आज बजारमा कतिले घट्यो सुनचाँदीको मूल्य ?

काठमाडौं । साताको सोमबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला ५९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार घटेर सुन प्रतितोला ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भएको थियो भने आज पाँच रुपैयाँले घटेर चाँदी प्रतितोला मूल्य ७७० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सुनचाँदीको बजार मूल्य कति रहेको छ ?
%d bloggers like this: