिपा)मा बृहत कम्युनिष्ट पार्टी बनाउने भन्दै विद्रोह भइसकेकाे छ । केन्द्रिय उपाध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा विद्रोह भएको हो ।

केन्द्रिय उपाध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा नेमकिपा फुटेर नयाँ पार्टी बनेको छ । नयाँ पार्टीकाे नाम ‘बृहत कम्युनिष्ट पार्टी निर्माण अभियान’ राखिएको छ ।

मार्क्सवाद, लेनिनवाद र माओ विचारधारा मान्ने शक्तिहरुसँग वृहत कम्युनिस्ट एकताको लागि छलफल जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यक्ष धितालसँगै प्रयागदत्त उपाध्याय, मेघनाथ, जगन्नाथ, लक्ष्मीचन्द्र, खम्बा शाही लगायत उपत्यका बाहिर पार्टीको खम्बाकारुपमा रहेका नेमकिपाका १ सय ३७ नेता-कार्यकर्ताले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै पार्टी परित्याग गरेका छन् ।

हेराैँ इतिहास nonstopkhabar.comबाट

कम्युनिष्ट आन्दोलन गठन, पुर्नगठन र विभाजनका ५५ वर्ष

पुष्पलालको अगुवाइमा वि।सं। ००६ मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी करिब १४ वर्षसम्म एउटै पार्टीको रुपमा कृयाशील रह्यो । २० को दशकदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजनको सुरूआत भयो ।

दोस्रो महाविधेशनमा राजापरस्त दक्षिणपन्थी रुझानका केशरजङ्ग रायमाझीले पार्टीको नेतृत्व हत्याएपछि नै पार्टीभित्र विवादको शुरुवात भयो । वि।सं। ०१७ मा राजा महेन्द्रले बहुदलीय व्यवस्थालाई कु गरेपछि रायमाझीले निरङ्कुस कदमको खुलेर समर्थन गरे । २०१९ मा तेश्रो महाविधेशनपछि पार्टी विभाजनको सुरूआत भयो ।

यसरी २० को दशकदेखि विभाजनको सुरुआत भएको कम्युनष्टि आन्दोलन ३० को दशकमा आइपुग्दा गठन पुर्नगठनको तहमा पुग्यो । ३० को दशमसम्म पुष्पलालले नेतृत्व गरेको पार्टी क्रियाशील रहे पनि छुट्टै नयाँ पार्टी निर्माण गर्ने क्रममा ०३१ सालमा को(अर्डिनेशन कमिटी र ०३५ सालमा माले हुँदै अहिलेको एमाले ०४७ सालमा माले र माक्सवादी मिलेर बन्यो ।
अहिलेको माओवादी पनि चौथौ महाधिवेशन, मोटो मशाल पातलो मसाल, हुँदै अहिलेको माओवादीसम्म र पुष्पलालको निधनपश्चात सहाना प्रधान, मनमोहन अधिकारीले नेतृत्व गरेका पार्टीहरु कृयाशील हुन थाले । ४० को दशकपछि बाम आन्दोलनमा एकता र ध्रवीकरणको शुरुआत भयो ।

०४६ मा निरङ्कुश पञ्ंचायतविरुद्ध आन्दोलन गर्दा सहाना प्रधानको नेतृत्वमा ५ वटा वामपन्थी पार्टीहरु सम्मिलित बाममोर्चा गठन भयो । र, कांग्रेससँग मिलेर पञ्चायतका विरुद्ध संयुक्त जनआन्दोलन भयो । ०४७ मा बहुदलीय व्यवस्थाको पुर्नस्थापनमा संगै नेकपा एमाले र माक्र्सवादी पार्टीवीच एकीकरण भयो र हालको नेकपा एमाले गठन भयो ।

४० को दशकदेखि नै तत्कालीन चौथो महाधिवेशन पक्षधरहरुको पार्टीभित्र सशस्त्र संघर्ष कि शान्तिपूर्ण संघर्ष भन्ने विवादका शुरुवात भयो । ५० को दशकदेखि हालको माओवादी केन्द्रको नेतृत्वमा एक दशकसम्म जनयुद्ध नै भयो । ६० को दशकको शुरुवातदेखि वामपन्थीहरु पुन निरङकुश राजतन्त्रका विरुद्ध एकठाउँमा उभिएर खडा भए । राजतन्त्रको अन्त्य भई मुलकमा गणतन्त्र स्थापना भएपछि वाम आन्दोलनमा मूलतः एमाले र माओवादी राष्ट्रिय राजनीतिको केन्द्र भागमा रहन पुगे । हिंसात्मक राजनीतिबाट शान्तिपूर्ण आन्दोलनको लाइनमा आइपुगेको माओवादी र एमाले वीचमा मूलतः भिन्नता थिएन ।

सम्बन्धित् समाचार  विकासको मत

कार्यनीतिक भिन्नता खासै नभएका यी पार्टीवीच संविधान बन्नुअगावै पार्टी एकता भएको भए अहिलेको संविधान अझ बढी जनता सार्वभौमसत्ता सम्पन्न भएको प्रगतिशील बन्न सक्थ्यो । तर, पनि कतिपय साझा दृष्टिकोणमा समानता भएका कारण यी दुई पार्टीको सहकार्यमा नै संविधान जारी भयो ।

नेकपामा एमालेले आठौं महाधिवशेनदेखि नै वामपंथीहरुवीच एकता गर्ने नीतिलाई अगाडि सारेको थियो । माओवादीले पनि हेटौंडाका महाधिवेशनमा एक्काइसौं शताब्दीको जनवादको कार्यक्रमलाई पारित गरेपछि मुख्य यी वामदलहरुका वीच एकताको कार्यक्रमिक आधार बन्दै गयो ।

यिनै पृष्ठभूमिका वीच भर्खरै सम्पन्न निर्वाचनपूर्व वाम गठबन्धन निर्माण भयो । वाम गठबन्धनको निर्माणलाई जनताले सकारात्मक रुपमा लिए, जसको परिणामस्वरुप झण्डै दुई तिहाईको संख्यामा गठबन्धनका उम्मेदवारहरुले विजयी हासिल गरे ।

वाम गठबन्धन चुनावी तालमेल र पार्टी एकता गर्ने उद्देश्यका साथ भएका कारण यतिखेर यी दुईवटा पार्टीवीच औपचारिक घोषणाका लागि गृहकार्य भइरहेको छ ।

यसरी विगत ५५ बर्षदेखि भिन्नभिन्न चुल्हो चौको बालेर क्रियााशील बाम पार्टीका विचमा संविधान जारीसँगै राजनैतिक क्रान्ति सम्पन्न भएपछि कार्यनीतिक भिन्नता नरहेका कारण अब यो ७० को दशकमा नेपालमा वाम एकीकरण र धु्रवीकरणको दशक बन्दै जाने देखिएको छ ।

एकता ऐतिहासिक बन्ने

एमाले र माओवादी दुईवटा पार्टीको एकताले पहिलो( विराट शक्ति निर्माण हुनेछ र बाम नेतृत्वमा मुलुकमा सत्तामा पुगेर आर्थिक सामाजिक रुपान्तरण गर्न सक्ने आधार बनेको छ ।

दोश्रो( यो एकताले राष्ट्रिय राजनैतिक साथै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा सकारात्मक सन्देश बन्दैछ । यसले नेपालमा वामपन्थीहरुकै नेतृत्वमा शान्तिपूर्ण आन्दोलनबाट सम्पन्न राजनैतिक क्रान्ति र जनताको मतबाट संसदमा वामपन्थीहरुले दुई तिहाइको संख्यामा हासिल गरेको सफलता र पार्टी एकीकरणको अभियानप्रति विश्वका वाम एवं समाजवादीहरुको लागि अब पर्यटकीय हिसावले मात्र होइन, राजनैतिक हिसावले पनि आकर्षकको थलो बन्नेछ ।

तेश्रो( यी दुबै बामवीचको एकताले बृहत कम्युनिष्ट पार्टी निर्माण भएपछि वाम एकीकरण र धु्रवीकरणको अभियान नै चल्नेछ । अब पुच्छर झुण्डाएका कम्युनिष्टहरुको राष्ट्रिय राजनीतिमा खासै अर्थ रहँदैन ।

चौथो( वामपन्थीहहरु विभाजित हुँदा प्रगतिशील विचार राख्ने समुदाय सक्रिय राजनीतिबाट अलग(थलग भएका वाम एकीकरणको अभियानले सकृय राजनीतिमा सहभागी हुने आधार बन्नेछ । यसले वाम शक्तिको अझै विकास हुने आधार तयार गर्दैछ र यसले समाजवादी विचार राख्ने गैर कम्युनिष्टहरु पनि एकीकृत कम्युनिष्ट पार्टीमा समाहित हुने आधार बबनाउने छ ।

एकताका सैद्धान्तिक, वैचारिक र संगठनात्मक आधार

अब यी दुईवटा पार्टीको एकताबाट पुच्छर नझुण्ड्याएको नेपाल कम्युनिष्ट पार्टी नामको पार्टी हुनेछ । यसले पुष्पलालले स्थापना गरेको पार्टीको ५५ बर्ष पछाडि निरन्तरता हुनेछ ।

मार्क्सवाद र लेनिवादलाई मार्गदर्शक सिद्धान्तको ९एजश० का वीचको साझा विषय र भिन्नताको विश्लेषणका आधारमा क्रान्तिकारी र लोकतान्त्रीकरणको सार कार्यक्रम भएको आर्थिक सामाजिक क्रान्ति सम्पन्न गर्ने नेपाली मोडलको समाजवादी क्रानितको कार्यक्रमको तय गर्नु पार्टी एकिकरणको आधार बन्नु पर्दछ ।

यस्तै, राजनैतिक क्रान्ति सम्पन्न भएपछि आर्थिक सामाजिक क्रान्ति गर्नका लागि नेपाली अर्थ राजनीतीमा बाधक बनेकोे दलाल पुँजीवादका विरुद्ध प्रहार केन्द्रित गर्दै राष्ट्रिय पुँजी निर्माण गरेर समाजबाद स्थापना गर्नु केन्द्रीय कार्यभार हुनुपर्दछ ।
र, अब केन्द्रीय कार्यभार अर्थात रणनीतिक लक्ष्य हासिल गर्न तत्कािलन राजनैतिक कार्यनीति कार्यदिशको निर्धारण्मले दैनिक कामलाई निर्देशित गर्नेछ ।

सम्बन्धित् समाचार  बाबुरामको फोरमसँगको एकता पतनको बाटो

संविधानको कार्यान्वयन गर्दै लोकतन्त्र र गणतन्त्रको सुदृढीकरण गर्न, सुशासनयुक्त सरकार सञ्चालन गर्न, राष्ट्रिय एकता कायम गर्न, राष्ट्रियता र स्वाधीनताको रक्षा र सुदृढीकरणका ठोस नीति र कार्यक्रममार्फत भूमिका निर्वाह गर्न, सार्थक सामाजिक रुपान्तरणका कार्यक्रममार्फत गरिबी बरोजगारीको न्युनीकरण गर्दै विकास र समृद्धि हासिल गर्न समानता अनि लाभमा आधारित बैदेशिक सम्वन्ध कायम गर्नर् यतिखेर वामपन्थीहरुको तत्कालीन कार्यभार हुनु पर्दछ ।
वर्ग संघर्षलाई हरहमेशा जोड दिँदै संसद, सरकार र सडकको मोर्चाबाट शान्तिपूर्ण वर्ग संघर्षलाई सन्तुलित ढंगले अगाडि बढाउनुपर्छ । अब एकीकरणबाट बन्ने पार्टी संगठन गफ र भाषण गर्ने होइन कि साँच्चिकै कामकाजी क्रान्तिकारी शैलीको हुने प्रत्याभूत हुन सके मात्रै दलाल पुँजीवाादका विरुद्ध दृढतापूर्वक संघर्ष सम्भव छ ।

पूर्णकालीन नेतृत्व व्यवसायिक काममा संलग्न नहुने, सबै पार्टी कार्यकता उत्पादन बढाउने रोजगारी बढाउने गरि पार्टी काममा संल्गन हुने, यसरी संलग्न हुनेहरुले अनिवार्यरुपमा राज्यलाई कर बुझाउने र पार्टीले त्यसकाका प्रभावकारी अनुगमन गर्न सके पार्टीको तर्फबाट उत्पादन र रोजगारीमा मद्दत पुग्दछ र पार्टी कार्यकर्ता बेरोजगार बन्नु पर्ने स्थितिको अन्त्य हुनेछ ।

अब नयाँ बन्ने पार्टीमा पार्टीका सबै तहमा कार्यनीतिक कार्यदिशाको आलोकमा सुस्पष्ट कार्ययोजना, परिभाषित काम र जिम्मेवारी पूरा गर्ने कार्य सम्पादनमा आधारित , जवाफदेही पुर्ण कार्यशैलीको अवलम्बन गरिनुपर्छ । हरेक कमिटीमा नेतृत्वले उत्कृष्ट ढङ्गले कार्य योजना लागु गरेमा मात्र पुनः निर्वाचित हुने वा माथिल्लो कमिटीमा निर्वाचित हुन पाउने व्यवस्था गर्दा मात्रै पार्टीभित्र प्रतिस्पर्धात्मक कार्य प्रणालीको आरम्भ हुनेछ । यस्तै नेतृत्व छनोटका लागि आवधिक रुपमा सञ्चालन हुने सैद्धान्तिक बैचारिक कक्षामा उतीर्ण व्यक्ति मात्रै योग्य हुने पद्दतिको विकास गर्दा मात्रै पार्टी र कार्यकर्ताको क्रान्तिकारीकरण र माक्र्सवादीकरण गर्ने आधार तयार हुनेछ ।

यस पद्धतिले नेताको फेर नसमाई गुटवन्दीको सहारा नलिईकन काम गरेर सैद्धान्तिक बैचारिक क्षमताको विकास गरेर मात्र नेतृत्व पुग्न सकिने मानयतालाई सुनिश्चित गर्दछ साथै पार्टीभित्र हुन गुटगत गतिविधि स्व्तःन्यूनीकरण हुँदै जान्छ ।

पार्टीको प्रभावकारी काम भनेको अनुगमन मूल्याकन महत्वपूर्ण पक्ष हो । तल्लो कमिटीको कामको सुक्ष्म ढङ्गले अनुमगन र सहजीकरण गर्ने र आइपरेका यावत समस्याको समाधानकर्ता, कामको वस्तुनिष्ठ समीक्षा र मूल्याकंन गर्ने नै हो ।
तर, माथिल्लो कमिटीको नेतृत्वले आफूलाई भाषण गर्ने नेताको रुपमा मात्र प्रस्तुत गर्दछ भने कसरी अनुगमन होला रु विचारणीय विषय बनेको छ । अनुगमन ठीक ढंगले भए नभएको पनि निगरानी गर्ने विधि र पद्दतिको विकास अर्को चुनौती हो । यस्तै पार्टीलाई आधारित बनाउने कि जनआधारित कार्यकर्ताको पार्टी बनाउने यतिखेर अहं विषय बन्दैछ ।

कार्यकर्ता बेस पार्टी बनाउने पार्टिमा सैद्धान्तिक बैचारिक कक्षामा अनिवार्य उत्तीर्ण र जनसंगठनहरुमा अनिवार्य संगीत र क्रियाशीलतालाई आधार बनाउँदै संगठित सदस्यता प्रदान गर्ने र पार्टीमा प्रवेश हुन इच्छुक सबैलाई पार्टी प्रवेश पत्र दिने खालको नीतिले मात्रै पार्टिमा क्वालिटीयुक्त कार्यकर्ताको निर्माण गर्न सकिन्छ, अन्यथा पार्टी भिडहरुको माता बन्न पुग्दछ ।

जहाँ जनता त्यही नै जनतलाई सेवा पुर्‍याउन र जनताले भोगेको समस्याको अगुवाई गर्न जनतालाई पार्टीमा गोलबन्द गर्न, पार्टीको बैचारिक लाइनलाई जनस्तरमा पुर्‍याउन र जनता र पार्टी जनप्रतिनिधिवीच सजीव सम्वन्ध स्थापित गर्न र बर्ग संघर्ष लाई संसद सरकार र सडकको मोर्चाबाट सन्तुलित ढंगले अगाडि बढाउन एक टोल एक संगठनको अवधारणा अनुरुप संगठन निर्माण र विस्तार गरे मात्र जनता र पार्टीवीचको सम्वन्ध प्रगाढ बन्ने छ, अन्यथा पार्टी चुनावदेखि चुनावसम्मको मात्रै हुने छ र यस्तो जनताबाट अलग थलग भएको पार्टिले आर्थिक(सामाजिक रुपान्तरणको एजेण्डा अगाडि बढाउन सक्दैन ।

सम्बन्धित् समाचार  प्रचण्डको चमत्कारः कटु आलोचक ओलीदेखि बाबुरामसम्म एउटै मियोमा

जनसंगठनहरुलाई अर्थवादी सोच चिन्तन र गतिविधि भन्दा मािथ उठाउने अहिलेको चुनौती हो । समुदायका माग र समस्या समाधानमा बेखबर बन्ने र प्रभावहीन बन्ने जनसंगठन पार्टीको बोझ बन्न पुग्दछन् ।

कम्युनिष्ट आन्दोलनभित्र खासगरी राजकीय पदमा पुगेका र पार्टीको मात्र जिम्मेवारी लिइरहेका पार्टीको जिम्मेवारीका कारण पैसा कमाउनेतर्फ नलाग्ने कार्यकर्तावीचमा बढ्दै गएका वर्गअन्तर एकै व्यक्तिले पटक(पटक राजकीय जिम्मेवारीको अवसर पाउने अझ एकाघर परिवारकाले एकैपटक महत्वपूर्ण अवसर पाउने विषयले गम्भिर चुनौती खडा गरेको छ ।

बेलाबेलामा उठ्ने गरेको एक व्यक्ति एकपद व्यवहारमा लागु नहुँदा राजकीय जिम्मेवारीपन पार्टीको जिम्मेवारी पनि उत्कृष्ट ढंगले पूरा हुन सकेको छैन ।

यद्यपि पार्टी एकीकरणको संक्रमणकालीन अवस्थामा राजनीतिक निर्णय र समझदारी नै महत्त्वपूर्ण पक्ष हो । तर, अब आगामी दिनमा पार्टी र सरकारको वीचको कामलाई भिन्न भिन्न जिम्मेवारीका साथ व्यवस्थित ढंगले परिणाममुखी ढङ्गले सञ्चालन गर्नको विकल्प देखिन्न । पार्टीमा काम गर्नुपर्ने अनेक क्षेत्र र मोर्चामा सहित ढङ्गले नेतृत्व र कार्यकर्ताको विन्यास गर्नु र महत्वपूर्ण पक्ष हो । दुई भिन्न(भिन्न स्कुलिङ कार्यशैली र जीवनशैलीमा हुर्किएका नेता कार्यकर्ताको पार्टीमित्र संगठनात्मक चुस्त व्यवस्था, सामाजीकरण, हार्दिकता, एकता र कमरेडली व्यवहारको विकास, अन्तरविरोध र द्वन्द्वको व्यवस्थापन अर्कातिर चुनौती बन्न सशक्तछ । योजनावद्ध निरन्तर घनीभूत बैचारिक प्रशिक्षण र सहकार्यबाट यी विषयलाई हल गरिनु पर्दछ ।

पार्टी कमिटीहरुभित्र बैठक नै बस्न नसक्ने, ठूलो भद्दाको संख्याको कमिटी हुँदा छलफल नै हुन नसक्ने, पार्टीका औपचारिक बैठक भित्र काम र समस्याको सहि रिर्पोटिङ्ग नहुने र माथि गरिएका निर्णय केवल अनुमोदनमात्र गर्ने निकायको रुपमा विकास हुँदैछन् । यसले लेनिनवादी संगठनात्मक सिद्धान्तमाथि गम्भीर प्रहार गरेको छ ।

केन्द्रीयता हावी हुने, नेतृत्व कार्यकर्तातर्फ नआउने, दोहोरो सम्वाद नहुने, पार्टी कार्यकर्ता घर(घर फूलमाला लिएर, लाइन लागेर बधाई दिनुपर्ने, तर कमिटीहरु यी काममा रमिते बन्न थालेका छन् ।

पार्टी कार्यालयभन्दा पनि घरघरबाट काम हुन थालेपछि पार्टी कार्यालय औचित्यहीन बन्दैछन् । पार्टी कमिटीहरुलाई आर्थिकरुपले आत्मनिर्भर नबनाउने, उद्योगी व्यापारीबाट चन्दा लिने र पार्टी सरकारमा गएपछि तिनै चन्दादाताको चंगुलमा फस्ने, निर्वाचन उम्मेदवार आफैंले चुनाव खर्च जुटाउनुपर्ने, हिसाव(किताब पारदर्शी नहुने, लेखापरीक्षण नहुने आदि समस्याले पार्टीको इमेजल धुमिल बनाउँछ । पार्टी एकीकरणका सन्दर्भमा सुदृढ र आत्निर्भर आर्थिक व्यवस्थापनको नीतिका तयार त्यसकालाई कडाइसाथ लागु गर्नु अर्को चुनौती छ ।

पार्टी एकीकरणसँगै नयाँ बन्ने पार्टीले यी समस्या र चुनौतीलाई सामना गर्ने सामाग्रीक सोच र नीतिका साथ संगठनात्मक व्यवस्थापनको नीति अवलम्बन गर्नु पर्दछ ।

पार्टी एकीकरणसँगै सही कार्यनीतिक कार्यदिशा, संगठनात्मक नीति र तदनुरुप एकीकृततवरले पार्टी संचालन हुने हो भने नेपालको कम्युनिष्ट आन्दोलन विश्व कम्युनिस्ट आन्दोलनमा अनुकरणीय बन्ने छ । पार्टीले जनताको अगाध माया, विश्वास निरन्तर पाउने छ र सरकारमा गएर शान्तिपूर्ण तवरले आिर्थक सामाजिक क्रान्ती सहज ढंगले गर्ने आधार बन्ने छ अन्यथा भारतीय कम्युनिष्ट पार्टीले पश्चिम बंगालमा व्यहोरेको नियति नहोला भन्न सकिन्न ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: