मकालुको बेपत्ता विमान बाजुरामा फेला

काठमाडौं, जेठ २ । मकालु एयरको सम्पर्कविहीन विमान बाजुरामा भेटिएको छ ।

सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् ।

‘सम्पर्कविहीन विमानले बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरेको जानकारी आएको छ’, महाप्रबन्धक क्षेत्रीले भने, ‘विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल छन् ।’

सुर्खेतबाट बुधबार बिहान कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएको केही समयपछि विमानले बाजुराको बगरमा आपतकालीन अवतरण गरेको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  वाम गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय : विजुक्छें
%d bloggers like this: