आज बजारमा ह्वात्तै घट्यो सुनचाँदीको मूल्य !

काठमाडौं । साताको चौथो दिन बुधबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने बुधबार घटेर सुन प्रतितोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको थियो भने आज पाँच रुपैयाँले घटेर चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  आज पनि बजारमा ह्वात्तै घट्यो सुनको मूल्य !
%d bloggers like this: